Connect with us
Advertisement

कोशी पर्यटन वर्ष २०८२ : लक्ष्य १० करोड खर्च गर्ने,

Published

on

मस्कट र लोगो सार्वजनिक, २७ चैतमा टीएमजे क्षेत्रमा प्रधानमन्त्रीले उद्घाटन गर्ने

कोशी प्रदेश सरकारले महत्वका साथ प्रचार गरेको कोशी पर्यटन वर्ष २०८२ को लागि मुख्य नारा, लोगो र मस्कट सार्वजनिक भएको छ । पर्याप्त बजेटसहित घोषणा गरिएको पर्यटन वर्ष २०८२ को आगामी चैत २७ गते तेह्रथुमको तिनजुरे क्षेत्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयले कोशी प्रदेश भ्रमण वर्षका लागि आवश्यक पूर्वाधार र संरचना तयारी गर्ने उद्देश्यले पर्यटन वर्ष २०८२ मनाउन लागेको हो । त्यसका लागि चालु वर्ष २०८१/८२ को बजेटमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । विनियोजन गरिएको उक्त रकम तीन महिनाको अवधिमा कसरी खर्च हुन्छ भन्ने प्रश्न भने सरोकारवालाले उठाउने गरेका छन् । यद्यपि मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गरी आह्वान गरेपछि प्राप्त भएको विभिन्न छ वटा प्रस्तावबाट उत्कृष्ट लोगो र मस्कट भने स्वीकार गरेको छ । मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रेको मस्कट प्रयोग गर्ने निर्णय गरेको छ भने नेपाली राष्ट्रिय झण्डाको कभरमा विश्वमा कोशी टप्पुमामात्र पाइने अर्नाको प्रतिकसँगै सगरमाथा, पहाड, तराई, कोशी नदी र सुन्दर प्राकृतिक सम्पदा झल्काउने प्रतिकहरू प्रयोग गरी लोगो निर्माण गरिएको छ । लोगो र मस्कट बुधबार पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले अनावरण गरेका छन् । ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा पनि तय गरिएको छ । मुल नारा भने ‘रमणीय कोशी’ रहेको छ । मन्त्री मण्डलले कोशी प्रदेशको प्रमुख चार धार्मिक गन्तव्यहरू र पर्यापर्यटन, पैदलमार्गहरूलाई विशेष जोड दिएर पर्यटन प्रवर्द्धन गर्न चाहेको बताए । उनले वराह क्षेत्र, हलेसी, पाथीभरा र रामधुनीलाई प्रवर्द्धन गरेर ठूलो संख्यामा धार्मिक पर्यटकहरू ल्याउन सकिने सम्भावना रहेको बताए । केही महिनाअघि मात्र बराह क्षेत्रमा बागेश्वर बाबा भ्रमणका लागि आउँदा १५ लाखभन्दा बढी पर्यटक त्यहाँ पुगेका मन्त्री मण्डलको अनुमान छ । मन्त्री मण्डलले रामधुनी र हलेसीमा पनि त्यस्तै सम्भावनाहरू रहेको बताए ।

मन्त्रालयका सचिव विशाल घिमिरेले मन्त्रालयले प्रवर्द्धनको क्षेत्रमा विभिन्न ढंगले काम गरिरहेको बताए । उनले पर्यटन क्षेत्रका व्यवसायीरसँग छलफल अन्तरक्रिया, भारतीय फुटबल खेलाडी तथा नेता भाइचुङ भुटियालाई आमन्त्रण गरेर छलफल गर्नेदेखि प्रवर्द्धनका लागि अनेकौँ प्रयास भइरहेको तर त्यसलाई मिडियामार्फत जनताबिच लैजान नसकिएको बताए । उनले आफूहरू पर्यटन प्रवर्द्धनको क्षेत्रमा नयाँ भएको र नीतिगत सुधारको दिशामा अघि बढिरहेको भन्दै अब प्रवर्द्धनमा विशेष जोड दिने पनि बताए । छलफल कार्यक्रममा कोशी प्रदेश पर्यटन पर्यटन वर्ष २०८२ को सचिवालयका सहसंयोजकद्वय कृष्ण साह र भविस कुमार श्रेष्ठले पर्यटन वर्षको तयारीका क्रममा भइरहेका कामबारे जानकारी दिएका थिए ।

Nabil bank

सरकारले पर्यटन वर्षको दौरानमा भारतसँगको चार मुख्य नाकामा पर्यटन सूचना केन्द्र स्थापना गरी तथ्यांक संकलनलाई व्यवस्थित गर्ने श्रेष्ठले विश्वास व्यक्त गरे । पर्यटन वर्षको तयारीकै सन्दर्भमा सरकारले ५०० पर्यटन सहयोगी (भोलेन्टियर्स)हरू तयार गरिरहेको र उनीहरूले बजार प्रवर्द्धन गर्ने सहसंयोजक साहले बताए ।

कोशी प्रदेशमा प्रमुख पर्यटकीय गन्तव्यहरू १४ वटा रहेका छन् । नयाँ विकास गरिनुपर्ने पर्यटकीय क्षेत्र १६ वटा रहेको जनाइएको छ । २०८० साल चैतमा चतराधाममा आयोजना भएको महाकुम्भ मेलामा स्थलभार्गबाट लाखौं भारतीय पर्यटक आएको अनुमान प्रदेश सरकराको छ । साथै कोशी प्रदेशमा वार्षिक ४८ हजारको हाराहारीमा तेस्रो मुलुकका पर्यटक भित्रिने गरेका छन् । सन् २०२२ मा कोशी प्रदेशमा पर्वतारोहीको संख्या करिब १५ सयको हाराहारीमा पुगेको थियो ।

प्रदेशमा तारे स्तरका होटल १२ वटा, पर्यटकीयस्तरका होटल ३६ वटा छन् भने निजी र सामुदायिक गरी कुल १०५ वटा होमस्टेहरू रहेका पर्यटन मन्त्रालयले जनाएको छ । यस्तै ७१ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सी, ८७ जना ट्रेकिङ गाइड, २८९ जना टुरगाइड, पोर्टरगाइड ८५ जना रहेको तथ्याङ्क छ । प्रदेशमा ४ स्थानमा र्‍याफ्टिङ सञ्चालनमा छन् ।

इटहरीको इप्पील्याण्ड, झापाको ह्याप्पील्याण्ड र भेडेटार देविथान जीपलाइन, भेडेटार र कन्याममा स्काईवाकका साथै जङ्गल सफारीका रूपमा माउन्टेन साइक्लिङ तथा रक क्लाइम्बिङ, इलामको स्काइवाक र बुढासुब्बा तथा बेलकामा प्याराग्लाइडिङ कोशी प्रदेशका साहसिक पर्यटकीय खेलका रूपमा परिचित छन् । स्वीस सरकारको सहयोग तथा तीनै तहका सरकारहरूको सहलगानीमा यस प्रदेशमा ९ चियाबारी पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग र मुन्धुम पदमार्ग गरी चारवटा मुख्य पदमार्गमा आधारित पर्यटन विकास आयोजनासमेत यसै वर्षदेखि सञ्चालनमा रहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक