Connect with us
Advertisement

यस्तो छ धरानमा आज तरकारीको मूल्य

Published

on

धरानः धरानमा आज सोमबार ६० ओटा सवारी साधनमा २७ टन तरकारी ढुवानी भएको बजार व्यवस्थापन समितिले जनाएको छ ।

वडा समितिले तोकेका पसलहरुले कृषि उपज लिन आउँदा सक्कल सिफारिश लिएर आउन पनि सो समितिले अनुरोध गरेको छ ।

यस्तो छ आज सोमबारको उपभोक्ता मूल्य । सो मूल्य उपभोक्ता मूल्य भएको हुनाले सोभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएमा व्यवस्थापन समितिको ०२५ ५३११०० नम्बरमा फोन गरी जानकारी दिन पनि समितिले अनुरोध गरेको छ । हेर्नुहोस् मूल्य सूचीः

 

Continue Reading

Facebook Comment

20 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्से स्थिर, कारोबार रकम भने उछालिँदै ४.६८ अर्ब नाघ्यो

Published

on

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से यस दिन भने करिब स्थिर रहेको हो।

बिहीबार नेप्से परिसूचक ०.७९ अंक घटेर २५६०.२९ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अंक घटेको छ। नेप्से करिब स्थिर रहेपनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ६६ हजार ७९ पटकको कारोबारमा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्था, बन्दीपुर केबलकार एण्ड टुरिजम, झापा इनर्जी र सागर डिष्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बुङ्गल हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक ९.०५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको करिब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुका गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।

Continue Reading

Banner

नेप्से लगातार उकालो, कारोबार रकममा पनि हल्का वृद्धि

Published

on

मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।यस दिन नेप्से परिसूचक १५.७० अंक बढेर २५६६.०७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक बढेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। सोमबार ३ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ५५ हजार २७७ पटकको कारोबारमा ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँबराबरको ९२ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो, झापा इनर्जी र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमस्टार उर्जा कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मिड सोलु हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको साढे १५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने माउन्टेन इनर्जी नेपालको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Continue Reading

Banner

एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्रि,

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल)को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । पहिलो खेलका लागि सबै टिकट बिक्रि भइसकेकाले टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न नेपाल क्रिकेट सङ्घ (क्यान)ले आग्रह गरेको छ ।

क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत् टिकट उपलब्ध नभएका वा प्राप्त गर्न नसकेका दर्शकलाई रङ्गशालामा आएर हुलहुज्जत नगर्न पनि आग्रह गर्नुभयो । साथै उहाँले टिकट नहुने दर्शकले घरमै बसेर खेल हेर्दै एनपीनएल क्रिकेटलाई समर्थन गर्ने आफूले अपेक्षा राखेको बताउनुभएको छ ।

एनपीएल एउटा ब्राण्ड बनिसकेकाले विश्वको ध्यान नेपाली क्रिकेटमा पर्ने हुँदा दर्शक तथा समर्थकलाई अनुशासित भएर खेल हर्न क्यानले अनुरोध गरेको छ । साथै आउँदा दिनमा विश्वस्तरका धेरै खेलाडीलाई बोलाएर नेपालमा खेल्ने वातावरण बनाउने सन्देश दिनुपर्नेमा क्यानका सचिव खड्काको जोड छ ।

अहिले सिट सङ्ख्या निश्चित भएकाले क्यानले पहिलो खेलका लागि झन्डै आठ हजार टिकट बेच्न दिएको छ भने झन्डै दुई हजार टिकट खेलाडीका परिवार, प्रायोजक, आयोजकलगायतका लागि छुट्याइएको छ । यस्तै थप तीन हजार सिट पदाधिकारी, खेलसँग सम्बन्धित अधिकारी र पाहुनाका लागि छुट्याएको छ ।

हिजो क्यानले गरको पत्रकार सम्मेलनमा पनि सचिव खड्काले एनपीएलका खेलहरु भइरहेकाे समयमा कुनै पनि समूहलाई काठमाण्डौ केन्द्रीत आन्दोलन नगर्न आग्रह गर्नुभएको थियो ।

भोलिदेखि त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुने दोस्रो संस्करणको एनपीएल क्रिकेटको सबै तयारी पूरा भएको छ । प्रतियोगितामा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाण्डु गोर्खाजले खेल्नेछन् । खेल दिउँसो चार बजे शुरु हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक