Connect with us
Advertisement

नेकपाद्वारा धरानको वडा नम्बर ३ मा निर्वाचन परिचालन समिति गठन

Published

on

धरानः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धरान ३ मा सोमबार निर्वाचन परिचालन समिति तथा वडा सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । नेकपाको १ नम्बर प्रदेश कमिटी सदस्य मुक्साहाङ मेन्योङबो(मुकेश) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेकपामा उम्मेद्वार प्रकाश राई र अन्य नेतासहितको उपस्थितमा समिति तथा कार्यालय उद्घाटन गरिएको हो । सुयोग पाख्रिनको संयोजकत्वमा २ सय ५९ सदस्यीय निर्वाचन परिचालन कमिटी बनेको छ । सचिवमा मिङ्मा भोटे रहेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गायक रवि ओड प्रहरी नियन्त्रणमा

Published

on

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

 

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।

Continue Reading

Banner

मोरङ जिल्ला पालिका स्तरिय उपमेयर कपको उपाधि सुन्दरहरैँचाले जितेको छ ।

Published

on

मोरङ जिल्ला पालिका स्तरिय उपमेयर कपको उपाधि सुन्दरहरैँचाले जितेको छ । वार्ड न १० को सुकुना चौरि खेलमैदानमा भएको फाईनल खेलमा पथरी लाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । बिजेता नगद ६७५००, ट्रफि र मेडल प्राप्त गर्यो, दोश्रो भएको लेटाङ नगरपालिकाले नगद ३३७५० ट्रफि र मेडल प्राप्त गर्यो, तेश्रो भएको रतुवामाईले नगद ९३३५ प्राप्त गर्यो । सुन्दरहरैचा नगर खेलकुद बिकाशको आयोजनामा भएको खेलमा मोरङका ८ ओटा पालिकाको सहभागिता रहेको थियो । फाईनल खेलमा प्रमुख जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई रहनुभएको थियो, । लेटाङ नगरपालिका का नगर प्रमुख भुपेन्द्र लावति विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा खेलाडि पालिकाका उपप्रमुख, खेलाडि लगायतको उपस्थिति रहेको थियो । नगरखेलकुद बिकाश समितिका अध्यक्ष तथा नगरप्रमुख केदार प्रसाद गुरगाईको अध्यक्षता मा भएको कार्यक्रममा स्वागत मन्तव्य नगर खेलकुद विकास समितिका सदस्य सचिब खडग श्रेष्ठले गर्नुभएको थियो ।

Continue Reading

Banner

श्रीकृष्ण प्रणामि बाल सेवा आश्रम सलकपुरको ५२ औं बार्षिक महोत्सब सम्म्पन्न भएको छ ।

Published

on

श्रीकृष्ण प्रणामि मन्दिरको ५२ औं बार्षिक महोत्सब सम्म्पन्न भएको छ ।


श्रीकृष्ण प्रणामि बाल सेवा आश्रम सलकपुरको ५२ औं बार्षिक महोत्सब श्रीमत्त तारतम सागरको १०८ पाठ सप्ताह व्यापि पुरायण सहित बिभिन्न धार्मिक कार्यक्रम सञ्चालन गर्दै अक्षय तृतियको दिन समापन भएको छ । बाइज्युराज संघ एकाई समिति सलकपुरद्वारा आयोजित उक्त सप्ताह कार्यक्रममा १०८ तारतम सागर को पाठ स्थानिय १०८ ब्रह्ममुनिद्वारा पाठ भएको थियो । पाठ पारायण सम्पन्न पछि औपचारिक कार्यक्रम गरि अक्षय तृतिय मेला सहित बार्षिक महोत्सब मनाइएको कार्यक्रम संयोजक गंगादेवि बास्तोलाज्युले जानकारी दिनु भएको थियो । मुक्तिधाम इटहरिका श्री १०८ कृष्णदास महाराजजिको आतिथ्य साधु संत मोहनानन्द जि महाराज, हंसदास महाराज, फणिन्द्र महाराज, माताजि राधा, नर्वदा, बेनबाई, राजन महाराज, स्थानिय महाराज रंजनराज महाराज, मन्दिरका मुख्य सञ्चालक सन्त मनोज मधुकर महाराज्ज्युले कथा प्रवचन का साथ सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख केदारप्रसाद गुरागाई, पुर्व नगर प्रमुख शिवप्रसाद ढकाल, वडा अध्यक्षज्यु , मन्दिरका अध्यक्ष कृष्ण बास्तोला, पुर्व अध्यक्ष रामप्रसाद गजुरेल, उद्वब रिजाल, पुर्ण प्रसाद ढकाल, सेवा समितिका , प्रतिष्ठान नेपालका , बाईज्युराज संघका , युवा परिषदका , बाल सञ्जालका पदाधिकारि तथा सदस्य सहित बिभिन्न सामाजिक व्यक्तित्वको बृहत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बाईज्युराज संघ मोरङ उपाध्यक्ष देवि पौडेल ज्यु ले सञ्चालन गर्नु भएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक