Banner
कोभिड-१९ संक्रमितका लागि भनिएका यी औषधि चिकित्सकको परामर्श बिना सेवन नगर्नुस्
काठमाडौँको मनमैजुस्थित संयुक्त फार्मेसीका सञ्चालक रमेश लामिछानेका अनुसार त्यस्तो सूची लिएर औषधि खरिद गर्न मानिसहरु उनकाे पसलमा आउने गरेका छन्। “३-४ दिनमा करिब ६-७ जना व्यक्ति एकै किसिमको औषधिको सूची लिएर आए। पहिले त मैले कुनै डाक्टरले नै सिफारिस गरेको औषधि होला भन्ने सोचेँ तर पछि मेरै एक आफन्तले मलाई फोटो पठाई यो औषधि फेसबुकमा देखेको सही हो कि हैन भनेपछि पो थाहा पाएँ,” लामिछानेले भने। लामिछानेले त्यसपछि त्यस्तो सूची लिएर आउनेलाई औषधि नदिएको साउथ एसिया चेकलाई बताए।
उक्त सूचीमा ७ किसिमका औषधिहरु छन्।
ती औषधिको नाम र तिनको प्रयोग यस प्रकार छन्:
यी औषधिमध्ये जिङ्कोभिट, लिम्सी र सेलकाल भिटामिन र पाेषण पुरक औषधिहरु हुन्। डोक्सी र एजीथ्रल एन्टिबायोटिक (औषधि जसले शरीरमा रहेका हानिकारक ब्याक्टेरियाहरूलाई नष्ट गर्दछ वा तिनीहरूको विकास सीमित गर्दछ) हुन् भने डोलो ज्वराेको र इभरमेक्टीन जुकाको औषधि हो।
भिटामिन र पाेषणदायक औषधिहरु कोभिड-१९ का बिरामीका लागि उपयोगी हुनसक्ने भएतापनि त्यसको पुष्टि हुन सकेको छैन। त्यसैले यी औषधि चिकित्सकको सल्लाह र सुझाव अनुसार प्रयोग गर्नु उपयुक्त हुने हार्वर्ड मेडिकल स्कुलले प्रकाशित गरेको एक लेखमा जनाइएको छ। यसैगरी साइन्सन्युजमा प्रकाशित एक लेखमा भिटामिन सि, डि र जिन्कको कमी भएका कोभिड संक्रमितलाई मात्र यी दबाइले सहयोग गर्ने उल्लेख गरिएको छ। पुरक औषधि साधारणतया सुरक्षित भएतापनि इन्फेक्सनबाट बच्न चिकित्सकको सल्लाह अनुरुप प्रयोग गर्नु पर्ने उल्लेख गरिएको छ।
यसैगरी उक्त सूचीमा दुइवटा एन्टिबायोटिक पनि छन्। अमेरिकी स्वास्थ्य सम्बन्धी वेबसाइट हेल्थलाइनका अनुसार एन्टिबायोटिक गलत तरिकाले प्रयोग गरेमा फाइदा भन्दा हानि बढी गर्दछ। एन्टिबायोटिकले ब्याक्टेरियालाई उपचारको लागि प्रतिरोधात्मक बनाउन सक्छ भने यसले प्रतिरक्षा कोशिकालाई क्षति पुर्याउँछ र हाम्रो शरीरका सेतो रक्त कोशहरूको क्षमतामा ह्रास ल्याउन सक्छ। यसैगरी अमेरिकाकाे सेन्टर्स फर डिजिज कन्ट्राेल एण्ड प्रिभेन्सन (सिडिसि) का अनुसार जरुरी नभई एन्टिबायोटिक प्रयोग गर्नाले हानि गर्दछ। अनियन्त्रित एन्टिबायोटिकले झन् बढी बिरामी बनाउन सक्ने वा अन्य असर गर्न सक्ने सिडिसिले उल्लेख गरेको छ। यसै कारण सिडिसिले चिकित्सकको सल्लाह अनुसार मात्र एन्टिबायोटिक प्रयोग गर्न र अरुलाई सिफारिस गरिएको एन्टिबायोटिक प्रयोग नगर्न सुझाएको छ।
“यी औषधिहरु डाक्टरको सल्लाह बिना आफै सेवन गर्दा धेरै नराम्रो असर गर्नसक्छ,” काठमाडौँस्थित शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टर अरुण उप्रेतीले साउथ एसिया चेकलाई बताए। “यसरी जथाभावी औषधि सेवन गर्दा ती दबाइ चाहिने बिरामीलाई मार पर्ने र बजारमा सर्टेज हुन सक्छ।” डा. उप्रेतीका अनुसार अस्पतालमा चिकित्सकको निगरानीमा कोभिड-१९ संक्रमितलाई यस्ता केही औषधि चलाउनु स्वभाविक भएता पनि बिना परामर्श सेवन गर्नु उचित हुँदैन। त्यस्तै डा. कल्याण सुवेदीले आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै डाक्टरले ‘प्रिस्क्राइब’ गरेको बाहेक अन्य औषधि नखान सुझाएका छन्। उनले भनेका छन्, “त्यो औषधिको लिस्टको पछि नलाग्नु होला। ज्वरो आउँदा जुनसुकै ज्वरो घटाउने औषधि र खोकी लाग्दा खोकी कम गर्ने औषधि भन्दा अरु केही खानु पर्दैन।”
यसरी चिकित्सकको परामर्श बिना कुनै पनि औषधि लिनु अनुपयुक्त वा हानिकारक हुनाले सामाजिक सञ्जालमा फैलिएको कोभिड औषधिको सूची भ्रामक भएको ठहर हुन्छ।
– स्वास्थ्य खबर डट कमबाट
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login