Banner
अफताब आलमले पाए उच्च अदालतबाट सफाइ
बम विस्फोट गरी व्यक्ति हत्याको आरोप लागेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले सफाइ पाएका छन् । उच्च अदालतको वीरगञ्ज इजलासले आलमलाई सफाइ दिएको हो । जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । तर उच्चले उक्त फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो ।
न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले उनलाई बुधबार सफाइ दिएको हो । आलममाथि २०७६ साल असोजमा बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोप लागेको थियो । संविधानसभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटाभट्टामा त्रिलोकप्रताप सिंह, ओशी अख्तरसहित घाइतेलाई जिउँदै जलाएर हत्या गरेको आरोप आलममाथि थियो । घटनाको १२ वर्षपछि उनी पक्राउ परेका थिए ।
आलमलाई दोषी सावित गर्ने पर्याप्त प्रमाण नभेटिएको भन्दै उच्च अदालतले सफाइ दिएको हो ।
के हो घटना ?
२०६४ सालको पहिलो संविधानसभा चुनावमा राजनीतिक गर्मी बढेको थियो । कारण– नेपालको राजनीतिक इतिहासमै पहिलोपटक हुँदै थियो, संविधानसभा निर्वाचन । माओवादीको १० वर्ष लामो हिंसात्मक विद्राेह शान्तिपूर्ण राजनीतिमा अवतरण भएको थियो । २ सय ४० निर्वाचन क्षेत्रमै चुनावी माहौल तातेको थियो । रौतहट– २ मा राजनीतिक राप अझ बढी थियो ।
यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए, मोहम्मद अफताब आलमले । निर्वाचन मिति २८ चैत २०६४ तोकिएको थियो । सबै राजनीतिक दल घरदैलो कार्यक्रममा व्यस्त थिए ।
आलम समूहका कार्यकर्ता भने उनकै निर्देशनअनुसार बुथ कब्जा गर्ने रणनीतिमा जुटेकाे आराेप थियो । साेही उद्देश्यले २७ चैतमा रौतहटको राजपुर फरहदवाको आलमका कार्यकर्ताहरू एक घरको गोठमा बम बनाउँदै थिए । त्याे मुलतः विपक्षीलाई तर्साउने र बुथ कब्जा गर्ने तयारी थियाे । तर, त्यहाँ दुःखद घटना भयाे । बम बनाउने क्रममा विस्फोट भयाे । दुई जनाको घटनास्थलमै मृत्यु भयो भने विस्फोटमा २२ जना घाइते भए ।
घटना लुकाउन अफताव आलमलाई हम्मे पर्याे । अपराध लुकाउन उनले बम बनाउँदा घाइते भएका २२ जनालाई जिउँदै इँटाभट्टाको आगोमा हालेर मारेको आरोप छ । उक्त घटना चुनावको बेला भएका घटनामध्येकै सबैभन्दा बीभत्स मानिन्छ ।
उक्त घटनाबारे त्यो बेला प्रहरीले अनुसन्धान नै गर्न सकेन । केन्द्रमा कांग्रेस नेतृत्वकाे सरकार थियाे । त्यसैले प्रहरी प्रशासनले दबाबमा परेर अनदेखा गरिदियाे । त्याे बीभत्स घटना भएकाे भाेलिपल्ट २८ चैतमा संविधानसभा चुनाव भयो । आलमसँग प्रतिस्पर्धामा माओवादीबाट अशोक जैसवाल र एमालेबाट शैलेन्द्र शाह थिए । उक्त चुनावमा जितेर आलम संविधानसभा सदस्य बनेर संसद भवन छिरे ।
घटनामा मारिएका अधिकांश व्यक्ति सीमावर्ती भारतीय गाउँका थिए । त्यसैले घटना ओझेलमा पार्ने काेसिस भयाे । तर, उक्त घटनाबारे पीडितका परिवार भने निरन्तर न्यायका लागि लडिरहे । मृतक ओसी अख्तर र त्रिलोकप्रताप सिंहका परिवारले विभिन्न निकायमा आलमविरुद्ध उजुरी दिए ।
प्रहरीले सुरुमा उजुरी नै लिन मानेको थिएन । पछि हुलाकमार्फत पठाएको उजुरी रौतहट प्रहरीले दर्ता गरेको थियो । उजुरी परेको लामो समयसम्म पनि पीडित परिवारले सत्य-तथ्य अनुसन्धानको माग गरिरहे ।
१२ वर्षपछि पक्राउ
आलमलाई पहिलाे संविधानसभा चुनाव भएको १२ वर्षपछि २६ असोज २०७६ मा रौतहट प्रहरीले पक्राउ गर्याे । उनी पक्राउ पर्दासमेत सांसद थिए । २०७० सालको दोस्रो संविधानसभा चुनावमा तत्कालीन जनअधिकार फोरमका मस्ताक आलमसँग पराजित आलम २०७४ को चुनावमा विजयी भएका थिए ।
योबीचमा आलममाथि उजुरी दिने परिवारले कैयौँ मानसिक र भौतिक आक्रमण सहनुपर्यो । आलम मन्त्री र दुईपटक सांसद बने । २६ असोज २०७६ यता भने आलम पुर्पक्षका लागि थुनामा थिए । आलमलाई जिल्ला अदालत रौतहटले २९ कात्तिक २०७६ मा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो । रौतहट कारागारमा सुरक्षा चुनौतीका कारण उनलाई नख्खु कारागार स्थानान्तरण गरिएको छ । अहिले भने उनले सफाइ पाएका छन् ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login