Banner
छोरा-बुहारी भारतमा कमाउँदै, आमाबुबा मोबाइलमा रमाउँदै
कमलबजार नगरपालिका-६ की ५७ वर्षीया धना शाहीलाई केही वर्षअघिसम्म मन भुलाउने बहानाकै खोजी थियो । घरको कामधन्दा सकेर फुर्सदका बेला उनीसँग शून्यता मात्रै बाँकी हु्न्थ्यो । ३ छोरा-बुहारी र २ छोरी-ज्वाइँ काम गर्न भारत पसेका छन् ।
मोबाइल चलाउँदै बसेका मंगलसेनका महिला । तस्बिर : मेनुका/कान्तिपुर
घरका तीन नातिनातिनी स्कुल हिँडेपछि उनीसँग गफ गर्ने मान्छे पनि कोही हुन्न । यस्तो बेला उनको साथी भएको छ, भारतबाट छोरीले पठाइदिएको मोबाइल ।
धना आफ्नो नामसमेत लेख्न जान्दिनन् । कतै हस्ताक्षर गर्नुपरे उनीसँग ल्याप्चेको विकल्प रहन्न । तर मोबाइल चलाउन भने उनलाई कुनै दकस छैन । १० वर्षअघि श्रीमान्को मृत्यु भएपछि एक्लो बनेकी धनालाई लाग्छ, एक्लै भए मनमा कुरा खेल्छ । मोबाइल भए मन यसमै भुल्छ ।
५ वर्षअघि छोरीले पठाइदिएको मोबाइल हात पर्दा उनलाई कसरी चलाउने भन्ने पीर परेका थियो । कतै खसि पो हाल्छ कि भनेर डर लाग्थ्यो । सुरुवाती दिनमा नातिनातीनाले सिकाएपछि उनी मोबाइल चलाउन अभ्यस्त बन्दै गइन् । धनाले सुनाइन्, ‘युट्युब , फेसबुक, टिकटक सबै हेर्छु । हेर्दाहेदै दिन बितेको पत्तै हुँदैन ।’
अक्षर नचिन्ने भएकाले उनी कल लगमा नातिनातिनाले सेभ गरिदिएका आफन्तका तस्बिर हेरेर फोन र भिडियो कल गर्छिन् । भन्छिन्, ‘टाढा भएका छोराछोरी पनि साथमै भए जस्तो लाग्छ । कहिलेकाहीँ त यस्तो जमाना पनि आयो भनेर दंग पर्छु ।’
उनको गाउँमा राम्ररी इन्टरनेट टिप्दैन । दिउँसो उनी वडा नम्बर ७ को कार्यालय छेउमा जान्छिन् । त्यहाँ नेपाल टेलिकमको नेट राम्ररी चल्छ । ‘मोबाइलमा पैसा हाल्न पनि जानेको छैन । बम्बैबाट छोरा-बुहारीले हालिदिन्छन् । यता पढेलेखेकाहरुसँग महिनाको डाटा प्याक तानिमाग्छु । नेट चल्ने ठाउँमा आएर हेर्छु । डाउनलोड गरेको भिडियो भने राति हेर्छु,’ उनले हाँस्दै सुनाइन् ।
साथमा मोबाइल भएकाले उनलाई संसार आफूसँगै भएजस्तो लाग्छ । देश दुनियाँका खबर सबै थाहा पाएजस्तो लाग्छ । तर आफ्नो गाउँमा राम्ररी नेट नटिप्ने कुराले भने उनलाई दिक्क बनाउँछ । त्यही भएर उनी जनप्रतिनिधि वा अन्य सरोकारवाला भेट्नेबित्तिकै गाउँमा नेट नचलेको गुनासो गर्छिन् । भन्छिन्,‘गाउँमा नेट चलेको भए कति सजिलो हुन्थ्यो । तर हाम्रा कुरा कोही सुन्दैनन् ।’
मंगलसेन-७ का ७७ वर्षीय मंगलबहादुर नेपालीले जीवनका उर्वर समय भारतमा काम गरेर बिताए । अहिले उनका तीन छोरा कामको खोजीमा उनकै पदचाप पछ्याउँदै भारत नै पसेका छन् । बुढ्यौलीका दिन उनी घरमा बिताइरहेका छन् ।
आफ्नो नामसमेत लेख्न नजान्ने उनले भारतमा हुँदा पढेलेखेका मान्छेसँग हारगुहार गरेर चिठी लेखिमाग्थे । छोराहरुलाई सन्चो-बिसन्चो खबर पठाउँथे । घरको खबर पनि उनी महिनौं दिनपछि चिठीबाटै थाहा पाउँथे । ती दिनमा उनी कहिले चिठी लेख्ने मान्छे खोज्दै हिँड्थे, कहिले चिठी पढिदिने मान्छे खोज्दै । उनले सुनाए, ‘अरुले चिठी लेखिदिँदा उनीहरुले आफ्नो शैलीमा लेख्थे । चिठी लेखिमाग्नेको भावना कसले समेट्ने ? मनमा भएका कुरा लेखिमाग्न मन लाग्थ्यो । तर सम्भव हुँदैनथ्यो ।’
८ वर्षअघि श्रीमती बितेपछि उनलाई एक्लो बुढेसकाल कसरी बिताउने भन्ने लागेको थियो । कान्छी बुहारी र चार नातिनातिना घरमा भए पनि उनीहरु आफ्नै व्यस्ततामा हुन्छन् । यस्तो बेला उनको साथी भएको छ, मोबाइल ।
अक्षर नचिनेर के भो र उनी फोटो हेरेर छोरा-बुहारी र बरु आफन्तलाई फोन गर्छन् । सुखदु:ख साटासाट गर्छन् । मंगलले सुनाए, ‘चिठीपत्रका दिन त कुनै समयको कथाजस्तो पो लाग्छ ।’
Facebook Comment
Banner
एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुनेछ ।
एनपीएलका अघिल्ला दुई संस्करणमा पोखराले सुदूरपश्चिमसँग दुवै खेल गुमाएको थियो । आजको खेलमा पोखरा इतिहास बदल्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम भने पोखरालाई हराएर आफ्नो यात्रा अघि बढाउने योजनामा छ ।
सुदूरपश्चिमको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । अन्य खेलाडीहरुमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दिपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल रहेका छन् ।
यस्तै विदेशी खेलाडीहरुमाशेरफन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेन छन् ।
यसैगरी, पोखरा एभेन्जर्सको नेतृत्व कुशल भुर्तेलले सम्काल्ने छन् । अन्य खेलाडीहरुमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल, विपिन आचार्य छन् ।
यस्तै, शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनन्जय लक्षण रहेका छन् ।
आठ टोली सहभागि प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login