शिक्षा / स्वास्थ्य
प्रविधिमैत्री शिक्षक समाज मोरङको सक्रियतामा भर्चुअल कक्षा सञ्चालन
विराटचोकः संकटको यस घडीलाई अवसरमा बदल्दै प्रविधिमैत्री शिक्षक समाज मोरङ्ले स्वतस्फूर्त रूपमा प्रविधि सिक्न इच्छुक शिक्षकहरूलाई सम्पर्क गर्दै प्रविधिमैत्री समाज मोरङले स्वयम्सेवी तालीम कार्यक्रम सञ्चालन गरिरहेको छ ।
हालै स्थापित यो समाजले सामाजिक विकास मन्त्रालयको समन्वयमा केही समय अघि १ सय ओटा विद्यालयको छनोट भएका शिक्षक प्रतिनिधिका लागि तालीमको समन्वय गरेको थियो । हाल सञ्चालन भइरहेको भर्चुअल कक्षा प्रविधिमैत्री समाज मोरङका संयोजक चेतनाथ निरौलाको संयोजनमा भइरहेको समाजले जनाएको छ ।
त्यस्तै, सुकुना बहुमुखी क्याम्पसका शिक्षण सहायक धर्मकुमारी कालाखेतीले सहजीकरण गरेकी छिन् । कालाखेती प्रविधि तालीमको प्रदेश रोष्टर प्रशिक्षक हुन् भने निरौला नेल्टा प्रदेश नं. १ का महासचिव हुन् । निःशुल्क सञ्चालित यो तालिम जुम कनफरेन्स टुल मार्फत् सञ्चालित भएको समाजले जनाएको छ । कार्यक्रममा सबै स्तरका शिक्षकका लागि मिटिङ आइडी र पासवर्ड हाललाई खुला नै राखिएको बताइएको छ ।
प्रविधिका असीमित क्षेत्र भएका कारण प्रशिक्षणका लागि प्रविधिको खास क्षेत्रमा रुचि र दक्षता हासिल भएका विशेषज्ञलाई प्राथमिकता दिने, आवश्यक परेको समयमा आफैँ सहभागी हुने, सिक्ने र सिकाउने, अनुभव आदान प्रदान गर्ने पद्धतिबाट कार्यक्रम सञ्चालन भइरहेको छ । सहभागी शिक्षकको क्षमता स्तर र मागलाई ध्यान दिँदै कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

कार्यक्रममा हालसम्म हरि पौडेल, टीका ढकाल, लोकबहादुर लिम्बू, देवराज सापकोटा, टंक भट्टराई र धर्मकुमारी कालाखेतीले प्रशिक्षण दिएका छन् । धेरै विशेषज्ञका अनुभव लिने र प्रविधिमा भोक जगाउने १ दर्जन अनलाइन कक्षा सञ्चालन भइसकेका छन् । आगामी दिनमा यसलाई निरन्तरता दिने समेत समाजको लक्ष्य रहेको बताइएको छ ।
बिहान ११ बजेदेखि सञ्चालन भइरहेको यो तालीमले शिक्षकको प्रविधि क्षमतामा सहयोग गरेको समाजले जनाएको छ । स्थानीय सरकारी निकायले गर्नुपर्ने कार्यमा प्रविधिमैत्री समाज मोरङले ठूलो सहयोग गरेकाले यस्ता अभ्यासलाई स्थानीय सरकार र पेशागत सङ्गठनहरूले समेत प्रोत्साहित गर्नुपर्ने सुझाव नेल्टाको प्रदेश नं. १ का सभापति एनपी भण्डारीको रहेको छ ।
Facebook Comment
Banner
एकैपटक १५ वटा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक
सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गरेकाे छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।
वैशाखमा बसेका ९ र जेठमा बसेका ६ गरी १५ वटा बैठककाे निर्णय एकैपटक सार्वजनिक भएकाे हाे ।
पछिल्लो निर्णयअनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ । गएको जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ ।
सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरेको छ । समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा. रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ ।
Banner
नोबेलमा आधुनिक छाला उपचार सेवा
नोबेलमा आधुनिक छाला उपचार सेवा
नोबेल अस्पतालमा अत्याधुनिक प्रविधिद्वारा छाला तथा सौन्दर्य उपचार
विराटनगरस्थित नोबेल अस्पतालले छालामा देखिने दुबी, कोठी, गाँठागुँठी, चाउरी, चायाँ–पोतो लगायत कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी समस्याहरूको उपचारका लागि विशेष सेवा सञ्चालन गरिरहेको छ । यहाँ छालामा देखिने सबै प्रकारका रोगहरूको उपचार अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकमार्फत गरिन्छ । टाटु हटाउनेदेखि अनावश्यक स्थानमा आएका रौं हटाउने तथा आवश्यक स्थानमा रौं उमार्नेसम्मका सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका छाला, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डा. मनीष प्रधानका अनुसार छाला उपचारलाई मुख्य रूपमा दुई भागमा विभाजन गरिएको छ । एउटा कन्भेन्सनल र अर्को कस्मेटिक डर्माटोलोजी । नोबेल अस्पतालमा यी दुवै प्रकारका सेवा उपलब्ध छन् । कन्भेन्सनल डर्माटोलोजी रोगको पहिचान तथा उपचारमा केन्द्रित क्षेत्र हो । यसअन्तर्गत एलर्जी, छालामा आउने ¥यास, डण्डिफोर, लुतो, पिलो तथा घाउ, सोरायसिस, एक्जिमा, कपाल झर्ने समस्या, छालाको संक्रमण तथा नङसम्बन्धी रोगहरूको उपचार गरिन्छ ।
त्यसैगरी कस्मेटिक डर्माटोलोजी छालाको सौन्दर्य अभिवृद्धि तथा आकर्षण बढाउने उपचारसँग सम्बन्धित छ । यसअन्तर्गत लेजर, बोटोक्स, फिलर तथा छालाको सौन्दर्य बढाउने विभिन्न उपचार पर्छन् । डा. प्रधानका अनुसार सौन्दर्यप्रति चासो बढ्दै जाँदा यस्ता सेवा लिन आउनेहरूको संख्या पनि उल्लेखनीय रूपमा बढिरहेको छ । यहाँ आउने धेरैजसो व्यक्तिहरू रोगको उपचारभन्दा पनि छालाको सौन्दर्य सुधारका लागि सेवा लिन आउने गर्दछन् । विशेषगरी महिलाहरू अनुहारमा आउने अनावश्यक रौंको समस्या लिएर आउने गरेका छन् । कतिपय अवस्थामा यस्तो समस्या कुनै रोगका कारण पनि हुनसक्छ । यहाँ ती रोगको पहिचान गरेर उपचार गरिन्छ ।
नोबेल अस्पतालमा छाला रोगको उपचार सेवा सुरु भएको करिब दुई दशक भइसकेको छ । उपचारपछि धेरैजना सन्तुष्ट हुने र अरूलाई पनि सिफारिस गरेर ल्याउने गरेको अनुभव डा. प्रधानको छ । धेरैजसो उपचार एकपटक मात्र गरेर पुग्दैन, आवश्यकता अनुसार पटक–पटक गर्नुपर्ने हुन्छ । यहाँ आधुनिक उपकरणमार्फत छालाको क्यान्सर तथा कुष्ठरोगको पहिचानका लागि बायोप्सीसमेत गरिन्छ । साथै अत्याधुनिक प्रविधिमार्फत कार्बन पिलिङ र हाइड्राफेसियलद्वारा छालाको सौन्दर्य अभिवृद्धि गर्ने सेवा पनि उपलब्ध छ । टाटु हटाउन पिको लेजर प्रविधि प्रयोग गरिन्छ । त्यसैगरी कोठी, पोतो तथा मुसाको प्रकृतिअनुसार पिको लेजर, कार्बन डाइअक्साइड लेजर वा आवश्यक परे शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । डण्डिफोरका कारण बिग्रिएको अनुहारको उपचारमा माइक्रो लेजर प्रविधि प्रयोग गरिन्छ । कपालसम्बन्धी विभिन्न समस्याको उपचारका लागि पनि यहाँ विशेष सेवा उपलब्ध छ । सेवाग्राहीहरू कपाल झर्ने वा कपाल नउम्रिने समस्या लिएर उपचारका लागि आउने गर्छन् । लेजर उपचारबाट अनावश्यक रौंको वृद्धि उल्लेखनीय रूपमा घटाउन सकिने डा. प्रधान बताउँछन् । साथै बिरामीकै रगत प्रयोग गरेर कपाल पुनः उमार्ने उपचार पनि गरिन्छ । दुबी (सेतो दाग) को उपचारका लागि औषधि तथा फोटोथेरापी विधि प्रयोग गरिन्छ ।
