Connect with us
Advertisement

अर्बपति चौधरी र पूर्व गभर्नर पनि चुनाव लड्दै, यी हुन् वित्तीय क्षेत्रको विकासमा योगदान दिनेहरु जो चुनाव लड्दैछन्

Published

on

विराटचोकः मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेद्वार सिफारिश गर्न थालेका छन् । दशैंलगत्तै सबै पार्टीले उम्मेद्वार सिफारिश गरिसक्ने भएका छन् । केही पाटीले उम्मेद्वार सिफारिश गरिसके पनि त्यसलाई सार्वजनिक भने गरेका छैनन् ।

यसैबीच प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि लामो समयदेखि नेपालको आर्थिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरु पनि सिफारिश भएका छन् । तीमध्ये केही नामहरु यसप्रकार रहेका छन्ः

पूर्व गर्भनर डा. चिरञ्जीवी नेपाल (नेपाली कांग्रेस)
वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल पाल्पाको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । उनी नेपाली कांग्रेसबाट चुनाव लड्न लागेका हुन् ।

राष्ट्र बैंकको गभर्नर हुँदा उनले वित्तीय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पाल्पाको कृषि क्षेत्रको उद्यमशीलताको विकासका लागि पनि उनको महत्वपूर्ण योगदान रहेको बताइन्छ । केही समय पाल्पाको तानसेनमा प्राध्यापन पेशामा समेत उनी संलग्न थिए ।

वि.सं. २०१९ सालमा पाल्पामा जन्मिएका उनले औपचारिक शिक्षा काठमाडौंमा लिएका थिए । सन् १९९४ मा बनारस हिन्दू विश्वविद्यालयबाट श्रम र अर्थतन्त्रको सम्बन्धमा विद्यावारिधी गरेका उनी २८ वर्ष प्राध्यापनमा संलग्न रहेका थिए । काठमाडौं विश्वविद्यालयको भिजिटिङ प्रोफेसर भएर ६ वर्ष बिताएका उनी नेपाली कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार रहेका थिए । पछि उनी नेपाल राष्ट्र बैंकको १६ औँ गभर्नर नियुक्त भएका थिए ।

गभर्नर भएपछि उनले बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धिका लागि ‘बिग मर्जर’को आरम्भ गरेका थिए । सोही नीतिअनुरुप अहिले पनि बैंक तथा वित्तीय संस्थाहरुमा मर्जको अभियान चलिरहेको छ ।

अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, अर्थ शास्त्रीहरूको सङ्गठन नेपाल आर्थिक संघका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार, आइटी पार्कको पहिलो प्रमुख, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक, नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष र विश्व बैंकको स्कुल सपोर्ट कार्यक्रमको संयोजकका रुपमा पनि उनले काम गरेका छन् ।

मिलेनियम च्यालेन्ज कोअपरेसनका प्रमुख अर्थशास्त्रीको रुपमा रहेका उनी २०३६ सालमा पाल्पा जिल्लामा नेविसंघको संस्थापक अध्यक्षका रुपमा रहेका थिए ।

नेपालका एकमात्र अर्बपति विनोद चौधरी (नेपाली कांग्रेस)
नवलपरासीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा अर्बपति विनोद चौधरीको नाम सिफारिश भएको छ । नेपालका एक मात्र अर्बपति चौधरी विश्वकै १९२९ औं धनी व्यक्ति हुन् । प्रख्यात पत्रिका फोब्र्सले सार्वजनिक गरेको वल्र्ड ¥याङ्किङ अनुसार चौधरीको सम्पत्ति १.५ अर्ब अमेरिकी डलर रहेको छ । १ अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुने नेपालको एक्लो व्यक्ति चौधरी हुन् । अर्थात् उनी नेपालकै सबैभन्दा धनी व्यक्ति हुन् ।

वि.सं. २०१२ वैशाखमा काठमाडौंमा जन्मिएका उनका हजुरबुबा भुरामल दास चौधरी र उनका बुबा लुनकरणदास चौधरी पनि उद्योगी र व्यवसायी थिए । नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवीका रुपमा परिचित उनी चौधरी ग्रुपको अध्यक्ष तथा कार्यकारी प्रमुख हुन् ।

वि. सं. २०६४ सालमा उनी नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै पहिलो संविधानसभाको समानुपातिक सभासद भएका थिए । अघिल्लो स्थानीय तहको निर्वाचन अघि २०७४ मा उनी एमाले छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेपछि वि.सं. २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले उनलाई समानुपातिक उम्मेद्वार सिफारिश गरेको थियो । यसपटक भने उनी प्रत्यक्षतर्फबाट चुनाव लड्ने भएका छन् ।

नेपालको आर्थिक विकासमा उनको महत्वपूर्ण योगदान रहेको छ । बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपका उत्पादनमध्येको एक वाइवाइ चाउचाउ विश्वप्रख्यात छ ।

नयाँनयाँ व्यवसायमा हात हाल्ने चौधरी कतिमा सफल भए भने कतिमा असफल भए । केही समय अघि उनले नेपालमै सिजी ब्राण्डको मोबाइल टेलिभिजनलगायतका इलेक्ट्रिक सामान बनाए । भान्सामा प्रयोग हुने सिजी ब्राण्डका धेरै सामग्री अहिले पनि उनले उत्पादन गरिरहेका छन् । चलचित्र वासुदेव बनाएर उनले नेपाली चलचित्र क्षेत्रमा पनि लगानी गरेका थिए ।

