Banner
उत्तरी मोरङमा विकासको ढोका खोल्ने खड्ग बस्नेत को हुन्
लेटाङ : नेकपा एमाले प्रदेश नम्बर १ कमिटीका सचिवालय सदस्य तथा मोरङ क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र ख का उम्मेदवार खड्गबहादुर बस्नेत २०१२ सालमा जन्मनुभएको हो । धनकुटाको राजारानीमा बुवा कृष्णबहादुर बस्नेत र आमा स्वर्गीय पदममाया बस्नेतका जेष्ठ सन्तानको रुपमा जन्मनुभएका बस्नेतको बाल्यकाल धनकुटामा नै बित्यो । प्रारम्भिक शिक्षा बुवा–आमा र घरबाट नै प्रारम्भ गर्नुभएका बस्नेतले कक्षा–५ सम्मको प्राथमिक शिक्षा पुण्य प्रा।वि। राजारानी धनकुटाबाट लिनुभयो । श्री भानु जनप्रिय मावि डाँडाबजार धनकुटाबाट कक्षा ८ सम्मको अध्ययन पूरा गर्नुभएका उहाँले कक्षा १० सम्मको अध्ययन भने श्री शिक्षा निकेतन मावि धरानबाट पूरा गर्नुभयो । महेन्द्र क्याम्पस धरानबाट आइ।ए। पूरा गर्नुभएका बस्नेतले वीएड भने धनकुटा बहुमखी क्याम्पसबाट गर्नुभयो । एमएड अध्ययनका लागि भने उहाँ सुकुना बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । निडर र हक्कि स्वभावका बस्नेत बाल्य अवस्थादेखि नै क्रान्तिकारी हुनुहुन्थ्यो ।
परिवारभित्रकै विभेदको पनि कडा प्रतिवाद गर्ने बस्नेतलाई घरको कुलपूजामा महिलालाई प्रवेश गर्न नदिने र महिलाले प्रसाद समेत खान नहुने नियमले विद्रोह गर्न उत्प्रेरित गरेको थियो । कुल देउता सबैका लागि उत्तिकै हुन्छन् भन्दै उहाँले आमालाई पनि पूजामा सरिक हुनका लागि विद्रोह गर्नुपरेको सम्झनुहुन्छ । २०४० सालमा बबिता निरौलासँग वैवाहिक बन्धनमा बाँधिनुभएका बस्नेत २ छोरा र एक छोरीको पिता हुनुहुन्छ । गाउँघरमा ठूले भनेर परिचित बस्नेत छरछिमेकीका प्रिय पात्र हुनुहुन्थ्यो । जो सुकैलाई जस्तोसुकै सहयोग गर्न पछि नपर्ने उहाँ थिचोमिचो भने सहन हुँदैन भन्ने स्वभावको हुनुहुन्थ्यो । भौगोलिक अवस्था र शैक्षिक वातावरणका कारण उहाँले पढ्नका लागि पनि निकै दुःख गर्नुप¥यो । डाँडाबजारको स्कुलसम्म पढ्न डेढ घण्टाको उकालो ओरालो गर्नुपर्ने उहाँका लागि मावि पढ्न भने धरान नै झर्नुपर्ने बाध्यता थियो । जब मावि अध्ययनका लागि धरान झर्नुभयो पढाईका साथसाथै उहाँको रस क्रमशः राजनीतितर्फ पनि भिज्दै गयो । चित्र निरौलाहरुको संगत, जेबी टुहुरे, मन्जुल नेपालहरुका क्रान्तिकारी गितले उत्प्रेरित हुनुभएका बस्नेत २०३० सालमा एसएलसी दिए लगत्तै साँस्कृतिक अभियानमा होमिनु भयो ।
अनेरास्ववियु, युनियन कमिटीमा आवद्ध भइ धनकुटा चौबिसे क्षेत्र र उत्तरी मोरङमा साँस्कृति अभियान सञ्चालन गर्दै हिड्नुभएका बस्नेत २०३२ सालदेखि मोरङको केराबारी गाउँ पार्टी सकृय दल संस्थापक संगठक हुँदै केहि समयपछि पार्टी प्रमुख नै हुनुभयो । २०३२ सालमा नै सामन्तिका विरुद्ध जनवादी सांस्कृतिक आन्दोलनमा सहभागि हुँदा धनकुटाको राजारानी र ओख्रेबाट पक्राउ पर्नुभयो । राजनीति सँगसँगै २०३५ सालमा आईए उत्तिर्ण गरेसँगै उहाँले सावित्री माविमा शिक्षण पेशा समेत आरम्भ गर्नुभयो । १० वर्षे लामो शिक्षण पेशामा रहँदा उहाँले शिक्षक आन्दोलनको नेतृत्व र विद्यार्थी आन्दोलनको कमाण्ड समेत सम्हाल्दै आउनुभयो । २०३८ सालको विद्यार्थी आन्दोलनको कमाण्ड गर्दा अग्र मोर्चामा रहनुभएका उहाँ प्रहरीको कुटाईबाट घाइते हुनुभयो ।
पार्टीमा २०४० सालदेखि उत्तरी क्षेत्र इलाका कमिटी सदस्यको जिम्मेवारी सम्हाल्नुभएका बस्नेत २०४२ सालको शिक्षक आन्दोलनमा अग्रमोर्चामा रहेर नेतृत्व गर्नुभयो । २०४३ सालमा मालेको भूमिगत जिल्ला अधिवेशनको प्रतिनिधि हुनुहुन्थ्यो भने अधिवेशन व्यवस्थापन समेतको जिम्मेवारी पूरा गर्नुभयो । २०४६ सालको आन्दोलनमा पनि अग्रमोर्चामा रहनुभएका उहाँ पार्टी सचिव हुँदै २०४८ सालदेखि पार्टी जिल्ला कमिटी मोरङको सदस्य हँुदै सचिवालय सदस्यको जिम्मेवारीमा रहनुभयो । ३ कार्यकाल मोरङको सहसचिवको जिम्मेवारी पूरा गर्नुभएका बस्नेतले १ वर्ष स्वास्थ्य क्षेत्रमा समेत सेवा गर्नुभयो । २०४९ देखि–२०५४ सम्म केराबारी गाविसको उपाध्यक्ष बन्नुभएका बस्नेत २०५४ देखि २०५९ सम्म मोरङको जिविस सभापति बन्नुभयो । उहाँ २०५७–२०५९ सम्म पूर्वाञ्चल विश्वविद्यालयको सिनेट सदस्य समेत बन्नुभयो । २०६२÷०६३ को जनआन्दोलनका क्रममा पटक पटक पक्राउ पर्नुभएका बस्नेतले २० दिन कारागार र १२ दिन प्रहरी हिरासतमा बिताउनुप¥यो ।
पार्टीमा स्थानीय निकाय केन्द्रीय विभाग सदस्य हुँदै हाल १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य तथा मोरङ १ नम्बर संघीय निर्वाचन क्षेत्रको इन्चार्जको भूमिकामा रहनुभएको छ । मोरङ पत्रकार महासंघ लगायतका १ दर्ज संघ–संस्थाबाट अभिनन्दित हुनुभएका बस्नेतले नेपाल सरकारबाट २०५८ सालमा पदक प्राप्त गर्नुभएको थियो । तीन दशक भन्दा बढीदेखि मोरङको केराबारीको स्थायी बसोबास गर्दै आउनुभएका बस्नेत यस पटकको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ को ख बाट उम्मेदवार बन्नुभएको हो ।
२०५४ सालदेखि २०५९ सालसम्म नेकपा एमालेबाट जिल्ला विकास समिति मोरङको सभापतिमा निर्वाचित हुनु भएका बस्नेतलाई मोरङको उत्तरी क्षेत्र र भारतिय सिमा क्षेत्रमा विकासको सुरुवाती जग बनाउने व्यक्तित्वको रुपमा चिनिन्छ । मोरङ जिल्लामा विराटनगर र राजमार्ग क्षेत्रमा केहि विकासका काम भएपनि उत्तरी मोरङ र दक्षिणि भारतीय सिमा क्षेत्र विकासमा धेरै पछि परेको अवस्थामा उहाँ जिल्ला सभापति हुँदै ति क्षेत्रलाई प्राथमिकतामा राख्दै विकासको काम सुरुवात गर्नु भएको थियो । उहाँले खासगरि भारतीय सिमा क्षेत्रमा सडक निर्माण र उत्तरी मोरङमा सडक र कल्वट निर्माण, सिंचाई, विद्यालय भवन निर्माण, झोलुंगे पुल निर्माण, एलजीपी कार्यक्रम मार्फत संगठन, बचत र शीपको कार्यक्रम सञ्चालन, व्यवसायीक तरकारी खेतिको सूरुवात गराउने लगायतका काम गर्दै विकासको जग बसाउनु भएको थियो । उहाँले जिविस सभापति हुँदा जिविस मार्फत र त्यसपश्चात समेत आरआरएन, प्लान नेपाल, युएनडिपि, हडन जस्ता संस्थामार्फत ठूलो लगानी उत्तरी मोरङमा भित्र्याउनु भएको थियो ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login