Connect with us
Advertisement

एनभिडिया बन्यो विश्वकै पहिलो ४ ट्रिलियन डलरको कम्पनी

Published

on

अमेरिकी चिप निर्माता कम्पनी, एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान कम्पनी मात्रै नभएर, बजार पूँजीकरण ४० खर्ब अमेरिकी डलर पुग्ने  विश्वकै पहिलो कम्पनीसमेत बनेको छ ।

एनभिडियाको शेयर बुधबार २ प्रतिशतले उकालो लागेसँगै बजार पूँजीकरण ४ ट्रिलियन डलर नाघेको थियो । कुन कम्पनीले पहिला चार ट्रिलियनको सीमा छुन्छन् भन्नेमा उत्सुकता रहँदै आएको थियो ।

जेनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेन एआई) मा आएको उछालमा त्यसलाई आवश्यक हार्डवेयर (जीपीयू, चिप लगायत) निर्माण गरिरहेको एनभिडियाको सेयर किन्न लगानीकर्ताहरू हौसिएका छन् । सार्वजनिक रूपमा कारोबार हुने विश्वका कम्पनीहरूमध्ये एनभिडियाको बजार पूँजीकरणले इतिहासमै पहिलोपटक यस्तो कीर्तिमानी बनाएको हो ।

यसले माइक्रोसफ्ट, एप्पल, अमेजन, अल्फाबेट (गुगल), मेटा, साउदी आराम्को सबैलाई दुवैलाई उछिनेको छ । सन् २०२३ मा पहिलोपल्ट १ ट्रिलियन डलरको कम्पनी बनेको एनभिडियाले एआईमा आधारित प्रविधि विकास गर्ने होड बढेसँगै निरन्तर नाफा कमाइरहेको छ । कम्पनीले निर्माण गर्ने चिपहरूलाई अहिलेको सयमा सुन र इन्धनजत्तिकै बहुमूल्य मानिन्छ ।

सन् १९९३ मा क्यालिफोर्नियामा स्थापना भएको एनभिडियाले सन् २०२४ को फेब्रुअरीमा २ ट्रिलियन डलरको स्तर पार गरेको थियो र जुन महिनामा ३ ट्रिलियन डलर नाघेको थियो । सन् २०२२ को नोभेम्बरमा च्याटजीपीटी सार्वजनिक भएयता एआई हार्डवेयर र चिपको बजार ह्वात्तै बढेको छ । यसबाट एनभिडियाले ठूलो मुनाफा आर्जन गरिरहेको छ । कम्पनीले लार्ज ल्या‌ंग्वेज मोडल (एलएलएम) का आवश्यक ग्राफिक्स प्रोसेसिङ युनिट (जपीयू) निर्माण गर्दै आएको छ ।

पछिल्लो पाँच वर्षमा एआई चिप र हार्डवेयरको मागले एनभिडियाको सेयर मूल्य १५ गुणाभन्दा बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो एक महिनामा एनभिडियाको सेयर १५ प्रतिशतले वृद्धि भएको थियो भने यस वर्षको सुरुदेखि अहिलेसम्म २२ प्रतिशतले बढेको छ ।

वर्तमान भू-राजनीतिक तनाव र चीनमा चिप निर्यातमा प्रतिबन्धका बीचमा एनभिडियाको बजार भने बढिरहेकै छ । यसै वर्ष सार्वजनिक भएको चीनको डिपसिक एआई मोडल निकै सस्तो मूल्यमा निर्माण भएको हल्लापछि चिप निर्माताहरूको बजारमा चिन्ता छाएको थियो । तर त्यसबाट पनि कम्पनी पुनः उकासिएको छ । सीएनएनका अनुसार कम्पनीले चीनका लागि बनाएको एच२० चिपमा निर्यात प्रतिबन्ध लागेपछि एनिभिडियाले ८ अर्ब डलरको बिक्री गुम्ने जनाएको थियो ।

‘अमेरिकी उद्योगका लागि महत्वपूर्ण चिनियाँ बजार बन्द भएको छ,’ एनभिडियाका सीईओ जेन्सेन हुआङले त्यो बेला भनेका थिए, ‘५० अर्ब डलरको चिनियाँ बजारमा चिप बिक्री गर्न नपाउँदा हामीलाई विशाला घाटा हुनेछ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार कर वृद्धि गरेपछि एनभिडियाको शेयर मूल्यका गिरावट आएको थियो । बीबीसीका अनुसार आठ वर्षअघि कम्पनीको सेयर मूल्य हालको मूल्यको १ प्रतिशतभन्दा पनि कम थियो ।

कम्पनीको चामत्कारिक उन्नतीसँगै एनभिडियाका प्रमुख हुआङको प्रोफाइल पनि ह्वात्तै बढेको छ । मेटाका प्रमुख मार्क जकरबर्ग हुआङलाई ‘प्रविधि क्षेत्रका टेलर स्विफ्ट’ को संज्ञा दिन्छन् । हुआङ विशेषगरी ताइवानमा यति लोकप्रिय छन्, उनलाई प्रसंशकहरूले रक स्टारजस्तो व्यवहार गर्ने बीबीसीमा सार्लट एडबार्डसले लेखेकी छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक