अर्थ
घरघरमै तरकारी पुर्याउँदै सुन्दरहरैंचाका युवा
विराटचोकः लकडाउनका कारण उपभोग्य वस्तु पाउन गाह्रो भइरहेको तथा पाइहाले पनि चर्काे मूल्य तिर्नुपर्ने बाध्यतामा धेरै उपभोक्ता रहेका छन् । तरकारीको अभाव धेरैतिर देखिएको छ ।
यस्तो अवस्थामा सुन्दरहरैंचाका केही युवा भने घरघरमा तरकारी पुर्याउँदैछन् । सुन्दरहरैंचाको वडा नम्बर ११ बाट शुरु भएको यो अभियानमा सहयोग गर्ने मानिस बढेपछि अरु वडामा पनि बिस्तार हुँदैछ । ४\५ जनाले शुरु गरेको अभियानमा अहिले १०\१२ जना जोडिइसकेको हुनाले काम गर्न सजिलो भएको अभियन्ता विनोद भट्टराई बताउँछन् ।
उनका अनुसार अभियानमा पहिले यादव पौडेल, अनिल पौडेल, सागर लुइँटेल, किशोर पौडेल सहभागी थिए । अहिले दिनहुँ सहयोगी थपिने क्रम बढ्दो मात्रामा छ । यी युवाहरुले बजारमूल्यभन्दा सस्तोमा तरकारी उपलब्ध गराइरहेका छन् । मंगलबार नगरपालिकासँग समन्वय गरेको र नगरपालिकाले एउटा सवारी उपलब्ध गराएको तथा आफ्नो एउटा निजी गाडीलाई पनि घरघरमा तरकारी बिक्रीको लागि लैजान अनुमति लिएको भट्टराईले बताए ।
धनकुटाको हिलेबाट ल्याइएको अर्गानिक रायोको साग, मटर कोसा, कोपी, आलु लगायतका तरकारी बिक्री गरिरहेको उनको भनाइ छ । अभियन्ता थपिएसँगै सुन्दरहरैंचाका सबै वडाका टोलटोलमा गाडी पुर्याउने लक्ष्य लिएको उनले बताए । आफूले खरीद गरेको मूल्यमा ढुवानी खर्चमात्रै जोडेर नाफा नलिई तरकारी बिक्री गर्ने योजना बनाएको हुनाले तरकारीको भाउ सस्तो भएको उनले बताए ।
‘हामी स्थानीयको तरकारी पनि किन्ने र बिक्री गर्ने योजनामा छाँै’, भट्टराईले भने, ‘स्थानीय किसानको कतिपय तरकारी खेर जाने अवस्थामा रहेको तर त्यसलाई बजारसम्म लाने वातावरण नपाएको हामीले देखेका छौँ । त्यसलाई अन्त्य गर्न लागि परेका छौँ ।’
हालसम्म स्थानीय सरकार, उपभोक्ता तथा किसानले राम्रो प्रतिक्रिया जनाएकाले अभियानलाई निरन्तरता दिइने योजना रहेको उनले सुनाए ।

Facebook Comment
Banner
सुनको मूल्य नयाँ कीर्तिमानमा
अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) को रेकर्ड अझै तोडिएको छैन । सो दिन प्रतिऔंस ४ हजार ३५६ अमेरिकी डलर पुगेको सुनको भाउ अहिले ४ हजार ३०० अमेरिकी डलर छ । सो दिन तिहारको बिदाका कारण नेपालमा मूल्य समायोजन हुन पाएको थिएन । अर्कोतर्फ अमेरिकी डलरको मूल्यवृद्धिले पनि अन्तर्राष्ट्रिय बजारमाभन्दा छिटो मूल्य तोडिएको महासंघले जनाएको छ । चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।
Banner
नेप्से स्थिर, कारोबार रकम भने उछालिँदै ४.६८ अर्ब नाघ्यो
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक करिब स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से यस दिन भने करिब स्थिर रहेको हो।
बिहीबार नेप्से परिसूचक ०.७९ अंक घटेर २५६०.२९ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अंक घटेको छ। नेप्से करिब स्थिर रहेपनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ६६ हजार ७९ पटकको कारोबारमा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्था, बन्दीपुर केबलकार एण्ड टुरिजम, झापा इनर्जी र सागर डिष्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बुङ्गल हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक ९.०५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको करिब १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुका गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।
Banner
नेप्से लगातार उकालो, कारोबार रकममा पनि हल्का वृद्धि
मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।यस दिन नेप्से परिसूचक १५.७० अंक बढेर २५६६.०७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक बढेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। सोमबार ३ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ५५ हजार २७७ पटकको कारोबारमा ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँबराबरको ९२ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो, झापा इनर्जी र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमस्टार उर्जा कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मिड सोलु हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको साढे १५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने माउन्टेन इनर्जी नेपालको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login