Connect with us
Advertisement

उपनिर्वाचनबाट सक्रिय राजनीतिमा ‘कमब्याक’को दाउमा खाँण

Published

on

भुटानी शरणार्थी प्रकरणमा आरोपित हुनु अघिसम्म कांग्रेस नेता बालकृष्ण खाँण पार्टीमा प्रभावशाली मानिन्थे । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थायी बसोबास रहेका नेता खाँणलाई नेपाली कांग्रेसको ‘भावी सभापति’को रूपमा चर्चा हुने गर्थ्यो ।

कुनै बेला कांग्रेसका प्रभावशाली नेता अहिले ‘गुमनाम’ जस्तै छन् । राजनीतिक करिअरमा धक्का लागेको छ । संसदीय राजनीतिमा पनि पहिलाजस्तो प्रभाव पनि छैन । तर, तिनै खाँण रूपन्देही निर्वाचन क्षेत्र नं.–३ को कात्तिक १७ मा हुने उपनिर्वाचनबाट राजनीतिमा ‘कमब्याक’को प्रयासमा छन् ।

जिल्लाका राजनीतिक कार्यक्रममा प्रमुख र विशिष्ट अतिथिका रूपमा सहभागी हुन थालेसँगै उनको ‘कमब्याक’को सम्भावना बढेको छ । भुटानी शरणार्थी प्रकरणमा सात महिना कारागार बसेर उनी २०८० मंसिर २८ मा पाटन उच्च अदालतबाट ३० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । उनी २०८० वैशाख २७ गते पक्राउ परेका थिए । गृहमन्त्री रहेका बेला खाँणले गृहसचिव टेकनारायण पाण्डेसँग रकम लेनदेनको कुराकानी गरेको प्रमाण फेला परेको अभियोगमा उनलाई पक्राउ गरेर थुनामा राखिएको थियो । खाँण गृहमन्त्री भएकै बेला रूपन्देही क्षेत्र नं. ३ बाट चुनाव लडेका थिए ।

तर, कांग्रेस–माओवादीको गठबन्धनका खाँणलाई पराजित गर्दै एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका दीपक बोहोरा २ हजार ६ सय ८१ मतान्तरले विजयी भए । बोहोराले ३६ हजार ७१७ मत ल्याउँदा खाँणले ३४ हजार ३६ मत मात्र प्राप्त गरेका थिए । बोहोरालाई २०७४ को निर्वाचनमा कांग्रेसले सहयोग गरेको थियो । तर, एमालेका घनश्याम भूसालले जितेका थिए । बोहोरालाई समर्थन गर्दै त्यतिबेला कांग्रेस नेता खाँण समानुपातिकमा बसेका थिए । तर, अहिले तिनै बोहोराले बहालवाला गृहमन्त्री खाँणलाई निर्वाचन अभियानमा बोल्दै नबोली चुनाव हराएका थिए ।

कोभिड संक्रमणपछि घाँटीमा गम्भीर समस्या देखिएका बोहोराको २०८१ चैत १९ मा निधन भएपछि रूपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गतेका लागि निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकिसकेको छ । सोही उपनिर्वाचनमार्फत खाँण पुनः सक्रिय राजनीतिमा ‘कमब्याक’को खोजीमा लागेका हुन् । त्यसका लागि उनले सत्तारूढ दल एमालेसँग पनि सहयोगका लागि आग्रह गरिरहेको स्रोतको दाबी छ ।

संसदीय निर्वाचनमार्फत सक्रिय राजनीतिमा कमब्याक हुनका लागि खाँणको बाटो भने सहज छैन । त्यसअघि भुटानी शरणार्थी प्रकरणको मुद्दाको किनारा लाग्नुपर्ने छ । भुटानी शरणार्थी प्रकरणको मुद्दा टुंगिएको छैन । टुंग्याउने प्रयास सुरु भए पनि त्यसको प्रक्रिया लामो हुने कानुनविद्हरूको भनाइ छ । पाटन उच्च अदालतबाट धरौटीमा रिहा भए पनि सोही प्रकरणका अन्य अभियुक्तहरू पूर्वगृहसचिव टेकनारायण पाण्डे, एमाले नेता टोपबहादुर रायमाझी थुनामै छन् ।

