Banner
जब पारस शाहले विद्यार्थी बोकेको बसमाथि पेस्तोल ताके…
विभिन्न हर्कतका कारण चर्चामा आइरहने पूर्व युवराज पारस शाहले चितवनमा विद्यार्थीलाई घरतर्फ छाड्न गइरहेको बसमाथि पेस्तोल देखाएको बताइएको छ ।
चितवनको सनराइज स्कुलका विद्यार्थीलाई घर छाड्न गइरहेको गाडीमा पारसले पेस्तोल देखाएर तथानाम गालीगलौज गरेको बताइएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष नविन श्रेष्ठले विद्यालयको बस रोकेर पेस्तोले देखाएको भन्ने आफूले सुनेको तर, कसले देखाएको हो भन्ने पहिचान भने नभइसकेको बताए ।
उनले यस विषयमा आफूलाई यो भन्दा बढी थाहा नभएको र अहिले विद्यालयभन्दा बाहिर रहेको जानकारी दिए ।
उक्त विद्यालयका प्रधानाध्यापक शिव बगालेले घटनाबारे बस चालकले आफूहरुलाई जानकारी गराएको बताए । तर, घटनामा संलग्न ब्यक्ति पूर्व युवराज पारस हुन् वा होईनन् भन्ने कुराको यकिन नभएको उनको भनाइ छ । उनले तीब्र गतिमा आएको कालो रङको गाडीलाई विद्यालयको बसले अवरोध गरेपछि उक्त गाडीबाट उत्रिएर ड्राइभरसँग भनाभन भएको र पछि कम्मरबाट कुनै वस्तु निकालेको तोकेको भनेर ड्राइभरले जानकारी गराएको बताए ।
उक्त घटना पनि सिभिल प्रहरीले विद्यालयमा आएर सबै कुरा बुझेको र ड्राइभरसँग पनि सोधपुछ गरेको बताए । तर, ब्यक्ति को थियो भन्ने बारे प्रष्ट भने नभएको उनको भनाइ छ ।
नेपाल क्रिकेट एशोसिएशन (क्यान) बागमती प्रदेश सदस्य अनिल अधिकारीले उक्त घटनाबारे सामाजिक सञ्जालमा लेखेका छन् । साथै, उनले उक्त घटनाबारे सरोकारवाला निकायमा जानकारी गराएपनि गुपचुप राख्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन् :
चितवनको सनराइज स्कुलको विद्यार्थी बोकिरहेको स्कुल बस ड्राइभरलाई केही दिनअघि पूर्व युवराज पारस शाहले बन्दुक देखाएर तथानाम गाली गरेको घटनाको बिषयमा स्कुलको प्रचार्य शिव बगाले सरलाई कार्यकक्षमा भेटेर जान्कारी लिएँ । फोनबाट चितवन प्रहरी प्रमुख भावेश्वोर रिमाल, नेपाली कांग्रेस चितवनका पार्टी सभापति राजेश्वोर खनाल्, भरतपुर माहनगर मेयर रेणु दाहाल्, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, चितवन क्षेत्र नम्बर २ की सभासद शान्ती परियार्, नेताहरु जित नारायन श्रेष्ठ, टेक प्रसाद गुरुङ, कृष्ण राज लब्लीलाई जान्कारी गराएको छु । केहि विद्यार्थी र युवा नेताहरुलाई घटनाको जान्कारी छ । सनराईज स्कुलको विद्यार्थी तथा स्टाफहरु सबलाई थाह छ ।उनीहरु सबै बोल्न डराइरहेका छन् ।प्रहरीले घटनाको अनुसन्धान गर्दै छ भनेर पन्छिएका छन् । प्राचार्य शिव बगाले शुरुमा प्रहरीइले घटनाको अनुसन्धान गर्दै छ । हामी किटानी जाहेरी दिदैनौं भनेर पन्छिन खोजे । प्रहरीले शुरुमा अनाकानी गरे पनि अनुसन्धान गर्दै छौं भनेको छ । धेरैलाई यो घटना हाँसो लाग्दो, केहीलाई ग¥यो त ग¥यो के भयो त भन्ने लागेको छ भने केहीलाई यस्तो कुरा केही होईनजस्तो लागे नि विद्यार्थी बोकिरहेको स्कुल बसमा भएको यो घटना त्यतिकै गुपचुप रहन्छ कि अघि बढ्छ केही दिनमा थाह हुनेछ ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login