Banner
कम्प्युटरमा ३२ बिट र ६४ बिट के हो
विश्व अहिले कम्प्यूटर सँगै अगाडी बढीरहेको छ । सायद कम्प्यूटरको नाम नसुन्ने मान्छे विश्वमा कमै होलान् । कम्पयूटको यति धेरै महत्व छ कि आजको समयमा जतिसुकै विद्बान भएपनि उसलाई कम्पूटरको ज्ञान छैन भने उसले निरक्षरको रुपमा गनिएको महशुस गर्छ । कम्पयुटरले सबै खालका कामहरु एमदमै छिटो तथा विश्वसनिय तरिकाले गर्ने भएकाले यसको महत्व बढ्दै गएको हो ।
तपाइले कहिले विन्डोज अपरेटिङ सिस्टम तपाइको कम्प्यूटरमा हाल्नु भएको छ रु यदि छ भने याद भएकै होला ३२ विट वा ६४ विट कुन हाल्ने भनेर छनौट गर्न लगाउँछ । प्राय आजभोली त ६४ बिट नै प्रयोग गरिन्छ । ३२ बिट तथा ६४ बिट भनेको कम्पयुटरको प्रोसेसर हो । भन्नको मतलब कुन प्रकारको सफ्टवेयर प्रयोग गर्ने हो । ३२ बिटको कुरा गर्दा इन्टेल पेन्टिएम प्रोसेसर, एएमडी प्रोसेसरहरु ३२ बिटमा लागि प्रयोग हुन्थे । त्यतिवेला विन्डोज ९५, विन्डोज ९८ तथा विन्डोज एक्सपी समेत सबै ३२ बिटमै उपलब्ध हुन्थे । लगभग सन २००० सम्म पर्सनल कम्यूटरमा ६४ बिट प्रोसेसर प्रयोग हुँदैन थियो । तर आजभोली त ६४ बिटको प्रोसेसर घरमा भएका सबै कम्पयूटरमा प्रयोग भएको देखिन्छ । यो सामान्य नै भइसकको छ ।
जब माइक्रोसफ्टले विन्डोजको एक्सपीको ६४ बिट भर्जन ल्यायो, त्यसपछि मात्र ६४ बिटको प्रोसेसर प्रयोग हुन थालेको हो । विन्डोज भिस्टा, विन्डोज सेभेन, विन्डोज एट, विन्डोज टेन, विनडोज इलेभेन सबै ६४ बिट प्रोसेसरमा उपलब्ध छन् । इन्टेल कोर टु डियो भन्दा पछिका प्रोसेसरहरु प्राय सबै ६४ बिटमा उपलब्ध छन् । सायद तपाइ अहिले कोर आइ ३, कोर आइ ५, कोर आइ ७ का कम्पयूटरहरु अनि ६४ बिटका प्रोसेसर चलाइरहनु भएको होला ।
सपोर्टको कुरा गर्ने हो भने ३२ बिट प्रोसेसरले ४ जीबी सम्मको र्याम सपोर्ट गर्छ भने ६४ बिटको प्रोसेसरले ४ जिबी माथीको र्याम सपोर्ट गर्छ । थ्रिडी ग्राफिक वा गेमिङ सिस्टमको लागि ६४ बिटकै प्रोसेसर चाहिन्छ ।
कुन प्रोसेसर वा कति बिट हेर्नका लागि मानौँ तपाइ विन्डोज सेभेनमा हुनुहुन्छ भने दिस पिसीमा राइट क्लिक गरी प्रोपर्टिजमा क्लिक गरेपछि तपाइको कम्प्यटूरको सम्पुर्ण बेसिक इन्फरमेसन तपाइले पाउनुहुनेछ ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login