Banner
कनकलक्ष्मीको स्थापना दिवसमा सम्मानै सम्मान
विराटचोकः ९ वटा सहकारी संस्था एकीकृत भएर बनेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले चौथो स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । आइतबार सुन्दरहरैंचा ३ स्थित रणकाली मन्दिरको सभाहलमा कार्यक्रमको आयोजना गरी संस्थाले २८ जना व्यक्ति र एउटा समूहलाई सम्मान गरेको हो ।

संस्थाले सहकारीकर्मी घनश्याम खतिवडा र स्व. कृष्णप्रसाद दाहाललाई सम्मान गरेको छ । फँडानी साकोस लेटाङका पूर्व अध्यक्ष खतिवडा बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्व सदस्य, महासचिव र सल्लाहकार हुन् । २०४९ सालमा गाविस अध्यक्ष भएका उनी २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।
त्यस्तै, कृष्णप्रसाद दाहाल कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रस्तावित अध्यक्ष हुन् । ९ वटा संस्था एकीकृतको अन्तिम तयारी भइसकेपछि सवारी दुर्घटनामा निधन भएका दाहाल कनकलक्ष्मीमा एकीकृत भएको सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य थिए । सो संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजक हुँदै सञ्चालक समिति अध्यक्ष भएका दाहाल क्रियाशील सहकर्मीको रुपमा परिचित थिए । दुलारी पञ्चायतको गा.स.स हुनुका साथै सुन्दरपुर गाविसको २ कार्यकाल अध्यक्ष भएका दाहालको सम्मान पत्नी राधा दाहालले ग्रहण गरेकी थिइन् ।
उनीहरुलाई दोसल्ला र ताम्रपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै, संस्थाले ५ जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा सुन्दरहरैंचा ७ की ८९ वर्षीया राधादेवी पोखरेल, सुन्दरहरैंचा ४ का ८९ वर्षीय डम्बरबहादुर पौडेल, सुन्दरहरैंचा ३ की ८८ वर्षीया विष्णुमाया भण्डारी, सुन्दरहरैंचा ४ की ८८ वर्षीया रेनुकादेवी घिमिरे र सुन्दरहरैंचा ७ की ८७ वर्षीया बालकुमारी श्रेष्ठ रहेका थिए ।

उनीहरुलाई दोसल्ला, सम्मानपत्र र नगद १ हजार ५ सय ले सम्मान गरिएको थियो ।
विद्यावारिधी उपाधि प्राप्त गर्ने संस्थाका २ जना शेयर सदस्यलाई कार्यक्रममा सम्मान गरिएको थियो । सुन्दहरैंचा १२ का मोहनबहादुर तुम्बाहाङ लिम्बू र सुन्दरहरैंचा ३ का गणेशराज अधिकारी सम्मानित भएका हुन् । उनीहरुलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यस्तै असल ऋण कारोबार गर्ने ४६ जना ऋणीमध्ये गोलाप्रथाबाट ५ जनालाई सम्मानपत्र र १ हजार ५ सय रुपैयाँले सम्मान गरिएको थियो । कार्यक्रममै ५ वर्षीय बालकद्वारा ५ जना ऋणीको नाम गोलामार्फत् तानिएको थियो ।
बढी रेमिट कारोबार गर्ने २ जनालाई सम्मान पत्र र नगद १ हजार ५ सय प्रदान गरिएको थियो । सुन्दरहरैंचा ६ का साबित्रा विश्वकर्मा र फुर्लामु शेर्पा तामाङले सो सम्मान पाएका थिए ।
धेरै लाभांश प्राप्त गर्ने सदस्यहरुलाई पनि नगद १ हजार ५ सय र सम्मानपत्र प्रदान गरिएको थियो । सुन्दरहरैंचा ६ का चिरञ्जीवी रेग्मी र ओमप्रसाद न्यौपानेलाई सो सम्मान प्रदान गरिएको थियो ।
अधिक संरक्षित पूँजी फिर्ता गर्ने ४ जना शेयर सदस्य पनि वार्षिक उत्सवमा सम्मानित भएका थिए । उनीहरुले नगद १ हजार ५ सय र सम्मान पत्र पाए । यस्तो सम्मान सुन्दरहरैंचा ८ का इन्द्रप्रसाद न्यौपाने, सुन्दरहरैंचा ९ का गोविन्दप्रसाद अधिकारी, सुन्दरहरैंचा ६ का ओमप्रसाद अधिकारी र सुन्दरहरैंचा ५ का लल्कु चौधारीले पाए ।
सहकारीका ३५ वटा लघुवित्त समूहमध्ये उत्कृष्ट लघुवित्त समूहको रुपमा घोषित हुँदै गोदावरी महिला समूह सुन्दरहरैंचा ६ ले सम्मान पत्र र नगद ४ हजार रुपैयाँ प्राप्त गरेको थियो ।

शेयर सदस्यका सन्तान वा शेयर सदस्य स्वयम्मध्ये कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने ६ जनालाई कदर पत्र र नगद १ हजार ५ सय प्रदान गरिएको थियो ।
सुन्दरहरैंचा १२ का शेयर सदस्य गणेशप्रसाद आचार्यकी छोरी चाहना आचार्य, सुन्दरहरैंचा १२ की दुर्गा रायमाझीका छोरा ईशान खुलाल, सुन्दरहरैंचा ५ की गीता भट्टराईका छोरा संस्कार भट्टराई, सुन्दरहरैंचा ३ का टोलनाथ काफ्लेकी छोरी स्वीकृति काफ्ले, सुन्दरहरैंचा ३ का डाइमण्ड बरुवाल र सुन्दरहरैंचा ५ का किरण बजगाईकी छोरी शैली बजगाईँले सो सम्मान पाएका थिए ।
संस्थाका संस्थापक अध्यक्ष अर्जुनराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । सञ्चालक समिति उपाध्यक्ष मातृकाप्रसाद ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव अर्जुनकुमार तिम्सिनाले सञ्चालन गरेका थिए ।
सञ्चालक समितिका अध्यक्ष नागेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मीनराज कँडेल प्रमुख अतिथि र जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई विशिष्ट अतिथि रहेका थिए ।
संस्था स्थापना दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको मोबाइल बैंकिङ सेवा पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login