Banner
आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल
आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२६ मे १९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : दिन राम्रो छ । लगानीका क्षेत्रमा हिम्मत गरे फाइदा हुनेछ । काममा साथीभाइको साथ र सहयोग मिल्नेछ । विपक्षीले विरोध गरे पनि काम बन्ने छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
वृष : आज शुभ दिन छ । बोलीको प्रभावले काम बन्नेछ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ ।
मिथुन : दिन राम्रो छ । सहकार्यमा अगाडि बढ्दा लगानी बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ । दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : दिन सामान्य छ । जोगिएर काम गर्नु उचित हुन्छ । लगानी डुब्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । परिवारमा मनमुटाव हुनेछ । थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।
सिंह : दिन राम्रो छ । मिहिनेतको फल मिल्ने योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ । सहकर्मीको साथमा गरेको काम सफल बन्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारलाई समय दिन नसक्दा विवाद बढ्नेछ ।
कन्या : सोचेको काम बन्नेछ । घर व्यवहारमा कामको बोझ बढ्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । विपक्षीको सामना गर्न तयार हुनुपर्ने दिन छ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ ।
तुला : दिन धेरै राम्रो छ । सम्पत्ति र शिक्षालाई समय दिनु उचित हुन्छ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मिहिनेतको फल मिल्नेछ ।
वृश्चिक : दिन सामान्य छ । रोगले सताउने जोखिम छ । संकटमा परिवारको साथ मिल्नेछ । व्यवहार गर्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
धनु : दिन राम्रो छ । सोचेको काम बन्नेछ । धन खर्च भए पनि इज्जत बढ्नेछ । परिवारभित्रबाट भन्दा बाहिरबाट सहयोग प्राप्त हुनेछ । शिक्षामा उन्नति हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।
मकर : दिन सामान्य छ । स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ । शिक्षाका क्षेत्रको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
कुम्भ : सोचेको काम बन्नेछ । आम्दानी बढ्नेछ । बोलीमा समस्या हुने भएकाले सहकर्मीसँग नम्र भएर बोल्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।
मीन : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । साथीभाइले विवाद झिक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । शिक्षामा आलस्यता बढ्ने जोखिम छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login