Connect with us
Advertisement
Advertisement

बेलबारीको विपद व्यवस्थापन कोषमा पहिलो दिन ५५ हजार बढी जम्मा

Published

on

बेलबारीः बेलबारी नगरपालिकाका नाममा एनएमबी बैंकमा रहेको विपद व्यवस्थापन कोषमा ५५ हजार ५ सय रुपैयाँ सहयोग जुटेको छ । १ सहकारी र २ व्यक्तिले बिहीबार कोषमा रकम जम्मा गरेका हुन् ।

बेलबारी नगरपालिकका कर्मचारी मदन रायमाझीले १ महिनाबराबरको तलब २८ हजार, नगरपालिकाकै अर्का कर्मचारी निर्मल रिजालले २ हजार ५ सय र बेलबारी साना किसान सहकारी संस्थाले २५ हजार रुपैयाँ कोषमा जम्मा गरेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेनद्र सुवेदीले बताए ।

बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले १ महिनाको सेवा सुविधा कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् । आजै बसेको कार्यपालिकाको बैठकले छैटौँ तह वा सोभन्दा माथिका कर्मचारीको हकमा खाइपाइ आएको १५ दिनको तलब र छैटौं तहभन्दा तलका कर्मचारीको १० दिनको तलब राहत कोषमा राख्ने निर्णय गरेको नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले बताए । नगरपालिकाले यसअघि नै बिपद व्यवस्थापन कोषमा १५ लाख रुपैयाँ जम्मा गरिसकेको छ ।

एनएमबी बैंक शाखा कार्यालय बेलबारीमा रहेको खाता नम्बर ०५४००६२१२४६०००११मा राजनीतिक दल, गैरसरकारी संघसस्था, निर्माण व्यवसायी, वित्तीय संघसंस्था, समूह तथा अन्य इच्छुकलाई सहयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

थपिए २०१ जना संक्रमित, २३०० पुग्यो संक्रमितको संख्या

Published

on

विराटचोकः नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर र तेह्रथुममा पहिलो पटक संक्रमण देखिएको छ । आज २७ जिल्लामा संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज धनकुटाका १, सप्तरीका १, झापाका १, पाँचथरका १, सिन्धुपाल्चोकमा १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, ताप्लेजुङका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६७, पाल्पाका २, रूपन्देहीका २६, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौंमा ३, नवलपरासीका ८, रौतहटमा ११, सर्लाहीमा १५ जना संक्रमित थपिएका हुन् ।

दोलखाका कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९

२८८ जना कोरोना संक्रमित थप, संक्रमितको संख्या २०९९

 

Continue Reading

Banner

दोलखाका कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९

Published

on

विराटचोकः नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Continue Reading

Banner

बढी संक्रमितको आधारमा सार्कमा नेपाल पाँचौँ स्थानमा, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

Published

on

विराटचोकः सार्क राष्ट्रमा भएको कोरोना संक्रमणको आधारमा नेपाल पाँचौँ स्थानमा रहेको छ ।

नेपालमा विगत २४ घण्टामा २ सय ८८ जना नयाँ संक्रमित थपिँदा संक्रमितको संख्या २ हजार ९९ जना पुगेको छ । माल्दिभ्समा १२ र श्रीलंकामा ४० जना संक्रमित थपिएका थिए ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार आज बिहान साढे ७ बजेसम्ममा यस्तो छ सार्कमा कोरोना संक्रमणको अवस्थाः

श्रीलंकामा भन्दा नेपालमा बढी कोरोना संक्रमित, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

सार्कमा २४ घण्टामा थपिए १५ हजार ३ सय जना कोरोना संक्रमित, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

सार्कमा ३ लाख १२ हजारभन्दा बढी संक्रमित, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

 

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक