समाचार
माओबादीका पूर्व सांसद पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको पुर्जी
काठमाण्डौँ सरकारलाई उल्लेख्य राजश्व बुझाउने औधोगिक धराना ज्योती समुहका अध्यक्ष पद्म ज्योतीलाई काठमाडौँ जिल्ला अदालतले पक्राउ गर्न पुर्जी जारी गरेपछि गृहमन्त्रालयमा हल्लिखल्लि मच्चिएको छ । तत्कालिन माओबादीका तर्फबाट सांसद बनेका पद्म ज्योतीको समुहले निर्वाचनमा ठूलो आर्थिक सहयोग गरेका कारण माओबादीले उनलाई समानुपातिक सभासद् बनाएको थियो ।
अहिले पनि ज्योती समुहबाट तत्कालिन माओबादी तर्फका केहि नेताहरुले आर्थिक सहायता पाइरहेको अवस्था उक्त औधोगिक घरनाका प्रमुख पद्म ज्योतीलाई समेत ढगि मुद्धामा अदालतले पक्राउ पुर्जी जारी गरेपछि अहिले गृहमन्त्री रामबहादुर थापालाई उक्त समुहबाट ठूलो दवाब परेको बताइएको छ ।
यौन दुव्र्यवहारको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर जेल चालन भएको अवस्थामा ठगि गरेको आरोपमा मुछिएको ज्योती समुहलाई बचाउन गृहमन्त्री थापालाई समस्या परेको छ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष समेत रहेका ज्योतीका भाई रुप ज्योती अहिले प्रहरी हिरासतमै रहेका छन् । उनले छुट्टा आरोपमा पक्राउ गरि ज्योती समुहको इज्जतमाथि बलात्कार भएको बयान अदालतमा दिएका थिए ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले दिएको जानकारीअनुसार केही दिन अघि पक्राउ परेका व्यवसायी रूप ज्योतिका दाजु पद्म ज्योतिलाई सोमबार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । उनलाई समेत पक्राउ पुर्जी जारी गरेपछि पक्राउ नगर्न गृहमन्त्री थालालाई दवाव दिन थालिएको स्रोतको भनाइछ ।
रूप ज्योति पक्राउ परेको ल्यान्डमार्क जग्गा लेनदेन प्रकरणमै पद्म ज्योतिलाई पनि पक्राउ पुर्जी जारी गरिएको हो । पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन ्। उनी ज्योति समुहका अध्यक्ष समेत हुन । रूप ज्योतिलाई प्रहरीले कात्तिक २१ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । उनलाई हिरासतमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट दुई पटक म्याद थपेको छ ।
Facebook Comment
Banner
राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्नका लागि अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको अनलाइनखबरलाई जानकारी दिए ।
सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।
अन्य ६ वटा अध्यादेश भने अध्ययनकै क्रममा रहेको शाक्यले बताए ।
संवैधानिक परिषद् लगायतका केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।
Banner
वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ ।
बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।
किरात समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किरात राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।
किरात समुदायमा पनि एकथरिले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किरात राई समुदायको महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ ।
Banner
महिला टी-२० च्यालेन्ज कपमा रुवान्डामाथि नेपालको सानदार जित
रुवान्डामा जारी आइसिसी महिला टी-२० च्यालेन्ज कपमा नेपाल घरेलु टोली रुवान्डामाथि सहज जित निकालेको छ ।
रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा नेपालले रुवान्डालाई ३८ रनले हरायो । जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा सबै विकेटको क्षतिमा ६५ रनमा समेटिएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।
डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित पाँच टोली सहभागी प्रतियोगितामा नेपालले अब सातौँ खेल वैशाख १७ गते भानुआटुसँग र अन्तिम खेल १८ गते इटलीसँग खेल्ने छ ।
नेपालले यसअघिका पाँच खेलमा दुई जित र तीन हार खेपेको थियो । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्ने छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login