नोबेल अस्पतालले छाला रोगको उपचारसँगै सौन्दर्य अभिवृद्धि र आत्मविश्वास बढाउन आधुनिक प्रविधिमा आधारित विभिन्न सेवा प्रदान गर्दै आएको डा. प्रधानको भनाइ छ ।
Banner
आज २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल
२०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल पक्षको द्वादशी तिथि। बकर ईद । तदनुसार सन् २०२६ मे २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : सोचेका काम बन्नेछ। बोल्दा विवेक प्रयोग गर्नु उचित हुन्छ। धन लाभ हुनेछ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।
वृष : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्ने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।
मिथुन : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। मिहिनेत गरेर बनाएको योजना सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ।
कर्कट : व्यवहार गर्दा सचेत नबने हरेक काममा समस्या हुनसक्छ। सानो कुराले मन अशान्त बन्नेछ। शिक्षाको क्षेत्रमा अवरोध भए पनि मिहिनेत निरन्तर गरेमा सफलता मिल्नेछ।
सिंह : बोल्दा विवेक प्रयोग नगरे आफ्नै बोलीका कारण व्यापारमा जोखिम छ। धार्मिक क्षेत्रको लगाबले मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। रोजगारीको अवसर स्वदेशमै बन्नेछ।
कन्या : दिन उत्तम छ। सोचेका हरेक काम बन्नेछन्। साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। व्यवहारमा नाफा हुँदा मन शान्त बन्नेछ ।
तुला : शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। नाम र दाम दुवै कमाउने योग छ। सोचेर बोल्नुपर्ने समय आएकाले सचेत बन्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।
वृश्चिक : कुरा काट्नेहरु सक्रिय हुनेछन् । मनकाे कुरा लुकाउनु फाइदा हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। हरेक क्षेत्रमा सफलताका लागि मिहिनेत गर्नुपर्ने छ ।
धनु : व्यापारमा फाइदा हुनेछ । दाजुभाइसँगको सहकार्य फलदायी हुने योग छ। विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ। शिक्षामा गरेको मिहिनेतको फल मिल्ने योग छ ।
मकर: आज नसोचेको ठाउँबाट आम्दानी हुनेछ। स्वास्थयमा लाभ हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। मन शान्त बन्ने योग छ ।
कुम्भ : तपाईंको आफ्नै बोली र व्यवहारका कारण काम बन्नेछ। पारिवार भित्र मेलमिलाप हुनेछ। साथीभाइसँगको भेटले नयाँ योजना तय हुनसक्छ। व्यापारमा नाफा हुनेछ । यात्राको योग छ ।
मीन : बोलीमा ख्याल नगर्दा पश्चाताप हुनेछ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ। साना कुराले मन अशान्त हुनेछ। शिक्षामा गरेकी मिहिनेतको फल मिल्नेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login