कोशी प्रदेश
लेटाङ नगरपालिकाले तय गर्यो राहत प्याकेज
लेटाङः लेटाङ नगरपालिले आफ्नो क्षेत्रभित्रका गरिव, विपन्न तथा श्रमिक व्यक्तिहरुमा नोवेल कोरोना भाईरस (कोभिड १९ )को कारणले खाद्यान्नको अभाव भई भोकमरी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै लेटाङ नगरपालिकाले बनाएको मापदन्डका आधारमा खाध्यान्न उपलव्ध गराउने भएको छ ।
नगरपालिकाले ४ जना सम्मको परिवारलाई डिटोल सावुन १, चामल १२ के.जि., दाल १ के.जि. , नुन १ के. जि. र तेल आधा लिटरको १ पोका र ४ जना देखि ७ जनाको परिवारलाई डिटोल सावुन २, चामल १५ के.जि., दाल १.५ के.जि. , नुन १ के. जि. तेल १ लिटर साथै ७ जनाभन्दा वढि परिवारलाई डिटोल सावुन ३, चामल १८ के.जि., दाल २ के.जि. , नुन १ के. जि. तेल १.५ लिटर दिने निर्णय गरेको लेटाङ नगरपालिकाका मेयर शंकर राईले जानकारी दिए ।
सबै वडामा गठन गरिएको वडा स्तरिय विपत व्यवस्थापन समिति मार्फत राहत वितरण गरिने समेत मेयर राइको भनाइ छ ।
यसैगरी कुनै पनि संस्थाले आफु खुसि राहत वितरण गर्न नपाईनुका साथै कुनै ब्यक्ती तथा संस्था संग चन्दा उठाउन नपाईने लेटाङ नगरपालिकाले निर्णय गरेको समेत वताउनुभयो । महामारीको रुपमा विश्वभर फैलिएको कोभिड १९ को हाल सम्म औषधी पत्ता नलागेको र अहिले यो रोगवाट बच्नका लागि लकडाउन गर्नुपरेको सन्दर्भ जोड्दै नगरप्रमुख राईले विपन्न समुदायलाई रोगले मात्र नभई भोकले समेत मर्नुपर्ने अवस्था आउनसक्ने भन्दै यसको जोहोमा नगरपालिका लागिरहेको बताए ।

यो रोगवाट निम्तिएको समस्या समाधानका लागि नगरपालिकाले स्थापना गरेको नगर स्तरिय राहत कोषको राष्ट्रिय बाणिज्य बैकको शाखा कार्यालय लेटाङमा खोलिएको बैक खाता नं. २४५००००६७००१ मा राहतको लागि नगद सहायता गर्न ईच्छुक व्यक्ति, संघ संस्था, सामुदायिक वन तथा सहकारी संस्थाहरु लगायत तथा आम नगरवासिमा नगरपालिकाको राहत कोषमा रकम जम्मा गर्न सकिने लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत दहालले जानकारी दिनुभयो ।
साथै खाध्यान्न र सामाग्रीहरु सहायता गर्न ईच्छुक व्यक्ति तथा संघ संस्थाहरुले सावुन, चामल, दाल, नुन र तेल जस्ता सामाग्रिहरु नगरपालिका तथा वडा कार्यलयमा जम्मा गर्न सक्ने मेयर राईले जानकारी दिनुभयो । प्राप्त सामग्रीहरु आवश्यकता अनुसार एकद्वार प्रणालिवाट वितरण गरिने समेत उहाँले बनाउनुभयो ।
दैनिक उपभोग्य वस्तुहरु विक्रेताले विक्रि वितरण गर्दा सकेसम्म प्याकेज वनाई १.५ मिटर दुरी कायम गरि विक्रि वितरण गर्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य संघ लेटाङलाई अनुरोध गर्ने र सोको अनुगमन नगरपालिका, इलाका प्रहरी कार्यालय र उद्योग वाणिज्य संघवाट नियमित गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरिएको मेयर राईले जानकारी दिनुभयो ।
नोबेल कोरोना भाईरसको संक्रमण फैलिन नदिनको लागि आवश्यकता अनुसार क्वारेन्टाईन थप गर्न सम्पुर्ण सामुदायिक वनका भवनहरु, नगरक्षेत्रका सामुदायिक भवन तथा क्षेत्रिय कृषि तालिम केन्द्र लेटाङको भवन प्रयोग गर्ने
Facebook Comment
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
Banner
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login