विश्व
अन्तरिक्षमा भेटियो यस्तो ब्ल्याक होल, हरेक दिन खाइरहेको छ एउटा सूर्य
खगोल विद्हरुले ब्रम्हाण्डमा सबैभन्दा तीव्र गतिमा फैलिरहेको ब्ल्याक होल पत्ता लगाएका छन् । यो ब्ल्याक होल यति धेरै तीव्र गतिमा फैलिरहेको छ कि यसले प्रत्येक दिन एउटा सूर्यलाई निलिरहेको छ ।
यो ब्ल्याक होल यस अर्थमा निकै भोको छ । यसको आसपासमा जतिपनि ग्रह, आकाशगंगा तथा ताराहरु आउँछन् ती सबैलाई यसले आफूमा समाहित गर्दछ । त्यसैले यो ब्रम्हाण्डको सबैभन्दा धेरै चम्किने वस्तु बनेको छ ।
यो ब्ल्याक होलका बारेमा हालै मात्र नेचर एस्ट्रोनोमी जर्नलमा शोधपत्र छापिएको छ । अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयु) का वैज्ञानिकहरुले पहिलोपल्ट यसलाई देखेका थिए । ती वैज्ञानिकहरुले साइडिंग स्प्रिङ अब्जरभेटरीमा राखिएको टेलिस्कोपबाट सो चमकदार पिण्ड देखेका थिए ।
एएनयुका वैज्ञानिक क्रिस्चियन वोल्फका अनुसार ब्ल्याक होलबाट उर्जा ग्रहण गरी क्वासार नामक उक्त पिण्ड चम्किन्छ । वैज्ञानिकहरुले अन्तरिक्षमा सबैभन्दा धेरै चम्किलो वस्तुहरुको खोजी गरिरहेका थिए । त्यसका लागि उनीहरुले २.३ मिटरको टेलिस्कोपको सहयोग लिए । त्यसपछि ती वस्तुहरुमा ब्ल्याक होल कति छन् भन्ने हेरे । तत् पश्चात् उनीहरुले युरोपियन साउदर्न अब्जरभेटरीमा गए ।
त्यहाँ जानुको उद्देश्य आफ्नो खोजको पुष्टि गर्नु थियो । सो क्वासारबाट निस्किने प्रकाश पृथ्वीमा १२० करोड वर्षमा आइपुग्छ । तर क्रिस्चियनका अनुसार यी ब्ल्याक होल वास्तवमा तीव्र गतिमा फैलिरहेका छन् । यो हाल पृथ्वीबाट २ सय करोड प्रकाश वर्ष टाढा छ । यसको वजन हाम्रो सूर्यभन्दा १७० करोड गुणा धेरै छ ।
कहिलेकाही ब्ल्याक होल यतिधेरै ठूला हुन्छन् कि त्यसमा २ सय देखि ३ सय करोडसम्म सूर्य विलिन हुन सक्दछन् । ब्रम्हाण्डमा कैयन् ब्ल्याक होल छन् तर तिनको भोक कम छ । उनीहरुले कम पदार्थलाई मात्र निल्दछन् वा बाहिर निकाल्छन् । कम गर्मी तथा प्रकाश निकाल्दछन् । कम चमकदार हुन्छन् । तर पछिल्लोपटक फेला परेको ब्ल्याक होल भने विशालकाय, चमकदार, तातो तथा प्रकाशले भरिपूर्ण छ ।
क्रिस्चियन वोल्फ र उनको टिमले सन् २०२२ मा पनि यस्तै एउटा ब्ल्याक होलको खोजी गरेका थिए । तर पछिल्लो पटक फेला परेको ब्ल्याक होल उनीहरुले दुई वर्षअघि फेला पारेको भन्दा कैयन् गुणा ठूलो, भयानक तथा भोको छ ।
हाम्रो आकाशगंगा अर्थात् मिल्की वे मा धुलोको बादल छ । यसले ब्रम्हाण्डको प्रकाशलाई सोस्दछ । कम्तिमा पनि ब्रम्हाण्डको २० प्रतिशत प्रकाशलाई यसले सोसेको हुन्छ ।
यतिधेरै प्रकाश ब्रम्हाण्डमा नष्ट भएपछि पनि निकै धेरै चमकदार वस्तुहरू बँच्दछन् । यो विशालकाय ब्ल्याक होलभित्र चुम्बकीय आँधी चलिरहेको हुन्छ । उक्त आँधी ७ प्रकाश वर्ष चौडा हुन्छ । यसको तापक्रम करिब १० हजार डिग्री सेल्सियस हुन्छ । शोधकर्ता क्रिस्चियनका अनुसार अहिले हाम्रो ब्रम्हाण्ड किशोरावस्थामा छ । त्यसैले यसको संरचनामा निरन्तर विभिन्न परिवर्तनहरु भइनै रहनेछन् ।
Facebook Comment
Banner
इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन
इटहरी– इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’को उद्घाटन गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा गरिएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ।
सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन र कार्यक्रमको डिजिटल ब्यानर क्लिक गरी उनले मेलाको समुद्घाटन गरेका थिए।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो।उद्घाटन समारोहमा उद्योग मन्त्री दिपककुमार साह, मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि तथा कोशी प्रदेश सरकारका सांसदहरूको सहभागिता थियो।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।
आज दिउँसो १२:०० देखि ५:०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।
भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।


Banner
एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो
जापानमा जारी बीऔँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण सुरु हुन सकेन । लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । योसँगै सेमिफाइनल पुग्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ ।
प्रतियोगिताको नियमअनुसार खेल सञ्चालन हुन नसकेको अवस्थामा ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता मान्दै अघिल्लो चरणमा प्रवेश गराउने प्रावधान छ । सोही प्रावधानअनुसार श्रीलंका सेमिफाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । हालको ट्वान्टी–२० विश्व वरियतामा श्रीलंका नवौँ तथा नेपाल १४औँ स्थानमा छन् ।
नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण शनिबार नेपाल र जापानबीचको समूह चरणको खेलसमेत प्रभावित भएको थियो ।
समूह चरणको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा जापानसँग अंक बाँड्नु परेपछि नेपाल समूहबाट अघि बढेको थियो ।
Banner
जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा
एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।
सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login