देशले आर्थिक उदारीकरणको नीति लिएपछि उनले बैंक, होटल, फाइनान्स कम्पनी, हाउजिङ, जलविद्युत, स्वास्थ्य, उत्पादनलगायत उद्योगमा लगानी गरेका थिए ।

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन (नेपाली कांग्रेस)
प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नं २ बाट प्रतिनिधि सभाको लागि उम्मेद्वार सिफारिश गरेको छ । २०७४ सालको निर्वाचनमा पनि उनी समानुपातिक कोटामा जनजातितर्फको सूचीमा समावेश थिए । २०७७ सालमा नेपाली कांग्रेसको संगठन विभागको उपसंयोजकको जिम्मेवारी पाएका उनी व्यवसायिक समूह प्रभु ग्रुपका अध्यक्ष हुन् ।

प्रभु ग्रुपले प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु मनि ट्रान्सफर, प्रभु हेलिकप्टरलगायतका व्यवसायमा हात हालेको छ । प्रभु कोअपरेटिभ नामक सहकारी पनि सो समूहले सञ्चालन गरेको छ । पछिल्लो समय प्रभु पे नामक डिजिटल वालेट पनि सो समूहले सञ्चालन गरेको छ ।

लघुवित्त सञ्चालक भगवती चौधरी (नेकपा एमाले)

वित्तीय क्षेत्रमा ख्यातिप्राप्त अर्काे नाम हो भगवती चौधरी । नेकपा एमालेले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा चौधरीको एकल नाम सिफारिश गरेको छ । उनी यसअघि २ पटकसम्म सोही क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् । ओली निकट मानिने चौधरी २०६४ सालको संविधान सभा निर्वाचनमा भने विजयी भएकी थिइन् । त्यसबेला उनी वन तथा भू–संरक्षण राज्यमन्त्री भएकी थिइन् ।

वि.सं. २०२८ वैशाख २ गते जन्मिएकी उनले महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत हुँदा ०४६ सालको जनआन्दोलनमा भाग लिएकी थिइन् भने ०४८ सालमा पार्टीको सदस्यता लिएकी थिइन् ।

चौधरी ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) सुनसरीकी अध्यक्ष हुन् । सोही संस्थामार्फत् सञ्चालित फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाकी अध्यक्ष उनी फरवार्ड बचत तथा ऋण सहकारी संस्थाकी संस्थापक अध्यक्ष र फरवार्ड इन्टरप्राइजेजकी प्रबन्ध निर्देशक हुन् ।

संविधानसभा सदस्य पदक, २०६५ पाएकी उनले लघुवित्त क्षेत्रबाट हजारौं महिलालाई उद्यमशील बनाएकी छिन् । फरवार्ड माइक्रोफाइनान्समार्फत् ग्रामीण अर्थतन्त्रलाई परिचालन गर्न उनी सफल भएकी छिन् ।

जोगी सर अर्थात् योगेन्द्र मण्डल (नेकपा एमाले)

जीवन विकास समाज लघुवित्तका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल पनि राजनीतिमा आएका छन् । २५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका मण्डल नेकपा एमालेसँग जोडिएर मंसिर ४ गते हुने निर्वाचनमा मोरङको क्षेत्र नम्बर ५ बाट उम्मेद्वार बन्ने भएका छन् ।

मण्डलले २०५४ सालमा जीवन विकास समाज शुरु गरेका थिए । संस्था शुरु गर्नुअघि उनले दुई वर्ष गाउँमा निःशुल्क ट्युसन पढाएका थिए । ग्रामीण नागरिकको जीवनस्तर उकास्नका लागि सहयोग गरौं भन्ने उद्देश्यले शुरु भएको जीवन विकास समाजले लघुवित्तसँगै स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गरिरहेको छ ।

२ वर्षभित्र तीन सय बेडको सर्वसुलभ अस्पताल सञ्चालनको तयारी गरेको समाजले हाल भने जीवन विकास समाजको कार्यालयमा चार वर्षयता विराटनगरको कोशी अस्पतालको भन्दा सुलभ शुल्कमा पोलिक्लिनिक सञ्चालन गरिरहेको छ ।

गुणस्तरीय शिक्षाका लागि राम्रो काम गरेबापत जीवन विकास समाज द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्ट ले ‘क्वालिटी एजुकेशन फर अल’ पुरस्कारबाट सम्मानित भएको छ । पुरस्कारको राशी ३ लाख अमेरिकी डलर रहेको थियो ।

जीवन विकास समाजले करीब दुई लाख विपन्न परिवारलाई लघुवित्तका साथै शिक्षा, स्वास्थ्य, कृषि, आवास, ऊर्जालगायतका सामाजिक सेवा प्रदान गरिरहेको छ ।

चार्टर्ड एकाउन्टेन्ट निल सारु मगर (नेकपा एमाले)

नेकपा एमाले पाल्पाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु मगरलाई पाल्पा जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको लागि सिफारिश गरेको छ ।

विद्यार्थी कालदेखि अनेरास्ववियुको विभिन्न तहमा रही राजनीतिमा सक्रिय उनी हाल नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य र नेकपा एमाले, पाल्पा काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्ष छन् । नेपाल धितोपत्र बोर्डको विज्ञ सञ्चालकको रुपमा ३ वर्ष काम गरेको अनुभव भएका उनी आर्थिक नीतिमा पिएचडी गरिरहेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक