Connect with us
Advertisement

सुन्दरहरैंचाको राहत कोषमा सुकुना सामुदायिक वन बाट ३ लाख सहयोग

Published

on

विराटचोकः कोरोना भाइरस (कोभिड १९) का कारण विश्वका प्राय सबै देशहरु यसको रोकथामा एक जुट भएका छन् । नेपालमा सरकारले अहिले यो महामारी रोक्न देशभर लकडाउन गरेको छ । लकडाउन भएको र सबै जनता घरमै बस्नुपर्ने भएकाले दैनिक ज्यालादारीमा काम गर्ने गरिव तथा विपन्न परिवारलाई बढी मार्का परेकाले सुन्दरहरैंचा नगरपालिकाले यो विपद्मा सबै संघ संस्थालाई राहत जुटाउनका लागि आह्वान गरेको थियो ।
सर्वपक्षिय विपद व्यवस्थापन समिति निर्माण गरी एक द्वार प्रणाली मार्फत राहत संकलन तथा वितरण गर्ने भएकाले सुकुना सामुदायिक वन उपभोक्ता समति खोर्सानेले पनि ३ लाख १ हजार १ सय ११ रुपैया सहयोग गरेको वनका कर्मचारी आरके प्रधानले बताए । तीन लाखकाे चेक सामुदायिक वनका अध्यक्ष तुलसी रिमालले नगरउपप्रमुख धनमाया तामाङ, राहत व्यवस्थापन समिति सदस्य नवराज चापागाई हस्तान्तरण गरेका थिए  । 

अहिले सबै वडाका गरिव तथा विपन्न परिवारलाई राहत वितरण गरिरहेकाे छ ।

Continue Reading

Facebook Comment

15 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

Published

on

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
 
 
 
निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर एक रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको छ ।
 
 
 
पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
Continue Reading

Banner

मिक्लाजुङमा शिशुको हत्या, आमा पक्राउ

Published

on

मिक्लाजुङमा शिशुको हत्या, आमा पक्राउ
मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
अवैध सम्बन्धबाट गर्भवती भएकी महिलाले शिशु जन्माएर हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपमा शिशुकी आमा पक्राउ परेकी हुन् । शिशुका बाबु भने पत्ता नलागेको जानकारी प्रहरीले दिएको छ । प्रहरीले शिशुका बाबुको पहिचानको प्रयास भइरहेको जनाइएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राईलाई सोमबार साँझ पक्राउ गरिएको हो । प्रहरीका अनुसार अस्मिताले शिशु जन्माएर हत्या गरी फ्यालेको जानकारी उनले दिएकी छन् । पुरुषसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी उनले छोरा जन्माएर हत्या गरेको प्रहरीको भनाइ छ ।
डीएसपी बस्नेतका अनुसार घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको खुलेको छ। त्यसपछि हत्या गरेर ढुंगाको चेपमा फ्यालेको अवस्थामा सोमबार साँझ शिशुको शव फेला परेको उनले भनाइ छ ।
जन्माएर शिशुको हत्या गरी घर फर्किएकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए । सोधपुछ गर्ने क्रममा जन्माएर शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै घटनास्थल पुगेको प्रहरीले शव बरामद गरेर अस्मितालाई पक्राउ गरेको हो । कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको डीएसपी बस्नेतले बताएका छन्।
उनका अनुसार सुत्केरी अवस्थाकी अस्मितालाई नियन्त्रणमा लिएर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । अस्मिताको स्वास्थ्य अवस्था कमजोर रहेको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यले दिएको किटानी जाहेरीका आधारमा उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । उनीविरुद्ध मंगलबार जाहेरी परेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले अनुसन्धान गर्ने छ ।
शिशुको हत्यामा संलग्न आमा उपचाररत रहेका कारण घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको बस्नेतले बताएका छन्। ‘आमालाई उपचारका लागि भर्ना गरिएको छ । घटनाका बारेमा धेरै कुरा बुझ्न र सोधपुछ गर्न पाइएको छैन,’ डीएसपी बस्नेतले भने, ‘अस्पतालले डिस्चार्ज दिएपछि अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने छ । अनुसन्धानपछि घटनाका सम्बन्धमा थप प्रष्ट हुन्छ ।’
अस्मिताका श्रीमान भने वैदेशिक रोजगारीका क्रममा १ वर्षदेखि कतारमा रहेको प्रहरीको भनाइ छ । पति विदेशमा भएका बेला परपुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्माएर हत्या गरी शव फ्यालेको पाइएको बस्नेतको भनाइ छ ।
उनका अनुसार शिशुको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने उनले बताएका छन्।
स्रोत : फाइलफोटो / सम्झना राई
May be a black-and-white image of 1 person, baby and smiling
Continue Reading

Banner

सर्पले टोकेमा के गर्ने ?

Published

on

अब गर्मी महिना शुरु भएसँगै सर्पको बिगबिगी बढ्न थालेको छ । अझ तराईका जिल्लाहरूमा त यो समस्या व्यापक नै हुन्छ । सर्प दुई प्रकारका हुन्छन्, विषालु र विषरहित । विषरहित सर्पले टोकेमा शरीरमा कुनै किसिमको हानि हुँदैन । विषालुले टोकेमा ज्यान समेत जान सक्छ । नेपालमा गोमन, करेत र भाइपर प्रजातिका सर्पले धेरैलाई टोक्ने गरेको पाइन्छ ।

गोमन र करेत सर्पले टोक्दा न्युरो टक्सिभेनममा असर गर्ने भएकाले मस्तिष्क र स्नायुमा प्रभाव पार्छ । जसकारण मानिसको मृत्यु हुने जोखिम धेरै हुन्छ । सर्पले टोकेपछि आँखा खोल्न गाह्रो हुने, आँखा लट्टिने, खाना खान वा थुक निल्न गाह्रो हुन्छ ।

भाइपर सर्पमा हेमोटक्सिन हुन्छ, जसले शरीरमा रगतलाई खराब गर्छ । टोकेको ठाउँ सुन्निने, समयमा उपचार भएन भने घाउ बढ्दै बढ्दै जाने हुन्छ र समयमा उपचार गरिएन भने हातखुट्टा काट्नुपर्ने वा अङ्गभङ्ग हुने जोखिम बढी हुन्छ । नेपालमा सर्पदंशबाट हुने मृत्युमध्ये ९० प्रतिशत भन्दा धेरै मृत्यु करेत र गोमन सर्पको टोकाइबाट हुने गरेको पाइन्छ ।

सर्पले टोक्नासाथ के गर्ने ?

गाउँघरमा अहिले पनि सर्पले टोकेमा घरेलु उपचार नै गर्ने चलन देखिन्छ । सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँभन्दा अलि माथि कपडाले वा अरू कुनै वस्तुले कसिलो गरी बाँध्ने, सर्पले टोकेको ठाउँमा मुखले चुसेर विष निकाल्ने, धारिलो चीजले काटेर विष मिसिएको रगत फाल्नेजस्ता घरेलु उपचार गरिन्छ, जुन एकदमै गलत हो ।

यसले फाइदाभन्दा पनि हानि पुर्‍याउँछ । सर्पले टोकेमा यसको खास प्राथमिक उपचार नै छैन । टोकेको ठाउँमा लगाउने पीआईबी (प्रेसर इमुलाइजेसन व्यान्डेजिङ) नामको ब्यान्डेज पाइन्छ, जसले घाउलाई छोप्न र नहल्लाउन सहयोग गर्छ । त्यसपछि तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्य चौकीमा पुर्‍याइदिनुपर्छ ।

सर्पले कुन भागमा बढी टोक्छ ?

सर्पले प्रायः शरीरको तल्लो भागमा टोकेको देखिन्छ । हात, खुट्टा, कम्मर, ढाड, छाती, घाँटी, टाउको जुनसुकै ठाउँमा सर्पले टोक्न सक्छ । टाउको र घाँटीमा टोकेमा विषले चाँडै असर गर्छ, जसकारण मृत्यु हुने जोखिम पनि धेरै हुन्छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक