Connect with us
Advertisement

इन्द्रपुर खानेपानीकाे शपथ ग्रहण तथा प्रमाणपत्र वितरण सम्पन्न

Published

on

माेरङकाे सुन्दरहरैँचा स्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे नव निर्वाचित पदाधिकारीले प्रमाणपत्र प्राप्त गर्नुका साथै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन ।
इन्द्रपुर खानेपानीकाे प्राङगणमा बुधबार निर्बाचित पदाधिकारीहरूले प्रमाणपत्र प्राप्त गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।कार्यक्रममा प्रमुख निर्वाचन आयुत्त केशवप्रसाद अधिकारीले बिजयी पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । यसैगरी बिजयी पदाधिकारीहरूलाई इन्द्रपुर खानेपानीका निर्वतमान अध्यक्ष तथा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाइले प्रमाणपत्र प्रदान गरेका थिए ।
जेठ २० गते सम्पन्न इन्द्रपुर खानेपानीकाे निर्बाचनबाट सञ्चालन समिति अध्यक्षमा नवराज चापागाईं,महिला उपाध्यक्ष बिन्दा दाहाल थापा,उपाध्यक्ष जयप्रसाद सिटौला,सचिब अर्जुन गजुरेल,कोषाध्यक्ष ताराराज ढकाल, सदस्यहरू बिपना श्रेष्ठ , बिमला राई , मनमाया तामाङ, भविन पाण्डे, ध्रुब भण्डारी र कैलाश निरौला एवं लेखा समिति संयोजक हेमराज सुवेदी ,सदस्य उमादेबी सेढाई साथै केशव कार्की निर्बाचित भएका थिए ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुत्त केशव अधिकारी , निर्वाचन आयुत्त रामप्रसाद गजुरेल ,अर्जुत वस्नेत ,विनाेदकुमार न्याैपाने तथा सुरेन्द्रराज काफ्लेलाई खानेपानीकाे साधरण सभा तथा निर्वाचन गराउँन महत्त्वपूर्ण भूमिका निर्वाह गरे वापतमा प्रशंसापत्रका साथका सम्मानित गरिएको थियाे । कार्यक्रममा नयाँ निर्वाचित कार्यसमितिलाई माइनट तथा खातापाता हस्तान्तरण गरिएको थियाे ।
इन्द्रपुर खानेपानीकाे सथप ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै खानेपानीका निर्वतमान अध्यक्ष तथा नगर प्रमुख गुरागाइले संस्थाकाे नेतृत्व गरि रहदा राम्रो तथा नराम्रो दुवै काम भएको उल्लेख गर्दै नयाँ टिमले केही राम्रो काम गरेर अगाडि बढ्दै खानेपानी संस्थालाई मजवुत बनाउँन जरूरी रहेको बताए । उनले खानेपानीकाे लियर घटेकाेले यसलाई सुधार गर्न आवश्यक भएको हुँदा वर्तमान नेतृत्वले राम्रो काम गर्न सकाेस भन्दै सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा नव निर्वाचित लेखा समिति संयाेजक हेमराज सुवेदीले पारदर्शिता तथा जवाफदेहिताकाे पालना गरेर खानेपानीलाई व्यवस्थित गरिने बताए । उनले विधि र कानुन बमोजिम जानेछाै भन्दै जनताकाे स्वच्छ खानेपानी पिउन पाउँने अधिकारलाई जाेगाउँने उल्लेख गरे ।
सथप ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा सुन्दरहरैँचा नपाका प्रमुख प्रशासकिय अधिकृत अम्बिकाप्रसाद चाैलागाइ तथा खानेपानीका निर्वतमान सञ्चालन समिति सदस्य टीकाप्रसाद कट्टेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
५ हजार ९ सय ६६ मतदाता रहेको खानेपानी संस्थामा खसेकाे मत ३५ सय ३६ रहेको थियाे । १४ बर्ष पछि भएको इन्द्रपुर खानेपानीकाे पहिलो चुनावी साधारण सभाबाट १४ जानाकाे नयाँ कार्य समिति बनेकाे हाे । हाल सम्म नगरकाे ९ , १० ,११ र १२ वडाकाे लागि इन्द्रपुर खानेपानीले सुविधा दिएको छ । करिव ७ हजार घरधुरीकाे लागि वितरण हुने इन्द्रपुर खानेपानी टंकीकाे क्षमता ४ लाख ५० हजार लिटर रहेको छ ।
मणिराम दाहाल 
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक