Connect with us
Advertisement

एम्बुलेन्सको ठक्करबाट नर्सको मृत्यु

Published

on

विराटचोकः आज बिहान पौने ११ बजे भएको सवारी दुर्घटनामा परी १ जना नर्सको मृत्यु भएको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इनरुवा–६ घोपाली टोलस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको को १ च ९६०५ नम्बरको एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिएको थियो । शाखा बाटोबाट निस्किँदै गरेको को १६ प २०६४ नम्बरको स्कुटरलाई सो एम्बुलेन्सले ठक्कर दिँदा मधेसा स्वास्थ्य चौकीमा कार्यरत नर्स ३५ वर्षीया रत्ना श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् ।

घाइते श्रेष्ठलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारी र एम्बुलेन्स चालक मोरङको सुन्दरहरैंचाका चन्द्र राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल: लिग चरणको अन्तिम खेलमा आज जनकपुर र कर्णाली आमनेसामने

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ।

दुवै टोली प्ले–अफको दौडबाट बाहिरिसकेकाले आजको खेल ‘प्रतिष्ठाको खेल’ मात्र हुनेछ। ६ खेलमध्ये १ जीतसहित कर्णाली सातौँ स्थानमा छ भने समान नतिजासहित साविक विजेता जनकपुर तालिकाको पुछारमा छ।

Continue Reading

Banner

आज २०८२ मंसिर २१ गतेको राशिफल

Published

on

आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर ७ तारिख । पुस कृष्णपक्षको तृतिया तिथि । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ।

मेष – आम्दानी बढ्ने, लगानीमा फाइदा। कर्तव्यपालन गरे दिन सहज। शिक्षा क्षेत्र अनुकूल।
वृष – मिष्ठान्न खाने योग, परिवारसँग घुमफिर। स्वास्थ्य सुधार, आय वृद्धि।
मिथुन – उद्देश्य परिवर्तनले सफलता। विदेश–सम्बन्धी लगानी लाभदायी। प्रेम सम्बन्ध राम्रो।
कर्कट – सामान्य दिन। पश्चिमतर्फको लामो यात्रा टार्नु राम्रो। उपचारमा सुधार।
सिंह – विपक्षीबाट प्रशंसा तर खर्च बढ्ने। स्वास्थ्यमा जोखिम, परिवारमा खटपटी।
कन्या – कार्य सहज, शिक्षा तथा विदेश लगानी लाभदायी। राजनीतिमा अवसर।
तुला – शिक्षा/परीक्षामा सफलता। खानपानमा लापरबाहीले रोग जोखिम। व्यापार लाभदायी।
वृश्चिक – दाजुभाइको सहयोग। निर्णयमा साथीको सल्लाह उपयोगी। स्वास्थ्यमा समस्या।
धनु – सहज दिन, रोगसँग लड्ने क्षमता वृद्धि। राज्यबाट जिम्मेवारी पाउने योग।
मकर – सञ्चित धन खर्च, स्वास्थ्य समस्या। परिवारमा विवाद सम्भावना।
कुम्भ – मन शान्त। दैनिक काम सफल। आजको लगानी दीर्घकालीन फाइदायुक्त।
मीन – सामान्य दिन। बोलचालमा सचेत हुनुपर्ने। प्राविधिक शिक्षामा प्रगति।

Continue Reading

Banner

चितवनमाथि पोखराको ८ विकेटको जीत

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आफ्नो अन्तिम खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको छ । चितवनले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभर ४ बलमा  विकेट गुमाएर भेटायो ।

पोखराका एडम रोसिङटनले ६५ र अर्जुन कुमालले अविजित ४३ रन बनाए । चितवनका रिजन ढकाल र सैफ जैबले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनायो । चितवनका देव खनालले ४१ बलमा ३५, अल्पेश रामजानीले २२ बलमा ३३ रन बनाए । पोखराका धनञ्जय लक्षणले ३ विकेट लिए । पोखरा र चितवन यस अघि नै क्वालिफायर समीकरणबाट बाहिरिसकेका छन् ।

यस्तै आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै विराटनगर किङ्ग्स क्वालिफायरमा पुगेको छ । सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य ५ विकेट गुमाएर ११ ओभर ५ बलमा भेटाउँदै विराटनगरले नेट रनरेटमा काठमान्डु गोर्खाजलाई पछि पारेर शीर्ष–२ मा रहँदै क्वालिफायरमा प्रवेश गरेको हो ।

योसँगै क्वालिफायर र इलिमिनेटर समीकरण पूरा भएको छ । अब क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानमा रहेको विराटनगरबीच फेरि प्रतिस्पर्धा हुनेछ । यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु र चौथो स्थानको लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

एनपीएल लिग चरणको अन्तिम खेलमा भोलि दिउँसो साढे ३ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्नेछन् ।

गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ । प्रतियोगितमा ८ वटा टोली सहभागी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक