Banner
क्वालिटी इन्टरटेनमेन्ट अवार्डको मलेसिया संस्करण सम्पन्न
क्वालालम्पुर, मलेसियाः क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३, को मलेसिया संस्करण सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडलको प्रमुख आतिथ्यतामा सो अवार्ड समारोहमा सम्पन्न भएको हो । सो अवार्डको ग्रान्ड फिनाले नेपाल संस्करण भने यसै महिनाको अन्तिममा नेपालमा आयोजना गरिने भएको छ ।
क्वालिटी फिल्मस्द्वारा आयोजित सो समारोहमा विभिन्न १० विधामा अवार्ड प्रदान गरिएको थियो । समारोहमा राष्ट्रिय भावको सर्वोत्कृष्ट गीतकारको अवार्ड ‘देशलाई माया गर…’ बाट पुरुषोत्तम बस्नेतले, लोकगीत गीतकारको जुरी अवार्ड ‘जिस्केर मस्केर…’ गीतबाट डब्बु क्षत्रीले, लोक तथा दोहोरी गीत सर्वोत्कृष्ट गीतकारको अवार्ड अनाथ गीतबाट सागर रेग्मीले जिते ।
सोही समारोहमा उत्कृष्ट पप गीत गायिकाको अवार्ड सम्झनाको मफलरबाट गायिका नितु पुनले, सर्वोत्कृष्ट भेगविशेष गीत गायकको अवार्ड ओई सालीबाट सानु पुलामी मगर (चीन बहादुर) ले, सर्वोत्कृष्ट लोक गीत एरेन्जरको अवार्ड पत्ताको के जोराबाट डोलराज बाह्राघरेले, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशकको अवार्ड हाई सन्चो गीतको भिडियोबाट एकेन्द्र सारा शँकरले, लोक तथा लोक दोहोरी गीत म्युजिक भिडियो निर्देशकको जुरी अवार्ड माईतीको झलिकोबाट नरेन्द्र पुनले, उत्कृष्ट फोटोग्राफर तथा फोटो पत्रकारको अवार्ड ब्युटी न्युज नेपालका फोटो पत्रकार बद्री थापाले हासिल गरे ।
कार्यक्रमका निर्णायकमध्ये दुई जना निर्णायक गायक नवीनकुमार पौडेल र गीतकार शिव पौडेललाई प्रमाणपत्र प्रदान गरिएको थियो । निर्णायक पौडेलले समारोहमा आफ्ना गीत प्रस्तुत गरेका थिए ।
सोही समारोहमा लायन सुनकुमारी श्रेष्ठलाई समाजसेवी सम्मान, गीतकार÷गायक÷ कलाकार तथा चलचित्र निर्माता नवराजजँग थापालाई बरिष्ट कलाकार सम्मान, समाजसेवी रामबहादुर सारा शँकरलाई सामाजिक अभियन्ता सम्मान, व्यवसायी दोरनकुमार गौचनलाई युवा व्यवसायी सम्मान, महिला व्यवसायी दीक्षा तुलाचन गौचनलाई महिला व्यवसायी सम्मान प्रदान गरियो ।
मलेसियामा रहेर नेपालीहरुलाई विभिन्न सहयोग गर्दै आएका व्यक्तिहरु पनि कार्यक्रममा सम्मानित भए । यसरी सम्मानित हुनेहरुमा सामाजिक अभियन्ता तथा असल छिमेकी सेवा समाजका अध्यक्ष पूर्ण सुब्बा योङहाङलाई अन्तराष्ट्रिय व्यवसायी तथा समाजसेवी सम्मान, गोर्खा रेष्टुरेन्ट रावाङका अध्यक्ष एवम् व्यवसायी दुर्गाबहादुर गुरुङ (राज)लाई अन्तराष्ट्रिय व्यवसायी तथा समाजसेवी सम्मान, पत्रकार ईश्वर राईलाई पत्रकारिता तथा सामाजिक अभियन्ता सम्मान, डी काष्ठमाण्डप क्याफे बुकित विन्ताङलाई मौलिक नेपाली खाना सेवा सम्मानबाट सम्मानित गरियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल र क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले सबैलाई अवार्ड तथा सम्मान प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौडेलले नेपाली गीत संगीत तथा कलाकारलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रोत्साहन गर्ने बताए । आगामी दिनमा मलेसियामा यस्तो कार्यक्रम आयोजना गर्न दूतावासका तर्फबाट आफूहरुले पनि सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।
अवार्ड आयोजक तथा क्वालिटी फिल्मस् प्रा.लि.का अध्यक्ष उमेश गुरुङले नेपाली गीत संगीत तथा चलचित्रलाई अन्तराष्ट्रिय बजारमा प्रोत्साहन गर्न तेस्रो संस्करणको यो अवार्ड मलेसियामा आयोजना गरिएको जनाए ।
कार्यक्रमकी नेपाल संयोजक सरिता भारतीको व्यवस्थापनमा भएको सो कार्यक्रमलाई विलक्षण क्रियसनले व्यवस्थापन गरेको थियो । कार्यक्रममा हिमालयन बैंक मलेसियाका ब्रान्च म्यानेजर प्रदीप आचार्यलगायतले नेपाली गीत संगीतको प्रवर्धनमा यस्ता कार्यक्रम निकै उपयुक्त हुने बताए ।
सो समारोहलाई एनआरनए मलेशिया, गोर्खा समाज मलेशिया, तमु समाज मलेशिया, असल छिमेकी सेवा समाज मलेशिया, टप गन सेक्युरिटीलगायत विभिन्न संघ संस्थाले सहयोग गरेका थिए ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login