खाँणको मुद्दामा पनि उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय अहिलेसम्म सर्वोच्च अदालत गएको छैन । त्यसलाई कांग्रेससँगै अन्य दलका नेता कार्यकर्ताले राजनीतिक संरक्षणका रूपमा हेरेका छन् । त्यसैले पनि कांग्रेसकै कार्यकर्ता खाँणलाई बोकेर निर्वाचनमा जाने चाहनामा देखिँदैनन् । ‘बालकृष्ण दाइलाई हामीले चुनावमा मत माग्न जान सक्ने अवस्था अझै बनेको छैन,’ कांग्रेस तिलोत्तमा नगर समितिका एक सदस्यले भने, ‘यदि बालकृष्ण दाइ राजनीतिमा सक्रिय हुने हो भने पहिला अदालतबाट सफाइ पाएर आउनुपर्छ, अन्यथा बोकेर हिँड्न सकिँदैन ।’

खाँण नेपाली कांग्रेसमा पटक–पटक अवसर पाएका व्यक्तिमै पर्छन् । उनीमाथि आफू पटक–पटक लाभको पदमा पुगेको र आफूबाहेक परिवार मात्र अघि सारेको आरोप पनि लाग्ने गरेको छ । २०७९ सालको निर्वाचनकै समयमा उनी पराजित हुनुको अर्को मुख्य कारण श्रीमती मञ्जु खाँणलाई समानुपातिक कोटामा राखेर सांसद बनाउनु पनि हो । भाइ रामकृष्ण खाँण जिल्ला सभापति छन् । उनी तिलोत्तमा नगरपालिकाका प्रमुख पनि हुन् । ‘त्यसकारण पनि सधैँ परिवारवादमा रमाउने नेताको पछाडि हामी लाग्नु जरुरी पनि छैन,’ ती सदस्यले भने ।

अर्को अप्ठ्यारो- कुनै समय कांग्रेसमा शेरबहादुर देउवा निकट मानिएका खाँण अहिले शेखर समूहका लागेको चर्चा पनि हुने गरेको छ । कांग्रेस संस्थापन पक्षका बलिया नेता मानिने खाँणले कारागार बस्दा संस्थापन समूहले सहयोग नगरेको गुनासो गर्ने गरेका छन् । कारागारमा रहेकै बेला भने कोइरालाले उनलाई दुई पटक भेटेका थिए ।

संस्थापन पक्षका कार्यकर्ताबाट समर्थन जुटाउन नसके पनि उनलाई राजनीतिमा ‘कमब्याक’ हुन अप्ठ्यारो छ । तर, उनलाई संस्थापनकै नेताका रूपमा अघि सार्ने रणनीतिमा देउवा रहेको स्रोतले बतायो । कात्तिक १७ मा हुने रूपन्देही–३ को उपनिर्वाचनमा एमालेसँग समन्वय गरेर भए पनि खाँणलाई संसद्‍मा लैजाने प्रयास देउवाले गरिरहेको स्रोतले बतायो । ‘तर, त्यसका लागि खाँण संस्थापन समूहमै स्पष्ट खुल्नुपर्छ,’ स्रोतले भन्यो, ‘त्यसो हुँदा चुनाव जित्न पनि सहज हुन सक्छ ।’

रूपन्देही कांग्रेसमा खाँण अहिले पनि प्रभावशाली व्यक्ति हुन् । पञ्चायतकालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका खाँण २०३३ देखि कांग्रेसमा सक्रिय छन् । २०४४ पछि नेविसंघको केन्द्रीय अध्यक्ष बनेका खाँण २०४८ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । उनी दुवै संविधानसभाका सदस्य पनि बने ।

