Banner
कोरोना संक्रमितको परिवारलाई पीडामाथि पीडा, ५ किलोमिटर बाटोको एम्बुलेन्स भाडा २० हजार रुपैयाँ
विराटचोकः पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढिरहेको छ । संक्रमणको दर बढ्दै जाँदा अस्पतालमा बेड, आईसीयु र भेन्टिलेटरको अभाव हुन थालेको छ । स्वाब परीक्षण गर्ने रिएजेन्ट कीटको अभाव भएका खबर पनि सार्वजनिक भएका छन् ।
यसै क्रममा पछिल्लो समय कोरोना संक्रमितलाई बोक्ने एम्बुलेन्सले आफूखुशी मनपरी भाडा उठाउने गरेका छन् । कतिपय अस्पताल र एम्बुलेन्स चालकको मिलेमतोमा पनि बिरामीलाई ठग्ने गरेको पाइएको छ । बिरामीका आफन्तका अनुसार कतिपय अस्पतालले कोरोनाको बहानामा संक्रमित तथा अन्य बिरामीका परिवारलाई ठग्ने मौका पाउन थालेका छन् ।
आज साँझ सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ को तीनपैनीकी ३९ वर्षीया कोरोना संक्रमित महिलाको विराट नर्सिङ होममा निधन भयो । उनको मृत्यु पुष्टि हुनुअघि अस्पतालले उनलाई विराट टिचिङ अस्पताल रेफर गरेको थियो । तर उनको मृत्यु भइसकेपछि अर्काे अस्पताल रेफर गरिएको हो कि भन्ने शंका गर्ने ठाउँ रहेको संक्रमितका आफन्त र छिमेकी बताउँछन् ।
मृतक महिलाका छिमेकी लक्ष्मी सिग्देलका अनुसार ४ दिनअघि विराट नर्सिङ होममा सिटी स्क्यानिङलगायतका अन्य परीक्षण गरेपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो । हिजो मंगलबार पुनः जीउ दुख्ने, ज्वरो आउने आदि समस्या आएपछि अस्पतालले स्वाब संकलन गरी पीसीआर परीक्षण गराएको थियो । हिजो ३ बजे उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
तत्कालै उनलाई आईसीयुमा राख्नुपर्ने भनेर अस्पतालले भने पनि आईसीयु, भेन्टिलेटर केही खालि नभएपछि संक्रमितका परिवार र आफन्त समस्यामा परेका थिए । सिग्देलका अनुसार संक्रमित महिलालाई आज दिउँसो १२–१ बजेतिर आईसीयु खालि भएको भन्दै आईसीयुमा सारिएको थियो । तर, आईसीयुमा पनि उनको उपचार सम्भव नभएपछि भेन्टिलेटरमा राख्नुपर्ने र विराट टिचिङ हस्पिटलमा भेन्टिलेटर रहेको भन्दै उनलाई नर्सिङ होमले विराट टिचिङमा ३ बजेतिर रेफर गरेको थियो ।
एम्बुलेन्स भाडा २० हजार रुपैयाँ
रेफर गरिएको अस्पतालमा लान एम्बुलेन्स खोज्दा नपाइएपछि अस्पतालले नै एम्बुलेन्स मगाएको थियो । अस्पतालले मगाएको एम्बुलेन्सको भाडा सुनेर संक्रमितका परिवार र छिमेकी छक्क परेको सिग्देल बताउँछन् । लगभग ५ किलोमिटर टाढाको दूरीमा रहेको अस्पतालमा संक्रमितलाई लैजानको लागि भाडा २० हजार बताइएको थियो । संक्रमितका परिवार र आफन्तले आपत्ति जनाएपछि २ हजार छुट दिएर १८ हजार रुपैयाँ भाडा तिर्नुपर्ने भनेपछि संक्रमितका परिवारले १८ हजार रुपैयाँ भाडा तिरको सिग्देलले बताए ।
‘हामीलाई त पूरै नाटकजस्तो लाग्यो । अस्पतालले बोलाएको एम्बुलेन्सको भाडा बापतको रकम पनि अस्पतालमा नै जम्मा गर्न लगाइयो । हामीलाई त्यसको बिल पनि दिइएन’ फोन सम्पर्कमा उनले भने, ‘५ किलोमिटरको दूरीमा रहेको ठाउँमा लान २० हजार माग्नु, पछि धेरै बिन्ती गरेपछि २ हजार घटाउनु अनि १८ हजार रुपैयाँ तिरेको बिल अस्पतालले दिन्नँ भन्नु भनेको संक्रमितका आफन्तलाई पीडामाथि पीडा दिएको हो । त्यही पनि घरी एम्बुलेन्स हटाउनु भन्छ, घरी एम्बुलेन्स उता राख्नु भन्छ । प्रशासनको कुरा सुनेर हामी त छक्कै प¥यौँ ।’
रेफर गरेको २ घण्टासम्म साँझ ५ बजेसम्ममा पनि अस्पतालले डिस्चार्ज नगरेपछि आफूहरुले आपत्ति जनाएपछि डाक्टरले भेट्न बोलाएको सिग्देलले बताए । डाक्टरलाई भेटेर ‘हाम्रो बिरामी कि मरिसकेको छ भनेर घोषणा गर्नुपर्याे, कि रेफर गरिएको अस्पतालमा लान एम्बुलेन्सलाई भाडा पनि तिरिसकेको हुनाले डिस्चार्ज गर्नुप¥यो’ भनेपछि बल्ल डाक्टरले मुख खोलेको उनले सुनाए ।
त्यसपछि डाक्टरले बिरामीको बाँच्ने सम्भावना ज्यादै कम रहेको हुनाले अब अन्तिम पटक चेक गर्ने भनी पल्स (धड्कन) जाँचेर संक्रमितलाई मृत घोषित गरेको सिग्देल बताउँछन् । यी सबै घटना हेर्दा अस्पतालको कार्यशैली शंकास्पद देखिएको उनले बताए ।
सुरक्षाकर्मीको राम्रो समन्वय
संक्रमितको मृत्युपछि सुरक्षाकर्मीले राम्रो समन्वय गरेको सिग्देलले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले आफूहरुलाई संक्रमितको अन्त्येष्टी आफन्तले गर्ने कि सेनालाई गर्न दिने भनेर सोध्नुका साथै आफ्नो संस्कारअनुसार अन्त्येष्टी गर्ने भए दाहसंस्कारस्थल सम्म शव लान समन्वय गर्ने जानकारी दिएको सिग्देलको भनाइ छ । सिग्देलका अनुसार संक्रमितको अन्त्येष्टी भोलि जातीय परम्पराअनुसार हुने भएको छ ।
सुन्दरहरैंचाको तीनपैनीकी कोरोना संक्रमित महिलाको मृत्यु, सुन्दरहरैंचामा मृत्यु हुनेको संख्या ५
मृत्युपछि कोरोना संक्रमण पुष्टि, आफन्त भन्छन्, ‘कोभिड अस्पतालअगाडि अलपत्र अवस्थामा छौँ’
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login