Connect with us
Advertisement

स्वास्थ्यकर्मी र सरकारको कुरा पहिले सुनौँ त्यसपछि सामाजिक सञ्जालको

Published

on

केही समय अघि सरकारका निर्णयको विरुद्धमा सामाजिक सञ्जालमा आक्रोश पोखिएपछि सरकारले आफ्नो निर्णय पुनर्विचार गर्याे । यस्तो क्रम दाहोरियो पनि । त्यसपछि सरकार सामाजिक सञ्जालले चलाउन थालेको भनेर विरोध पनि भयो ।

सामाजिक सञ्जालको प्रभाव कति पर्छ भन्ने हिजो गरिएको दीप प्रज्वलनले पनि प्रष्ट पार्याे । नेपालमा हिजो गरिएको दीप प्रज्वलन सामाजिक सञ्जालमा गरिएको अनुरोधका आधारमा भएको थियो । सो दीप प्रज्वलनको विपक्षमा कुरा गर्ने कतिपयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानको समर्थन भने त कतिपयले भारतीय जनता पार्टीको स्थापना दिवसको पूर्वसन्ध्यामा गरिएको दीप प्रज्वलनसँग जोडिएको बताए ।

हिजो रवि प्रदोष व्रत परेकाले विश्वशान्तिको कामनाका लागि दीप बाल्न ज्योतिषशास्त्रअनुसार अनुरोध गरिएको भन्ने टिप्पणी पनि आए । तर जेजस्ता टिप्पणी आए पनि मानिसमा भगवान्प्रति आस्थावान् धेरै रहेछन् भन्ने चाहिँ देखायो ।

यहाँ आस्था र विश्वासभन्दा पनि सामाजिक सञ्जालको प्रभावको बारेमा उल्लेख गर्न खोजिएको हो । हामी सामाजिक सञ्जालको यसरी नै पछि लाग्यौँ भने कुनै अफवाह वा अपुष्ट खबर आयो भने पनि यसरी नै पछि लाग्ने रहेछौँ भन्ने हो । आस्थासँग जोडिएर कुनै अनर्गल प्रचार आयो भने समाज कतातिर जाला भन्ने चिन्ता हो ।

अहिलेको समय भनेको स्वास्थ्यकर्मी र सरकारको कुरा सुन्ने हो । सामाजिक सञ्जालको पछि लाग्ने होइन । सरकार र स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमा पनि राख्नुहोस् भनेको अवस्थामा बेग्लै कुरा हो । सरकारले गरेका सही निर्णयको समर्थन र गलत निर्णयको विरोधमा सामाजिक सञ्जालमा प्रस्तुत हुनु राम्रो हो । तर विपद्को घडीमा पनि राजनीति गर्नु कदापि राम्रो होइन । स्वास्थ्यकर्मीको माग के छ, त्यो सरकारले पूरा गरेको छ कि छैन ? स्वास्थ्यकर्मी कति जोखिममा छन्, स्वास्थ्य सामग्री कति भरपर्दाे छ ? त्यसमा बहस गरौँ । अहिलेको अवस्थामा हामीले स्वास्थ्यकर्मीको कुरा सुन्ने हो, सरकारको कुरा सुन्ने हो । हामीलाई सही सूचना र जानकारी दिनुहोस् भनेर घच्घच्याउने भनेको स्वास्थ्यकर्मी र सरकारलाई नै हो । त्यसपछि मात्रै सामाजिक सञ्जालको सूचना ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

Published

on

ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका दुई जना शिक्षा सेवि तथा पाँच जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। शिक्षा सेवितर्फ पञ्चायत माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टोम बहादुर श्रेष्ठ र पूर्व शिक्षक लक्ष्मी खरेल सम्मानित हुनुभयो। त्यसैगरी सञ्चारकर्मीतर्फ शिव भट्टराई, भोजपुरे, खेमचन्द्र अधिकारी, ग्याननाथ ढकाल, मनिराम दाहाल र लीलानाथ गच्छेदारलाई सम्मान गरिएको थियो।

उत्सवमा विद्यालयका विद्यार्थीहरूले एजुकेशनल एक्जिबिशन, विभिन्न प्रदर्शनी, नाटक, नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

विद्यालयकी प्रधानाध्यापिका देवी सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख अकली देवी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षा र सहकार्यको महत्व उजागर गरेको विद्यालयले जनाएको छ।

Continue Reading

Banner

रास्वपा सचिवालय बैठक बस्दै

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनमा सचिवालय बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको समय र स्थान भने उल्लेख गरिएको छैन ।

समानुपातिकतर्फका सांसदहरूको नाम सिफारिस गर्ने र पार्टीका आन्तरिक विधि–प्रक्रियासम्बन्धी विषयमा छलफल गर्ने बैठकको एजेण्डा रहेको प्रवक्ता झाले जानकारी दिए

Continue Reading

Banner

कक्षा १२ परीक्षा मिति तोकियो, तालिका सार्वजनिक

Published

on

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ र वैशाख २७ गते सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण र साहित्यको परीक्षा हुनेछ । वैशाख १५ गते अनिवार्य नेपाली र प्राविधिक धारतर्फको सोसल स्टडिजको परीक्षा हुनेछ । यो परीक्षा तालिका कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुका लागि हो । परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ हुने परीक्षार्थीहरु सहभागी हुन पाउने छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक