धर्म / संस्कृति
के हामी नेपाल आमाका सन्तान होइनौँ ?
नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा बीडीएस अध्ययनरत सुषमा गुरुङले तमु ल्होसार मनाउन नपाएको सरासर ४ साल भयो । सोही कलेजमा अध्ययनरत इलामकी प्रिया तामाङले बाल्यकालमा परिवारका साथ मनाएको सोनाम ल्होसारको रौनकको सम्झना मनमा सजाएरै चित्त बुझाउँछिन् ।
काठमाडौं बौद्धकी कञ्चन तामाङको परिवार सामुहिक सोनाम ल्होसार मनाउन टँुडिखेलमा वर्षेनी जान्छ । तर कञ्चन जान नपाएको ३ वर्ष भइसक्यो । काठमाडौंकै बासिन्दा भएर पनि मेडिकल विषयको पढाइले गर्दा होस्टलमा बस्न बाध्य थानकोटका सरोज महर्जन र विवेक महर्जनले सार्वजनिक बिदा नभएकाले सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको घोडेजात्राको उल्लासमय हुलमा मिसिन पाएनन् । भरतपुर मेडिकल कलेज पढ्ने जमिला खातुन दुई वर्ष अघि ईद मनाउन ३ दिनको बिदा लिएर सुनसरी आउँदा छुटेको क्लास मेकअप गर्न नसक्दा उनी ६ महिना ब्याक बस्नुप¥यो ।
नवप्रभात मावि पोखरामा कक्षा ७ मा पढ्ने कपिलवस्तुका गुल हसनले ईद मनाउन जाँदा ७ दिनको पढाइ छुटाउन बाध्य भए । त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीमा बीएस्सी नर्सिङ चौथो वर्षमा अध्ययनरत शिवानी राईले उँधौली र उँभौलीमा घर जान नपाएको ३ वर्ष भइसक्यो । सङ्खुवासभाको खाँदबारीमा रहेको सूर्य बोर्डिङ स्कुलमा पढ्ने थुनाङ शेर्पाले ग्याल्बो ल्होसार मनाउन नपाएको त वर्षाँै भयो । उनी दशैं मनाउँदैनन् न त तिहार नै मनाउँछन् । हिमाली भेकमा हिमपात शुरु हुन थाल्नाले दशैंतिहारको लगभग १ महिनाको बिदामा थुनाङ आफ्नो घर चेपुवा नै जान सक्दैनन् र बा, आमा, भाइ, बहिनी र साथीहरूसँग खेलेर रमाउन पाउँदैनन् । जडीबुटी व्यापार गर्ने दिदीले डेरामा पकाएको भात खाएर दिनभर गुवाबारीको बाटोका गल्लीहरूमा गुच्चा, डण्डीबियो आदि खेलेर नै उनी लामो बिदा कटाउँछन् । विगत ३ वर्षदेखि क्रिसमस मनाउन पाएका छैनन् कान्तिपुर डेन्टल कलेजमा अध्ययरत जनम लिम्बूले ।
यिनीहरू सबैले वर्ष दिनमा एक पल्ट आउने आआफ्नो महान चाड मन नलागेर नमनाएका भने होइनन् । पढाइ छुट्ने भएर हो ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतालाई निष्पक्षीय तवरले समान रूपमा समेट्दै लैजाने ब्याख्या गरिएको लोकतन्त्रमा परापूर्व कालबाट मनी ल्याएको सनातन धर्म व्यवस्थालाई जोगाउँदै लाने शर्तमा हिन्दू धर्म परम्परा अन्तर्गतका दशैं, तिहार शिवरात्री माघेसंक्रान्तिजस्ता चाडपर्वमा मात्र ११ दिन राष्ट्रिय बिदा दिइएको छ भने अन्य धर्म र जातजातिको पर्वमा जाति बिषेशलाई मात्र बिदा दिने गरेको छ । जबकि यसअघिको अन्तरिम संविधानले सबै धर्म र जातिले मान्ने मुख्य पर्वको दिनमा राष्ट्रिय बिदा दिएको थियो । तर राष्ट्र समृद्धिमा बाधा पर्ने बहाना बनाई लोकतन्त्रपछि लेखिएको संविधानले ती सबै जातीय पर्वका बिदाहरू कटौती गरेको छ । सो दिन जात विशेषलाई बिदा दिए पनि स्कुल कलेज सरकारी कार्यालय खुल्ला हुन्छन् ।
यस वर्षको पुस ६ गतेको चिसो सिरेटोमा देशका पिभिन्न भागमा बस्ने गुरुङ समुदायले तमुहरूको महान चाड तमु ल्होसार पर्वमा राष्ट्रिय बिदा कायम गरियोस् भनेर देशव्यापी रुपमा मौन आन्दोलन ग¥यो । यसपाली मात्र होइन गत साल पनि यस्तै आन्दोलन गरेको हो । पोहोर साल पनि गुरुङसहित अन्य आदिवासी जनजातिले दशैं, तिहार, माघे संक्रान्ति, शिवरात्रीबाहेक अन्य जातीय पर्वका दिनलाई पनि राष्ट्रिय बिदा कायम गरियोस् भनेर सामुहिक रूपमा ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलन गरेका थिए ।
आन्दोलनको परिणामस्वरूप कुनै प्रदेशमा पुरै त कुनै प्रदेशमा जात विशेषको चाडमा सो जातिलाई मात्र बिदा दिइयो तर राष्ट्रिय पर्वको रुपमा राष्ट्रिय बिदा घोषणा गरिएन । स्कुल कलेजहरूमा पढाइ रोकिएन । सरकारी कार्यलयमा काम चलिनै रह्यो । मारमा परे बिदा लिने जनजाति विद्यार्थी र जनजाति जनता । विभिन्न जातजाति, वर्ण, समुदायले बनेको नेपालमा हिन्दूबाहेक अन्य जातिको मुख्य एक÷एक पर्वमा राष्ट्रिय बिदा दिँदा देश समृद्धिमा जान बाधा पुग्छ भने देशको कुल जनसङ्ख्याको ३८ प्रतिशत जनता वर्षाैंदेखि आफ्नै माटोमा हराएको पहिचान, खोसिएको अधिकार खोज्न हरेक साल, महिना, दिनहरू सडकमा आन्दोलन गर्न बाध्य छन् भने ती जनताको समृद्धिको सवालमा भने किन चुप लाग्छ सरकार ? किन हिसाब गरिन्न उनीहरूको खेर गएको अमूल्य समयको ?
स्कुल कलेजजस्तो भविष्यका राष्ट्र निर्माणका कर्णधारहरू उत्पादन गर्ने विद्या र ज्ञानको कारखानामा नै शुरुदेखि विभेदको व्यावहारिक पाठ पढाइन्छ भने यस्तो खाले व्यवहारले सम्पूर्ण आदिवासी जनजाति युवाहरूमा आउने निराशाले रोजेको पलायनले भविष्यमा राष्ट्रलाई कति क्षति होला यो अनुमान लगाउन जरुरी छ । आजमात्र होइन वर्षाैंदेखि पहिचान र अधिकार खोज्दै र पहिचानको लागि लड्दै आएका विभिन्न जनजाति, कमजोर वर्ग आदिवासी, पिछडिएका, अल्पसङ्ख्यक र सीमान्तकृत जातजाति छन् । १० वर्षे जनयुद्ध लड्ने, देश र जनताका लागि प्राणको आहुति दिने विभिन्न कालखण्डमा बलिदान र बहादुरीको इतिहास रच्ने, राष्ट्रको अस्तित्व र सार्वभौम सत्ता रक्षाको लागि विभिन्न भूमिका खेल्ने केवल हिन्दू धर्मावलम्बी मात्र थिएनन् ।
१० वर्षे जनयुद्धकालमा मात्र होइन पृथ्वीनारायण शाहको सिंगो नेपाल निर्माण अभियानदेखि चीन र भारतजस्ता ठूला साम्राज्यलाई बेलायती उपनिवेशवादले विश्व हल्लाएको बखत नेपाललाई जोगाउन हजारौं देशभक्त नेपालीले वीरतापूर्वक युद्ध लडेका छन्, ज्यान दिएका छन् जसमा खस आर्य मात्र होइन हजारौं आदिवासी जनजाति पनि थिए ।
नेपालको इतिहासलाई हेर्ने हो भने कहिले घाम नअस्ताउने साम्राज्य बिस्तारमा लागेका अङ्ग्रेजहरूलाई ऐतिहासिक गढी सिन्धुलीमाडीमा एशियाकै पहिलो हारको धुलो चटाउने वीर योद्धा सरदार वंशु गुरुङ र उनको कमाण्डमा खटिएका सबै समुदायका सैनिक थिए ।
खजाञ्ची वीरभद्र उपाध्याय श्रीहर्ष पन्तलगायतको सहयोगमा शिकारी सरदार वंशु गुरुङको कमाण्डमा खटिएको ७ सयको सङ्ख्यामा रहेका सैनिकका सेनापति गुरुङ र पृथ्वीनारायण शाहको रणनीति र युद्धको विभिन्न तजबिज लगाई सिस्नो, अरिंगालको गोला, ढुंगा, भाला, घुएँत्रो, धनुषवाण, खुकुरी, जस्ता घरेलु हतियारको सहायतामा युद्ध लडेका थिए । ती हतियारको सहायतामा तोप बन्दुकजस्तो आधुनिक हतियारसहित आएको २ हजार ४ सय हाराहारीको सैनिकको मुख्य जत्थालाई वि.सं. १८२४ कात्तिक २४ गते अर्थात् सन् १७६७ नोभेम्बर ११ का दिन तित बितर पारी अङ्ग्रेजहरूलाई ऐतिहासिक हारको स्वाद चखाएका थिए भने सुन्दर हिमालयको काखमाथि बसी विश्वमाथि राज गर्ने मिठो सपना चकनाचुर पारेका थिए ।
काठमाडांै उपत्यकालाई हात पार्न सहज हुने गोप्य रणनीति बनाई नेपालमाथि सत्ता जमाउने सपना देखेका अङ्ग्रेजले त्यसै हारलाई स्मरण गरी ४७ वर्षसम्म नेपालमाथि गिद्दे नजर उठाउने हिम्मत गर्न सकेनन् । थाहा छैन त्यो समय वंशु गुरुङ थिएनन् भने नेपालको इतिहासले कस्तो मोड लिन्थ्यो ? त्यो हारको उल्लेख कप्तान जर्ज किनलकको डायरी ‘एक्स्पिडिसन अफ नेपाल भ्याल्ली’ मा उल्लेख गरिएको छ भने वीर साहसी योद्धा वंशु गुरुङको वीरता याज्ञवल्क्यको स्मृति ग्रन्थमा स्पस्ट उल्लेख गरिएको छ भने इतिहासविद् महेशचन्द्र रेग्मीले पनि यसबारे लेखेका छन् ।
इष्ट इण्डिया कम्पनीमाथि ऐतिहासिक विजय गरेको सिन्धुलीगढीको विजयमा जनकपुरका दानदेव चौधरीको पनि ठूलो भूमिका रहेको इतिहास छ जसले अङ्ग्रेजको लागि रसदपानीको जिम्मा लिने बहानामा कूटनीतिक चाल चली गोर्खाली फौजलाई ठूलो सहयोग गरेका थिए । गौण पात्र भए पनि गहन भूमिका खेल्ने चौधरी नेपालका आदिवासी हुन् ।
पादरीको जामा भित्र लुकेर व्यापारको तुलो झिकी साम्राज्य बिस्तार गर्दै आएका विश्व विजयको अभियानमा लागेका अङ्ग्रेजले त्यसअघि फ्रान्स, स्पेन, क्यानडा, चीन र भारत लगायतका विशाल राष्ट्रमा आफ्नो सत्ता कायम गरिसकेका थिए ।
त्यसैगरी, वि. सं. २००७ सालको क्रान्तिमा शहीद रामप्रसाद राईको कमाण्डमा जनमुक्ति सेनाको गठन गरिएको थियो । सोही जनमुक्ति सेनाले राणाहरूको सैनिकलाई पूर्वको तत्कालीन २, ३ र ४ नम्बर क्षेत्रमा परास्त पारी २००७ सालमा प्रजातन्त्र ल्याउन अहम भूमिका निर्वाह गरेका थिए । पूर्वमा शहीद रामप्रसाद राई, मध्य नेपालमा एकदेव आले मगर, भैरहवा मर्चवारमा के आइ सिंह र सुदूर पश्चिममा चित्रबहादुर गुरुङको पहलकदमीमा मुक्तिसेना गठन गरी जहानियाँ सामन्तवादी सत्ताको विरुद्धमा गरेको क्रान्ति अतुलनीय छ । तर अहिले आएर नश्लीय राज्यसत्ताले यी सपूतहरूको योगदानलाई चटक्कै बिर्सेको छ ।
नेपालको इतिहासमा कालो समयको रूपमा चिनिने १ सय ४ वर्ष लामो जहानियाँ निरंकुश राणा शासनका प्रवर्तक जङ्गबहादुर राणाले जनताप्रति गरेको अन्याय अत्याचारको विरुद्धमा र राष्ट्रको अस्तित्व जोगाउनका निम्ति बुलन्द आन्दोलन गर्ने जनजातिहरू नै थिए । देश र जनताका लागि मृत्युवरण गर्ने प्रथम शहीद लखन थापामगर र नेपाली जनताप्रति गरिएको क्रुर दमन र अत्याचार सहन नसकी जंगबहादुरको विरुद्धमा विद्रोह गरी प्राणको आहुति दिने बौद्ध धर्मगुरु प्रथम गुरुङ शहीद शुकदेव गुरुङ जनजातिकै पुत्र थिए । निरंकुश एकदलीय पञ्चायती व्यवस्था विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा ५ जनाले शहादत प्राप्त गरेको सुखानी काण्डमा पर्नेमा कृष्ण कुइँकेल, रामनाथ दाहाल, नेत्र घिमिरेसँगै वीरेन राजबंशी र नारायण श्रेष्ठ पनि थिए ती जनजाति नै हुन् ।
यस्ता सयौं व्यक्ति इतिहासमा साक्षी छन् सबैको उल्लेख गर्न यहाँ सम्भव छैन । राष्ट्र निर्माणदेखि देश विकासको लागि जनजातिले बलिदान र योगदान दिएका थिए र अझै दिनेछन् ।
राष्ट्र र राष्ट्रियताको लागि हरेक क्षेत्रमा हातेमालो गरेर हिँड्ने जनजातिलगायत सबै नेपाली समान हुन् भने खोइ त व्यवहारमा समानता ? खोइ त संस्कार, संस्कृति, जातजाति, भाषा, धर्म, सेवा सुविधा र अवसरमा एकरूपता ?

विभिन्न समुदायका लाखौं जनताले बलिदान दिएर ल्याएको लोकतन्त्रको संविधानमा उल्लेख गरिएको परिभाषा खोइ कहाँनेर छ त ? जुन मानव जीवनको लागि अपरिहार्य चीज शिक्षाजस्तो पहिलो खुड्किलोमै भेदभावको प्रविष्टि देखिन्छ ।
नेपालको संविधान २०७२ ले बहुसंस्कृतिवाद र सामाजिक, सांस्कृतिक विविधतालाई स्वीकारेको छ । संविधानको प्रस्तावनामा नै भनिएको छ कि सामन्ती निरंकुश केन्द्रीकृत राज्य व्यवस्थाले सिर्जना गरेको तमाम विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारको जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै जनताको प्रतिस्पर्धातमक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली नागरिक स्वतन्त्रता तथा सक्षम निष्पक्ष र स्वतन्त्र न्यायपालिका र कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित दिगो शान्ति सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट यो संविधान जारी गर्दछ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भने के हामी नेपाल आमाका सन्तान होइनौँ ?
Facebook Comment
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
आज विश्वकर्मा मनाइँदै
कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।
Banner
आज भदौ १५ गते सोमबारको राशिफल
२०८३ साल भदौ १५ गते सोमबार सन् २०२६ अगष्ट ३१ तारिख। भदौ कृष्ण पक्षको तृतिया तिथि। राष्ट्रिय पुस्तकालय दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य छ। तपाईंका विरोधी साथी सक्रिय छन्। आफन्तबाट अपमानित भएको महसुस हुनेछ। :वा:थ्य र शिक्षामा गरेको मिहिनतले सन्तुष्टि मिल्नेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ।
सिंह : दिन सामान्य छ। बढी तर्क नगर्नु उचित हुन्छ। थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा ढिलासु:ती बढ्नेछ। :वा:थ्यले साथ दिए पनि राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुनेछ।
वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। दाजुभाइबाट साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा ढिलासु:ती भए पनि तपाईंको बढुवा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। राजनीतिक क्षेत्रमा पहुँच वि:तार हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु राम्रो हुनेछ। मूल्यंकन क्षमता बढ्नेछ।
कर्कट : दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र :वा:थ्यमा सुधारका संकेत फेला पर्नेछन्। विपक्षीमाथि विजय प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ।
कन्या : सचेत भएर अघि बढ्नुपर्ने दिनछ । अग्रजको माया प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट सफलता मिल्नेछ। परिवारमा भने विवाद हुनेछ।
तुला : दिन राम्रो छ। कृषिको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सहयात्री साथीले तपाईंको प्रशंसा गर्नेछन्। पारिवारिक मेलमिलाप हुनेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिलनेछ।
वृश्चिक : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ । :वा:थ्यमा सुधार आउनेछ । सामाजिक काममा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको मर्यादा बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
धनु : दिन राम्रो छ। आजको दिन थोरै बोलेर गरेको काममा प्रगति हुनेछ । तपाईंले लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि मिहिनेत गरेमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।
मकर : दिन राम्रो छ। आम्दानी बढ्नेछ। स्वास्थ्य र शिक्षाको सुधारले दैनिक काम सहज बन्नेछ। राज्यको सेवामा भए बढुवा मिल्नेछ। पारिवारिक मेलमिलाप हुनेछ ।
कुम्भ : दिन सामान्य छ। पुराना मानिसँगको भेटले नयाँ योजना बन्नेछन्। गुरुको साथ पाएमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्मा भने संकट आइपर्ने देखिन्छ।
मीन : दिन राम्रो छ। आज गरेको परिश्रमको फल प्राप्त हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login