Connect with us
Advertisement

डा.शर्माद्वारा क्षेत्र नम्बर ३ का पालिकालाई ३० लाख प्रदान, कानेपोखरीका अध्यक्षले लिन मानेनन्

Published

on

विराटचोकः नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमण रोकथामका लागि मोरङ क्षेत्र नम्बर ३ का जनतालाई राहत स्वरुप ३० लाख ३६ हजार सहयोग गरेका छन् ।

डा. शर्माले विहिबार बेलबारी नगरपालिकामा तीन पालिका प्रमुखलाई बोलाएर सो रकम प्रदान गरका छन् । जसमा क्रमस. बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे नगरपालिकालाई ११ लाख ७५ हजार, ८ लाख ७५ र ९ लाख ८६ हजार रुपैंया सहयोग गरेका छन् ।

क्षेत्र नम्बर ३ अन्तर्रगतको कानेपोखरी गाउँपालिकाले भने सहयोग रकम नलिने भएकाले त्यो रकम समेत तीन पालिकालाई प्रदान गरेका हुन् । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले रकम नलिने भएकाले दान गर्न अर्पण गरेको रकम फिर्ता नलाउने बताउदै सबै रकम तीन पालिकालाई हस्तान्तरण गरेका छन् ।  बेलबारी आफ्नाे गाउँ भएकाले याे पालिकालाई बुवाकाे तर्फबाट थप रकम दिएका थिए । 

निरन्तर समाजसेवामा सक्रिय रहदै आएका डा.शर्माले क्षेत्र नम्बर ३ का जनतालाई पालिका मार्फत राहत उपलब्ध गराउने उदेश्यले सो रकम कोरोना रोकथाम कोषमा जम्मा हुने गरी पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राई, सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाल, बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीलाई नगद हस्तान्तरण गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले रोकथाममा सहयोग पुर्याउँन रकम प्रदान गरेको डा.शर्माले बताए । कानेपोखरी गाउँपालिकाले रकम लिन नमानेको भन्दा आफु दुखि भएको समेत बताएका थिए । यस बिपद्मा सबै एकजुट हुनु पर्ने र राजनितिक स्वार्थ भन्दा माथि उठेर समाजमा अग्रसर हुनुपर्ने धारणा राखेका थिए । उनले यो विपत्मा राहत लिन्न भन्नु मर्दा मलामि जान्न भन्नुजस्तै भएको समेत बताए । यसैगरी पुनः कानेपोखरीका जनतालाई पनि राहत दिन गाउँपालिकाले माग गरेमा दिने बताए ।

राहत ग्रहण गदै सुन्दरहरैंचाका नगरप्रमुख ढकालले मन भएर पनि धन नहुने र धन भएर पनि मन नहुनेहरुलाई थप उर्जा दिने गरी प्रदेश १ मै हाल सम्मबमे ठुलो रकम राहत उपलब्ध गराएकोमा शर्मालाई धन्यवाद दिर्दै प्राप्त रकम लक्षित समुदाय सम्म पुर्याउने बताए ।

यस्तै राहत वितरणको अध्यक्षता ग्रहण गरेका बेलबारीका मेयर सुबेदीले कानेपोखरीका जनतालाई पनि राहत दिन खोज्दा गाउँपालिका अध्यक्षले नलिने भन्ने कुरा सुहाउदो नभएको र यस्तो निर्णयबाट माथि उठेर राहत लिन आग्रह गरेका थिए ।

डा.शर्माले यसअघि पनि गरिब, बिपन्न र उपचार नपाएका बिरामीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । उनले त्यस्ता हजारौं बिरामीलाई निःशुल्क उपचार गराएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक