Banner
कुलिङ अफ पिरियड’ मा छलछामको प्रभाव संवैधानिक परिषद् विधेयकमा
राष्ट्रिय सभाबाट सन्देशसहित फिर्ता आएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक छलफल गरी पारित गर्ने प्रतिनिधिसभाको मंगलबारको कार्यसूची थियो। छलफलका क्रममा सांसदले राष्ट्रिय सभाको सन्देशसँगै विधेयकमा गरिएका व्यवस्थामाथि धारणा राखिरहेका थिए भने केहीले पालो कुरिरहेका थिए।
तर सभामुख देवराज घिमिरेले एक्कासि उद्घोष गरे, ‘संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रिय सभाबाट भएको सन्देशमाथिको बाँकी कारबाही विशेष कारणवश आजको बैठकबाट हटाइएको व्यहोरा जानकारी गराउँछु ।’
छलफलपछि मन्त्रीलाई जवाफ दिन लगाएर विधेयक निर्णयार्थ प्रस्तुत गर्नुपर्ने थियो । विधेयक पारित गरेर बाहिरिने तयारीमा रहेका सांसदहरू अलमल्ल परे । सभामुख घिमिरेले ‘विशेष कारण’ के थियो भन्ने पनि खुलाएनन् । उनले बैठक नै बुधबार १ बजेसम्म स्थगन गरे । त्यसपछि सभामुख घिमिरेले एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरे ।
प्रमुख सचेतक घिमिरेका अनुसार संवैधानिक परिषद् विधेयकमा सत्तापक्षकै सांसदहरूको बुझाइमा समस्या देखिएपछि बैठक स्थगन गर्नुपरेको हो । ‘विधेयकमा गरिएका व्यवस्था माननीयहरूले बुझ्नुभएन,’ उनले भने, ‘निजामती विधेयक जस्तै भयो कि भन्ने कुरा आएकाले बैठक स्थगन गरिएको हो ।’
घिमिरेका अनुसार प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा गएको विधेयकमा फर्केर आउँदा कुनै परिवर्तन छैन । ‘प्रतिनिधिसभाबाट गरिएका व्यवस्थाको व्याख्या गरेर राष्ट्रिय सभाले फिर्ता पठाएको हो,’ उनले थपे, ‘संवैधानिक परिषद्को गणपूरक संख्याका सन्दर्भमा अध्यक्ष र बहुमत सदस्यको बहुमत भनिएको छ, राष्ट्रिय सभाले त्यसको व्याख्या गरेको हो ।’
‘कुन सदनमा के आयो छोडिदिनुस्, हामीले नहेरी विधेयक पास गरेका छौं । त्यसकारण अहिले हाम्रो इज्जत, सम्मान र गौरवमा आँच आएको छ,’ उनले भने, ‘सर्वोच्च अदालतको अस्तिको निर्णयले हामीलाई कहाँ पुर्याएको छ ? त्यसमा कहाँ संवैधानिक र वैधानिक व्याख्या छ ? कहाँ इतिहास र नजिर छ ? त्यसलाई संवैधानिक परिषद्ले के गर्न सक्छ, त्यो हो हामीले खोजेको ?’
‘संघीय निजामती सेवासम्बन्धी ऐनमा जे छेडखानी भयो । राज्य सञ्चालकका प्रमुख नेताहरूको अनुशासनहीनताका कारण हेपिने, छेडखानी हुने र बिस्तारै अराजकता तलसम्म मौलाउँदै गएको छ । त्यसकारण विधेयक सम्पादन र व्यवस्थापनलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने ।
छलफलमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले ६ सदस्यीय संवैधानिक परिषद्बाट दुई जनाले मात्रै पनि निर्णय गर्न सक्ने व्यवस्था विधेयकमा राखिएकामा आपत्ति जनाएका थिए ।
‘६ जनाको संवैधानिक परिषद्मा अध्यक्ष र दुई जना सदस्य बहाल रहेको अवस्थामा दुई जनाले मात्रै निर्णय गर्ने व्यवस्था गरियो । कुनै बेला संसद् नहुन सक्छ, त्यस्तो अवस्थामा दुई जनाले मात्रै संवैधानिक नियुक्ति गर्ने प्रावधान आफैंमा कति लोकतान्त्रिक हो ?’ उनले भनेका थिए, ‘संवैधानिक निकायका प्रमुख र सदस्यहरूमाथि प्रश्न उठिरहेका छन् । पारदर्शीको प्रश्न पनि आइरहेको छ । सुशासन दिन संवैधानिक निकाय निष्पक्ष र पारदर्शी हुनुपर्छ । कम्तीमा ५० प्रतिशतले निर्णय गर्ने व्यवस्था हुनुपर्थ्यो ।’
माओवादीका वर्षमान पुनले संवैधानिक परिषद् समावेशी भई सुझबुझपूर्ण निर्णय गरोस् भन्ने परिकल्पनासहितको संरचना संविधानले व्यवस्था गरेको उल्लेख गरे । ‘बेलाबेला राजनीतिक चलखेलमा संवैधानिक काम, कर्तव्य र अधिकार दुरुपयोग पनि भएको छ,’ उनले भने, ‘संवैधानिक परिषद्मार्फत आउने प्रस्तावलाई संसद्ले अनुमोदन गर्ने व्यवस्था छ । सर्वोच्चको पछिल्लो फैसला संसद्को अनुमोदन या सुनुवाइ अनिवार्य नहुने भन्ने खालको छ । त्यसो हुँदा कार्यकारी स्वेच्छाचारी हुन्छ कि भन्ने छ ।’
छलफलमा सांसदले एकपछि अर्को गरी विधेयक अध्ययन गरेर मात्रै पास गर्नुपर्नेमा जोड दिन थालेपछि सभामुख घिमिरेले सचिव र कार्यव्यवस्था परामर्श शाखाका अधिकारीसँग, एमाले मुख्य सचेतक बर्तौलाले कांग्रेसका नेताहरूसँग र कांग्रेसका सांसदहरूले आपसमा छलफल गरेका थिए । सबै छलफलको सन्देश सभामुख घिमिरेकहाँ पुगेपछि प्रतिनिधिसभा बैठक बीचमै स्थगन गरिएको थियो ।
यसअघि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था गरेकामा त्यसलाई निष्प्रभावी पार्ने प्रावधानसहितको विधेयक संसद्ले पारित गरेको थियो । विधेयकको दफा ८२ (४) मा रहेको ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ प्रावधान खण्डित हुने गरी दफा ८२ (५ क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा मात्र नियुक्ति लिन नपाइने’ भन्ने व्यवस्था राखिएको थियो ।
निजामती विधेयकमाथि भएको छलछामबाट तर्सिएका सांसद संवैधानिक परिषद् विधेयकमा पनि केही भयो कि भन्ने आशंकासहित छलफलमा प्रस्तुत भएपछि मंगलबारको प्रतिनिधिसभा बैठक नै स्थगन गरिएको हो । निजामती सेवासम्बन्धी विधेयकमा भएको गडबडी छानबिन गर्न प्रतिनिधिसभाले सोमबार कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा ७ सदस्यीय विशेष समिति गठन गरेको छ ।
कार्यव्यवस्था परामर्श शाखा प्रमुख तथा संसद्का प्रवक्ता एकराम गिरीले संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा राजनीतिक दलहरूबीच थप छलफल गर्नुपर्ने आवश्यकता देखिएपछि मंगलबारको बैठक स्थगन भएको बताए । ‘मन्त्रीले उत्तर दिने, पारित गर्ने बाँकी कारबाही बुधबारसम्म स्थगन गरिएको छ,’ उनले भने । एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले संवैधानिक परिषद्सम्बन्धी विधेयक बुधबार पारित गरिने बताए ।
संवैधानिक परिषद्सम्बन्धी विधेयकमा ६ सदस्यीय संवैधानिक परिषद्को बैठकमा ४ सदस्य उपस्थित भए गणपूरक संख्या पुगेको मानिने व्यवस्था गरिएको छ । परिषद्मा अध्यक्षसहित ५ जना बहाल रहेको अवस्थामा तीन जना उपस्थित भए गणपूरक भएको मानिनेछ । अध्यक्षसहित चार जना बहाल रहेको अवस्थामा ३ जना उपस्थित भए गणपूरक पुग्नेछ । अध्यक्षसहित ३ जना बहाल रहेको अवस्थामा २ जना उपस्थित भए गणपूरक संख्या मानिनेछ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ ।
विधेयकमा भनिएको छ, ‘परिषद्मा अध्यक्ष र पाँच सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा तीन सदस्यसहित कम्तीमा चार, अध्यक्ष र चार सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा दुई सदस्यसहित कम्तीमा तीन जना, अध्यक्ष र तीन सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा दुई सदस्यसहित कम्तीमा तीन जना र अध्यक्ष र दुई सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा एक सदस्यसहित कम्तीमा दुई जनाको मतबाट निर्णय गरिनेछ ।’
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login