कोशी प्रदेश
लेटाङ नगरपालिकाले तय गर्यो राहत प्याकेज
लेटाङः लेटाङ नगरपालिले आफ्नो क्षेत्रभित्रका गरिव, विपन्न तथा श्रमिक व्यक्तिहरुमा नोवेल कोरोना भाईरस (कोभिड १९ )को कारणले खाद्यान्नको अभाव भई भोकमरी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै लेटाङ नगरपालिकाले बनाएको मापदन्डका आधारमा खाध्यान्न उपलव्ध गराउने भएको छ ।
नगरपालिकाले ४ जना सम्मको परिवारलाई डिटोल सावुन १, चामल १२ के.जि., दाल १ के.जि. , नुन १ के. जि. र तेल आधा लिटरको १ पोका र ४ जना देखि ७ जनाको परिवारलाई डिटोल सावुन २, चामल १५ के.जि., दाल १.५ के.जि. , नुन १ के. जि. तेल १ लिटर साथै ७ जनाभन्दा वढि परिवारलाई डिटोल सावुन ३, चामल १८ के.जि., दाल २ के.जि. , नुन १ के. जि. तेल १.५ लिटर दिने निर्णय गरेको लेटाङ नगरपालिकाका मेयर शंकर राईले जानकारी दिए ।
सबै वडामा गठन गरिएको वडा स्तरिय विपत व्यवस्थापन समिति मार्फत राहत वितरण गरिने समेत मेयर राइको भनाइ छ ।
यसैगरी कुनै पनि संस्थाले आफु खुसि राहत वितरण गर्न नपाईनुका साथै कुनै ब्यक्ती तथा संस्था संग चन्दा उठाउन नपाईने लेटाङ नगरपालिकाले निर्णय गरेको समेत वताउनुभयो । महामारीको रुपमा विश्वभर फैलिएको कोभिड १९ को हाल सम्म औषधी पत्ता नलागेको र अहिले यो रोगवाट बच्नका लागि लकडाउन गर्नुपरेको सन्दर्भ जोड्दै नगरप्रमुख राईले विपन्न समुदायलाई रोगले मात्र नभई भोकले समेत मर्नुपर्ने अवस्था आउनसक्ने भन्दै यसको जोहोमा नगरपालिका लागिरहेको बताए ।

यो रोगवाट निम्तिएको समस्या समाधानका लागि नगरपालिकाले स्थापना गरेको नगर स्तरिय राहत कोषको राष्ट्रिय बाणिज्य बैकको शाखा कार्यालय लेटाङमा खोलिएको बैक खाता नं. २४५००००६७००१ मा राहतको लागि नगद सहायता गर्न ईच्छुक व्यक्ति, संघ संस्था, सामुदायिक वन तथा सहकारी संस्थाहरु लगायत तथा आम नगरवासिमा नगरपालिकाको राहत कोषमा रकम जम्मा गर्न सकिने लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत दहालले जानकारी दिनुभयो ।
साथै खाध्यान्न र सामाग्रीहरु सहायता गर्न ईच्छुक व्यक्ति तथा संघ संस्थाहरुले सावुन, चामल, दाल, नुन र तेल जस्ता सामाग्रिहरु नगरपालिका तथा वडा कार्यलयमा जम्मा गर्न सक्ने मेयर राईले जानकारी दिनुभयो । प्राप्त सामग्रीहरु आवश्यकता अनुसार एकद्वार प्रणालिवाट वितरण गरिने समेत उहाँले बनाउनुभयो ।
दैनिक उपभोग्य वस्तुहरु विक्रेताले विक्रि वितरण गर्दा सकेसम्म प्याकेज वनाई १.५ मिटर दुरी कायम गरि विक्रि वितरण गर्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य संघ लेटाङलाई अनुरोध गर्ने र सोको अनुगमन नगरपालिका, इलाका प्रहरी कार्यालय र उद्योग वाणिज्य संघवाट नियमित गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरिएको मेयर राईले जानकारी दिनुभयो ।
नोबेल कोरोना भाईरसको संक्रमण फैलिन नदिनको लागि आवश्यकता अनुसार क्वारेन्टाईन थप गर्न सम्पुर्ण सामुदायिक वनका भवनहरु, नगरक्षेत्रका सामुदायिक भवन तथा क्षेत्रिय कृषि तालिम केन्द्र लेटाङको भवन प्रयोग गर्ने
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login