Connect with us
Advertisement

नेपाल भारत सीमामा पर्खाल लगाउन तयार भएको सुकुम्बासीको भनाइ

Published

on

विराटचोकः सीमा अतिक्रमणलाई रोकी सिमानाहरूमा पर्खाल लगाउन नेपाल बसोबास बस्ती संरक्षण समाज नेपालले प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकारसँग माग गरेको छ ।

सिमानामा पर्खाल लगाउन देशका ७० लाख सुकुम्बासीलाई जिम्मा दिए १ वर्ष भित्रमा पर्खाल लगाएर नेपालको सीमा सुरक्षाको व्यवस्था गरिदिने जनाइएको छ । समाजका महासचिव कुमार कार्की र अध्यक्ष लड्डु खड्काद्वारा हस्ताक्षरित विज्ञप्तीमा पुर्खाले पानी पनि नखाई अङ्ग्रेजको दबदबालाई समेत परास्त पारेर जोगाएको देशको १ इञ्च पनि माटो अतिक्रमण नेपाली सुकुम्बासीलाई सह्य नहुने उल्लेख गरिएको छ ।

सीमा अतिक्रमण रोक्न सरकारले तत्काल भारतसँंग राष्ट्र प्रमुखस्तरीय छलफल राखी टुङ्ग्याउन आग्रह गरेको छ । यदि भारतले नमाने अन्तर्राष्ट्रिय अदालत जान सुझाव दिएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘पुराना सन्धि पल्टाउनुपर्छ । त्यस पछि पनि अतिक्रमण नरोके जसरी पुर्खाले आहालको पानी खाएर नेपाल बनाए त्यसरी नै लडेर नेपालको माटो जोगाउनुपर्छ ।’

Continue Reading

Facebook Comment

21 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कुकुरले सुँघेर पत्ता लगाएपछि धरानमा लागूऔषधसहित समातिए युवा

Published

on

धरान-१७ मा एक युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
बसका सवार रहेका यात्रुकलाई कुकुरले सुघने क्रममा नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१० का २५ वर्षीय सञ्जय राना मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत चाड पर्वलक्षित सुरक्षा योजनाअनुसार परिचालन भएको प्रहरी कुकुरसहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् ।
धरानबाट उदयपुर जाँदै गरेको को१ख ५४४० नम्बरको बसमा सवार रहेका राना मगरलाई नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चाडपर्वमा लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाइका साथ चेकजाँच गर्दै आएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो विराटनगरको टोलीले चेकजाँचको क्रममा इटहरी–६ का ३६ वर्षीय कृष्णप्रसाद प्रसाई र ३३ वर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगरसहित, भोक्राहा नरसिंह–४ का २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय इम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी–१६ का २० वर्षीय अमन चौधरी र इटहरी–१७ का २० वर्षीय रञ्जित चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित र इनरुवा नगरपालिका–५ का २५ प्रेम कुमार खंग र इनरुवा–३ का २८ बर्षीय शंकरकुमार देवलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

(koshikhabar.com)

Continue Reading

Banner

श्री सहकारी संस्था लि. हरैंचा र रेडियो सुसेलीको वार्षिक साधारणसभा सम्पन्न, अध्यक्ष्य मा रमेश खड्का सर्वसम्मत

Published

on

सुन्दरहरैंचा नगरपालिका वडा नं. १० मा रहेको श्री सहकारी संस्था लि. हरैंचाको ३३ औं तथा रेडियो सुसेलीको १४ औं वार्षिक साधारणसभा आफ्नै भवनमा सम्पन्न भएको छ ।
साधारणसभाबाट रमेश खड्काको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्ष नवराज चापागाईं, जिल्ला संघ प्रतिनिधि गोकुल तिम्सिना, सदस्यहरुमा केशव अधिकारी, ललितबहादुर श्रेष्ठ, राम अवतार ठाकुर, सुरेन्द्रबहादुर थापा, अनुरोध साह र मुना मैनाली रहेका छन् ।
त्यसै गरी लेखा समितिमा रामप्रसाद गजुरेलको संयोजकत्वमा ३ सदस्यीय कार्य समिति गठन भएको छ । सदस्यहरुमा लोकेन्द्र दाहाल र विना सुवेदी रहेका छन् ।

श्री सहकारी संस्था लि. हरैचा २०२४ सालमा स्थापना भई पूर्व कै नमुना संस्थाको रुपमा परिचित संस्था हो । तत्कालिन समयमा नुन, तेल, गाँस र उत्पादन सम्मको सम्पूर्ण गतिविधि गर्न यो संस्था सफल रहेको थियो । कुशल व्यवस्थापन र ग्रामिण जनताको जिवनस्तर उकास्न तत्कालिन सरकारले २०३३ सालबाट कृषि विकास बैंक मार्फत कृषि ऋण प्रवाह गर्दै यस क्षेत्रको उत्पादन बृद्धिमा योगदान दिएको थियो ।

२०६६ सालमा विकासले फड्को मारिरहेको यस क्षेत्रमा सञ्चारका कुनै साधन थिएनन् । नगर हुन कै लागि समेत सञ्चारको आवश्यकता ठहर गरी रेडियो सुसेली स्थापना गरिएको इतिहास ताजै रहेको छ । निर्वाचित सञ्चालक समितिले दुवै संस्थाको गरिमालाई बचाइराख्दै संस्थासँग भएका चुनौतीहरुलाई चिर्दै जानु मुख्य लक्ष्य रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरप्रमुख केदारप्रसाद गुरागाईं, पूर्व राज्य मन्त्री राजकुमार ओझा, विशिष्ठ अतिथिमा पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, पूर्व नगर उपप्रमुख धनमाया तामाङ लगायतको उपस्थिति रहेको थियो । निर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक कृष्णप्रसाद रिजालले पद तथा गोपनियताको शपथ गराउनु भएको थियो ।

Continue Reading

Banner

दुलारी सरोकार मंचको तेश्रो साधारणसभा सम्पन्न , अध्यक्षमा कालाखेती निर्वाचित

Published

on

दुलारी सरोकार मंचको तेश्रो साधारणसभा सम्पन्न भएको छ । साजिलाल माद्यमिक विद्यालयमा भएको साधारण सभाले हिरण्य कालाखेति (अर्जुन) को अध्यक्षतामा आगामि २ वर्षका लागि नयाँ कार्यासमिति समेत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा चिरन्जीवी रेग्मि, महासचिवमा निरोध सुवेदी, सचिवमा बिमल भट्टराई, कोषाध्यक्षमा उमा सुवेदी, सदस्यहरुमा नगेद्र प्रसाद सुवेदी, लिलाप्रसाद अधिकारि, मात्रीका दाहाल, अर्जुन कार्की, तिर्थकुमार पोख्रेल, निर्वाचित हुनुभएको छ । जेष्ट नागरिक समाज सुन्दरहरैँचाका अध्यक्ष रामकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा नागरिक समाज सुन्दरहरैँचाका सचिव तथा गछिया जेसिजका संस्थापक अध्यक्ष दुर्गा प्रसाद घिमिरे, निर्वाचन समितिका संयोजक सन्जु सिवाकोटि बिशिष्ट अतिथि रहनु भएको थियो । दुलारि सरोकार मंचले समाजमा विभिन्न सामाजिक काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष अर्जुन कालाखेतिले बताउनुभयो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक