Connect with us
Advertisement

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रसारणलाइन धमाधम

Published

on

बेनी -जोमसोम- कोरोला सडक खण्डमा पर्ने मुस्ताङको थासाङ गाउँपालीका-३ स्थित लेतेडाँडामा रहेका घरहरु र पृष्ठभूमिमा सोमबार बिहान देखिएको सेताम्मे धौलागिरि हिमाल । तस्बिर: सुशीलबाबू थकाली /रासस

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरलानाकासम्म हाल ११ केभी क्षमताको प्रसारणलाइन सञ्चालनमा छ । नेपाल विद्युत् प्राधिकरणले थासाङ–२ को कोवाङसम्म केन्द्रीय प्रसारणलाइनअन्तर्गत ३३ केभी प्रसारणलाइनको पहुँच पुर्‍याएको छ । अब यसलाई जिल्लाभरि केन्द्रीय प्रसारणलाइनमा जोड्ने गरी योजना अघि बढाइएको हो ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् मापदण्डअनुसार एक सबस्टेसनबाट अर्को सबस्टेसनसम्म विद्युत् प्रसारण गर्दा ५० किलोमिटरभन्दा बढी दूरी हुन नहुने मान्यता छ । तर कोवाङदेखि कोरलानाका करिब १५० किलोमिटर दूरीमा सिधै ११ केभीको प्रसारणलाइन सञ्चालन हुँदै आएको छ ।

यसै कारण मुस्ताङमा पटक–पटक विद्युत् आपूर्तिमा समस्या र चुनौती देखिँदै आएको छ । ११ केभी क्षमताको प्रसारणलाइन मात्रै रहेकाले कुनै एक स्थानमा समस्या आए पूरै जिल्लाको आपूर्ति बन्द गर्नुपर्ने बाध्यता रहेको छ ।

विद्युत् आपूर्तिलाई दिगो, भरपर्दो र प्रभावकारी बनाउने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले ३३ केभी प्रसारणलाइन निर्माणका लागि ठेक्का सम्झौता गरेको हो । कोवाङदेखि चैलेसम्म र चैलेदेखि चराङसम्म दुई सेसनमा सबस्टेसन निर्माण गरेर ३३ केभी प्रसारणलाइन विस्तार गर्ने गरी सन् २०२३ को जुलाईमा प्याराडाइज हुलास जेकेबी जेभीसँग २७ करोड ६५ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको हो ।

भीका प्रतिनिधि इन्जिनियर दीपककुमार मण्डलका अनुसार हालको ११ केभी प्रसारणलाइनलाई पूरै विस्थापित गरेर नयाँ ३३ केभी प्रसारणलाइनको काम अघि बढाइएको छ । ठेक्का सम्झौता अनुसार सन् २०२५ को जुलाईसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।

प्याराडाइज हुलास जेकेबी जेभीले पोल गाड्न ६ फिट गहिराइको खाल्डो र पीसीसी खन्ने कामसहित करिब ९५ प्रतिशत पोल गाड्ने काम सकिएको जनाएको छ ।

अबको छ महिनाभित्रै प्रसारणलाइनको तार तानेर नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्ने लक्ष्यसहित काम तीव्र गतिमा भइरहेको छ । कोवाङदेखि जोमसोमसम्म करिब २५ किलोमिटर दूरीमा तार तान्ने काम पूरा भइसकेको छ ।

इन्जिनियर मण्डलका अनुसार, “अहिले जोमसोम र ठिनीलगायतका केही स्थानमा तार तान्ने काम भइरहेको छ । उपल्लो मुस्ताङमा पनि मौसम अनुकूल भएकाले अर्को टोली खटाउने तयारीमा छौँ ।”

चराङसम्म ३३ केभी प्रसारणलाइनको काम सकिएलगत्तै परीक्षणस्वरूप लाइन सञ्चालनमा ल्याएर प्राधिकरणलाई हस्तान्तरण गरिने योजना छ ।

यसैगरी, नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड–१ चराङमा गरी दुई वटा सबस्टेसन निर्माणका लागि ठेक्का आह्वान एक वर्षअघि नै गरिसकेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिएका छन् ।

सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनसमेत भइसकेको अध्यक्ष विष्टले बताएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक