Connect with us
Advertisement

एक किलोमिटर यात्रामै अन्त्य भयो ३ युवाको जीवनयात्रा

Published

on

११ जेठ, दमौली । रात छिपिँदै जाँदा दमौली बजारको कोलाहल शान्त बन्दै थियो । होटेल, रेष्टुरेन्ट बन्द हुँदै थिए ।

व्यास नगरपालिका-५ पाटनका कुशल, प्रवीन र कुमार मगरले काम गर्ने रेष्टुरेन्ट पनि बन्द भयो । शनिबार काम छिट्टै सकिएकाले उनीहरू घुम्न बजार निस्किए ।

रातको ११ बज्यो । उनीहरू घर फर्किन खोज्दै थिए । त्यसैबेला रेष्टुरेन्टका नियमित ग्राहक रोहित गुट्टासँग भेट भयो । रोहित बोलेरो गाडी चलाउँथे । शनिबार पनि बोलेरोसहित आएका थिए ।

रातिमा चिनजान भएका व्यक्तिहरू भेटिएपछि उनले ‘चापाघाटसम्म पुर्‍याइदिन्छु’ भने । उनीहरु तीन जना गाडीमा चढे । उनीहरूसँगै बोलेरोमा थिए- रोहितका साथी धिरज रौनियार ।

यात्रा धेरै लामो थिएन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ताका राजु अधिकारीका अनुसार दमौली बजारबाट मादी नदीको पुल पार गर्नासाथै चापाघाट सुरु हुन्छ । दमौली बजारको केन्द्र भागबाट मादी पुलबीचको दूरी जम्मा एक किलोमिटर मात्रै छ ।

उनीहरू चढेको ग२च ५७६० नम्बरको बोलेरो गाडी केही मिनेटमै मादी पुलमा पुग्यो र रेलिङमा ठोक्किँदै तल बगरमा खस्यो । गाडी पुलको रेलिङमा सुरुमा ठोक्किएर ५० मिटर परसम्म पुगेर नदीमा खसेको प्रहरीको भनाइ छ ।

चिनेका साथीको गाडी चढेर घर हिँडेका कुशल, प्रवीन र कुमार त्यहीँ नदीमै अस्ताए । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

गाडीसँगै नदीमा खसेका चालक रोहित र साथी धिरज रौनियार घाइते छन् । उनीहरुलाई तत्कालै उद्धार गरेर प्रहरीले अस्पताल पुर्‍याएको थियो ।

अस्पताल स्रोतका अनुसार धिरजको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि पोखरा रिफर गरिएको छ । चालक रोहितको भने दमौलीमै उपचार भइरहेको छ । उनी कुराकानी गर्न सक्छन् ।

चालक रोहितका अनुसार बसले ओभरटेक गर्दै आइरहेकाले दुर्घटना भएको हो । ‘हामी यताबाट जाँदै थियौं, त्यो बेलामा विपरीत दिशाबाट बस ओभरटेक गर्दै आइरहेको थियो’, उनले भने, ‘डर लागेर मैले बायाँ मोड्न खोजें तर गाडी पुलबाट खस्यो ।’

१२ वर्ष अघिको त्यो दुर्घटना

यही पुलबाट १२ वर्षअघि पनि रेलिङ भत्काउँदै एउटा बस मादी नदीमा खसेको थियो । त्यसबेला ११ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

यो पुल वि.सं.२०२८ सालमा बनेको हो । रेलिङ पुरानै भएकाले कमजोर र सजिलै भाँचिने खालका छन् ।

पुलको किनारमा रहेको बीम (पर्खाल) पनि एक बित्ता मात्रै अग्लो छ । यो उचाइ गाडी रोक्न पर्याप्त नभएकाले पुलमा दुर्घटना हुने गरेको दमौली नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको अनुमान छ ।

तर, मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना (पूर्वी खण्ड)का सूचना अधिकारी विष्णु पाण्डे धेरैजसो सवारी दुर्घटना चालकको असावधानी र तीव्र गतिका कारण हुने गरेको बताउँछन् । गएरातिको दुर्घटना पनि सोही कारण भएको हुनसक्ने उनको अनुमान छ ।

तीव्र गतिका गाडी पनि रोक्ने गरी पुलको रेलिङ नबनाइने बताउँदै उनी भन्छन्, ‘दुर्घटना रोक्ने भनेको ट्राफिक नियमको पालना र चालकको सावधानी नै हो ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक