शिक्षा / स्वास्थ्य
स्वास्थ्यकर्मी र सरकारको कुरा पहिले सुनौँ त्यसपछि सामाजिक सञ्जालको
केही समय अघि सरकारका निर्णयको विरुद्धमा सामाजिक सञ्जालमा आक्रोश पोखिएपछि सरकारले आफ्नो निर्णय पुनर्विचार गर्याे । यस्तो क्रम दाहोरियो पनि । त्यसपछि सरकार सामाजिक सञ्जालले चलाउन थालेको भनेर विरोध पनि भयो ।
सामाजिक सञ्जालको प्रभाव कति पर्छ भन्ने हिजो गरिएको दीप प्रज्वलनले पनि प्रष्ट पार्याे । नेपालमा हिजो गरिएको दीप प्रज्वलन सामाजिक सञ्जालमा गरिएको अनुरोधका आधारमा भएको थियो । सो दीप प्रज्वलनको विपक्षमा कुरा गर्ने कतिपयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानको समर्थन भने त कतिपयले भारतीय जनता पार्टीको स्थापना दिवसको पूर्वसन्ध्यामा गरिएको दीप प्रज्वलनसँग जोडिएको बताए ।
हिजो रवि प्रदोष व्रत परेकाले विश्वशान्तिको कामनाका लागि दीप बाल्न ज्योतिषशास्त्रअनुसार अनुरोध गरिएको भन्ने टिप्पणी पनि आए । तर जेजस्ता टिप्पणी आए पनि मानिसमा भगवान्प्रति आस्थावान् धेरै रहेछन् भन्ने चाहिँ देखायो ।
यहाँ आस्था र विश्वासभन्दा पनि सामाजिक सञ्जालको प्रभावको बारेमा उल्लेख गर्न खोजिएको हो । हामी सामाजिक सञ्जालको यसरी नै पछि लाग्यौँ भने कुनै अफवाह वा अपुष्ट खबर आयो भने पनि यसरी नै पछि लाग्ने रहेछौँ भन्ने हो । आस्थासँग जोडिएर कुनै अनर्गल प्रचार आयो भने समाज कतातिर जाला भन्ने चिन्ता हो ।
अहिलेको समय भनेको स्वास्थ्यकर्मी र सरकारको कुरा सुन्ने हो । सामाजिक सञ्जालको पछि लाग्ने होइन । सरकार र स्वास्थ्यकर्मीले सामाजिक सञ्जालमा पनि राख्नुहोस् भनेको अवस्थामा बेग्लै कुरा हो । सरकारले गरेका सही निर्णयको समर्थन र गलत निर्णयको विरोधमा सामाजिक सञ्जालमा प्रस्तुत हुनु राम्रो हो । तर विपद्को घडीमा पनि राजनीति गर्नु कदापि राम्रो होइन । स्वास्थ्यकर्मीको माग के छ, त्यो सरकारले पूरा गरेको छ कि छैन ? स्वास्थ्यकर्मी कति जोखिममा छन्, स्वास्थ्य सामग्री कति भरपर्दाे छ ? त्यसमा बहस गरौँ । अहिलेको अवस्थामा हामीले स्वास्थ्यकर्मीको कुरा सुन्ने हो, सरकारको कुरा सुन्ने हो । हामीलाई सही सूचना र जानकारी दिनुहोस् भनेर घच्घच्याउने भनेको स्वास्थ्यकर्मी र सरकारलाई नै हो । त्यसपछि मात्रै सामाजिक सञ्जालको सूचना ।
Facebook Comment
Banner
सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण
जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।
आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।
सहयोगी मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।
Banner
२४३ विद्यार्थीलाई सुकुना क्याम्पसद्वारा २८ लाख ३३ हजार रुपैयाँ छात्रवृत्ति वितरण
शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी सुकुना बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत आर्थिक कमजोर भएका परिवार, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति रकमबापत २८ लाख रुपैयाँभन्दा बढी वितरण गरेको छ ।
सो कार्यक्रममा २ सय ४३ जना विद्यार्थीलाई २८ लाख ३३ हजार २ सय रुपैयाँ वितरण गरिएको थियो । अक्षयकोषबाट प्राप्त ब्याज, दाताको सहयोगलगायतबाट विद्यार्थीलाई सो परिमाणको छात्रवृृत्ति वितरण गरिएको थियो ।
प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयकी रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले क्याम्पसले ठूलो स्रोत जुटाएर धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता छात्रवृत्ति व्यवस्थापन समितिका अध्यक्ष एवम् क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा छात्रवृत्ति प्राप्त विद्यार्थी, दाताहरू, अक्षयकोष दाताहरू, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, क्याम्पस सञ्चालक समिति, सल्लाहकार, शिक्षक–कर्मचारी तथा स्ववियु प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत मन्तव्य राख्दै क्याम्पसले गरेका गतिविधि र उपलब्धिहरूको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्ववियु अध्यक्ष एलिस ओझा, सल्लाहकार तथा दाता गोपालबहादुर थापा, नागरिक स्वावलम्बन विकास (सिड) नेपालका निर्देशक डा. अर्जुनमणि गुरागाईँ तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले आफ्ना भनाइ राख्नुभएको थियो ।
नेपालमा सामुदायिक क्याम्पसका रूपमा प्रतिष्ठित तथा दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त सुकुना बहुमुखी क्याम्पसमा हाल ७५ लाख रुपैयाँको अक्षयकोष रहेको छ । आगामी वर्ष अक्षयकोषको आकार १ करोड २५ लाख पुर्याउने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।
Banner
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक,
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार पूरक परीक्षामा ७३ दशमलव ४१ प्रतिशत अर्थात् ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । गएको असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए ।
यसअघि गएको साउन ११ गते प्रकाशित भएको नियमित नतिजामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।
परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यसैगरी NEB Symbol Number टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login