Banner
गछिया जेसीजले आयोजना गरेको ककस कार्यक्रममा यसरी प्रस्तुत भए वडाध्यक्ष पदका उम्मेद्वारहरु
विराटचोकः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका विभिन्न दलका उम्मेद्वारबीच सार्वजनकि बहस (ककस) कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
गछिया चोकको खुला चौरमा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ मा विभिन्न दलबाट वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका व्यक्तिबीच सार्वजनिक बहस भएको हो । कार्यक्रममा आफ्नो भनाइ राख्ने अधिकांश उम्मेद्वारले वडाको विकासमा आफूले गर्ने कामको बारेमा उपस्थित मतदातालाई जानकारी गराएका थिए ।
यस्ता थिए वडाध्यक्ष पदका उम्मेद्वारका प्रतिबद्धताहरुः
सन्तोष लिङ्देन, वडा नम्बर ६ नेपाली कांग्रेस
– भ्रष्टाचार गदिँन,
– राज्यबाट दिइने कुनै पनि सेवा सुविधा लिन्नँ
– एक व्यक्ति, एक कार्यकालको मान्यता राख्छु, फेरि उम्मेद्वार हुन्नँ ।
चैतन्यप्रसाद सिटौला, वडा नम्बर ७, नेपाली कांग्रेस
– बायो इन्जिनियरिङ र सिभिल इन्जिनियरिङमार्फत् गछिया खोलाको तटबन्ध गर्छु र वृक्षरोपण गर्छु,
– आवश्यकताका आधारमा सबै सडकहरुको स्तरोन्नति गर्छु,
– भोकालाई भोजन होइन आयआर्जनको लागि आवश्यक सीप प्रदान गर्छु,
– वडाभित्रकै बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाउँछु,
– वर्षमा २ पटक ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्छु ।
भुवनसिंह मगर, वडा नम्बर ७, स्वतन्त्र
– शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राख्छु,
– ठडिया आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्छु,
– ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था सरकारमार्फत् उपलब्ध गराउँछु, सरकारबाट सम्भव नभए निजी खर्चमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँछु,
– सामुदायिक विद्यालयका विद्यार्थीलाई १ जोडी विद्यालय पोशाक निजी खर्चमा उपलब्ध गराउँछु,
– वडाभित्रका सबै बाटोको नाम र नम्बरिङ गरी गुगल म्यापमा जोड्नेछु ।
पोष्टकुमार श्रेष्ठ, वडा नम्बर ७, नेकपा एमाले
– गछिया खोला कटान नियन्त्रणका लागि तत्काल अस्थायी तटबन्ध निर्माण गर्नेछु,
– गछिया खोलाबाट सङ्कलित ४० प्रतिशत राजस्व गछिया खोलाको तटबन्धनको लागि विनियोजन गर्ने व्यवस्था मिलाउँछु,
– समाजसेवी मनको भएको हुनाले समाजका हरेक समस्याको निराकरणमा सहयोग गर्नेछु,
– वडावासीले भनेअनुसारको काम गर्न सकिनँ भने तत्काल राजीनामा दिनेछु ।
लीलाप्रसाद पोखरेल, वडा नम्बर ७, विवेकशील साझा
– विकृत राजनीतिविरुद्ध आवाज उठाउन भूमिका निर्वाह गर्नेछु,
– निर्वाचित हुनासाथ सर्वदलीय विशेषज्ञ समूह निर्माण गरी सल्लाह र सुझाव लिनेछु,
– वडा सदस्यहरु हप्तामा १ पटक टोलटोलमा गएर वडावासीका समस्या बुझ्ने व्यवस्था गर्नेछु,
– १२ कक्षासम्म निःशुल्क शिक्षाका लागि पहल गर्नेछु ।
मिलन लुइँटेल, वडा नम्बर ७, नेकपा माओवादी केन्द्र
– कृषि र सहकारी क्षेत्रमा प्राप्त गरेको अनुभवको आधारमा ती क्षेत्रको उत्थानमा विशेष पहल गर्नेछु,
– युवाको मर्म र भावनाअनुरुप काम गर्नेछु,
– हरेक वर्ष ३० जनालाई जेटीए र ३० जनालाई भेटेनरीको निःशुल्क तालीमको व्यवस्था गर्नेछु,
– ५ वर्षभित्रमा गछिया खोलाको ८० प्रतिशत तटबन्धको काम पूरा गर्नेछु,
– कृत्रिम गर्भाधान निःशुल्क गर्ने व्यवस्था गर्नेछु,
– हरेक वर्ष कम्तीमा ५ सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराउनेछु ।
– ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउनेछु,
– मातृ शिशु आहार कार्यक्रम शुरु गर्नेछु ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login