खाँणले पटक–पटक गरेर रक्षा, सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । त्यसैले उनको विकल्पमा राजनीतिक केन्द्रमा कांग्रेसको अर्को प्रभावशाली व्यक्ति पनि छैन । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले खाँणमाथि लागेको मुद्दाको टुंगो लागेपछि राजनीतिमा सजिलै पुनरागमन हुने बताए । ‘अहिले पनि पार्टीमा उहाँको सक्रियता खड्किएकै छ,’ उनले भने, ‘मुद्दाको किनारा लाग्नुपर्ने भएकाले जति हुनु पर्ने हो, त्यति नभएको अवस्था भने छ, तर कांग्रेसको राजनीति र संसदीय अभ्यासमा उहाँको कमब्याक छिट्टै हुने सम्भावना छ ।’

तर, उपनिर्वाचनका लागि कांग्रेसबाट रूपन्देही-३ मा प्रमोद यादव, भरत शाह र शाह पत्नी अनिता ढुंगाना पनि बलिया उम्मेदवार हुन् । यादव २०७९ मा रूपन्देही क्षेत्र नं.-४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए । शाह क्षेत्र नं.-५ मा एमालेका वासुदेव घिमिरेसँग पराजित उम्मेदवार हुन् ।

रूपन्देही-३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । रूपन्देही–३ मा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई समेटिएको छ । नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

स्थानीय तहको परिणामअनुसार यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । सात पालिकामध्ये कांग्रेसले माओवादीसँगको गठबन्धनमा ६ वटामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ । एमालेले १ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादीले १ पालिकामा उपप्रमुख जितेको छ ।

२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २ सय ७८ मत पाएको थियो । एमालेले १६ हजार ९ सय ८६ मत पाउँदा रास्वपाले १४ हजार १ सय ५४ मत ल्याएको थियो । प्रत्यक्षमा जित हासिल गरेको राप्रपाले ९ हजार १ सय ८३, नागरिक उन्मुक्ति पार्टीले ६ हजार १०, जसपाले ५ हजार २ सय ९१, लोसपाले ५ हजार ५३, जनमत पार्टीले ३ हजार ७ सय ३२, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९ सय, हाम्रो नेपाली पार्टीको लौरोले १ हजार ३ सय ४७ र नेकपा एसले ७ सय ८१ मत पाएका थिए ।

अहिले भने रूपन्देही–३ को राजनीतिक परिदृश्य फरक पनि पर्न सक्छ । राप्रपाको बलियो क्षेत्र मानिने यहाँ राप्रपाबाट अघि सर्ने उम्मेदवारले पनि केही फरक पार्न सक्छ । राप्रपाबाट दीपक बोहोराको विरासत जोगाउने गरी उम्मेदवार अघि सार्ने तयारी भइरहेको छ । त्योबाहेक माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उत्तिकै प्रभाव पार्न सक्ने राजनीतिक विश्लेषण हुने गरेको छ ।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागारमा रहेकै बखत हुने उपनिर्वाचनले पनि यस क्षेत्रलाई प्रभाव पार्न सक्ने चर्चा भइरहेको छ । रास्वपाले पनि प्रभावशाली व्यक्ति उठाउने दाबी गर्दै उम्मेदवारको खोजी गरिरहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

Published

on

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुनेछ ।

एनपीएलका अघिल्ला दुई संस्करणमा पोखराले सुदूरपश्चिमसँग दुवै खेल गुमाएको थियो । आजको खेलमा पोखरा इतिहास बदल्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम भने पोखरालाई हराएर आफ्नो यात्रा अघि बढाउने योजनामा छ ।

सुदूरपश्चिमको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । अन्य खेलाडीहरुमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दिपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल रहेका छन् ।

यस्तै विदेशी खेलाडीहरुमाशेरफन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेन छन् ।

यसैगरी, पोखरा एभेन्जर्सको नेतृत्व कुशल भुर्तेलले सम्काल्ने छन् । अन्य खेलाडीहरुमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल, विपिन आचार्य छन् ।

यस्तै, शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनन्जय लक्षण रहेका छन् ।

आठ टोली सहभागि प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Continue Reading

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक