Connect with us
Advertisement

सुन्दरहरैंचामा सम्मानजनक गठबन्धनको पक्षमा एकीकृत समाजवादी, भनेजस्तो नभए गठबन्धन नगर्ने

Published

on

विराटचोकः आगामी स्थानीय निर्वाचनमा पार्टीलाई सम्मानजनक अवस्थामा मात्रै चुनावी गठबन्धन गर्ने नेकपा एकीकृत समाजवादीको धारणा रहेको छ ।

‘एकीकृत समाजवादीसँग राम्रो मत रहेको र जनतामा जाने नैतिक बल पनि यो पार्टीमा भएको हुनाले उपमेयरसहित कम्तीमा ४ वडाध्यक्ष सम्मको हाम्रो पार्टीको तयारी रहन सक्ने छ’, नेकपा एकीकृत समाजवादीका केन्द्रीय विभाग सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर अध्यक्ष महेश आचार्यले बताए ।

‘गठबन्धन सम्मानजनक भएन वा हुन नसक्ने अवस्था आयो भने पार्टीले सोच्नु पर्ने हुन्छ’, अध्यक्ष आचार्यले भने, ‘गत स्थानीय तह निर्वाचनमा सुन्दरहरैंचामा एमालेले राम्रो मत ल्याएको थियो, अहिले एमालेको धेरै मत एकीकृत समाजवादीसँग भएकाले हामीले उपमेयरसहित सम्मानजनक गठबन्धनको कुरा गरेका हौँ ।’

पार्टीले उम्मेद्वारको टुुङ्गो लगाइनसकेको भए पनि धेरै जनाले आफूलाई नेतृत्वदायी पदमा जान आग्रह गरेको उनले बताए । पार्टीको उपभोक्ता हित संरक्षण विभागका केन्द्रीय सदस्यसमेत रहेका आचार्य अग्रज नेताहरुलाई सम्मानजनक स्थान दिएर युुवा वर्गलाई काम गर्ने स्थान दिनुपर्ने बताउँछन् । जनतालाई जागरुक बनाउन सक्ने नेतृत्व चाहिने र त्यो क्षमता आफूमा पनि रहेको बताउँदै उनले आवश्यक परेमा मेयर पदका लागि उम्मेद्वारी दिन पनि पछि नपर्ने बताए ।

२०५८ सालमा सुकुना बहुमुखी क्याम्पसमा स्ववियु सहसचिवमा निर्वाचित भएका उनले नेकपा एमालेका नेता तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको स्वकीय सचिवसमेत भएर काम गरेका थिए । नेकपा एमालेमा हुँदा राम्रो छवि बनाएका उनी बाल्यकाल देखि निरन्तर पार्टी काममा सक्रिय देखिन्छन् । मञ्जु तामाङसँग पार्टीमै जनवादी विवाह गरेका आचार्य १ छोराका बाबु उनले समाजवादको बारेमा श्रीमती र छोरालाई कुरा बुझाइसकेको बताउँछन् । समाज परिवर्तन र समाजवाद निर्माणमा विद्रोह जरुरी भएको र विद्रोह घरैबाट गरेको बताउँदै उनले एमालेसँगको विद्रोहले असल समाज निर्माण र राष्ट्र निर्माणमा थप बल पुगेको र अझै पुग्ने धारणा राखे ।

आचार्य सहकारी अभियन्ता तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन अभियानका अभियन्ता पनि हुन् । विभिन्न विषयमा ज्ञान बटुलेका युवा नेता आचार्य भन्छन्, सुन्दरहरैंचा सम्भावनाको खानी हो तर त्यसको पहिचान, प्रवद्र्धन गर्ने योग्यता क्षमता र नैतिक आधार बोकेको नेतृत्वको यो नगरले खोजिरहेको लोभ, पाप नजानेको त्याग, समर्पण र निष्ठा साथमा रहेको नेतृत्व यो समाजलाई आवश्यक छ ।

‘म किसानको छोरो हुँ, चाहेको भए राजनीतिक यात्राको क्रममा माथिल्लो स्थानमा पुुगेको बेला आर्थिक अनियमितता गर्न सक्थेँ’ उनले भने, ‘तर म विकास चाहन्छु । देशमा थिति बसोस् भन्ने चाहन्छु । आफूबाटै राम्रो कामको शुुरुवात गर्न चाहन्छु । त्यसैले नगरको नेतृत्वदायी भूमिकामा रहन चाहन्छु ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक