Banner
तागत सकिएर बुढ्यौलीले गलिसकेको शरीर थरथर काँपिरहेको अवस्थामा एक वृद्ध मोरङको अनकन्टार जंगलमा भेटिएका छन्।
तागत सकिएर बुढ्यौलीले गलिसकेको शरीर थरथर काँपिरहेको अवस्थामा एक वृद्ध मोरङको अनकन्टार जंगलमा भेटिएका छन्। सुन्दरहरैँचा नगरपालिका–१ डाँगी टोलका अन्दाजी ७५ वर्षीय जामुनलाल ऋषिदेव बेलबारी नगरपालिका १ र ४ को सिमानास्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र भेटिएका हुन्। चारकोसे झाँडीभित्र वृद्ध एक्लै कसरी पुगे भन्ने यकिन भइसकेको छैन।
काँपिरहेको बेवारिसे अवस्थामा वन हेरालुहरूले उनलाई फेला परेका थिए। उनलाई मंगलबार बिहान ११ः३० बजेतिर बेलबारी नगरपालिकाका स्वास्थ्यकर्मी, नगरप्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो। उद्धार गरेर सुरुमा उपचारका लागि बेलबारी नगर अस्पतालमा लगिएको थियो। त्यसपछि सुन्दरहरैँचा नगर अस्पतालमा भर्ना गरियो। थप उपचारका लागि बुधबार विराटनगरको कोशी अस्पताल ल्याइएको छ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की वृद्ध जामुनलाल कसरी एकान्त जंगलमा पुगेका हुन् भनेर अनुसन्धान भइरहेको बताउँछन्। उनका अनुसार थरथर काँपिरहेका र राम्ररी बोल्न नसक्ने वृद्ध सबै कुरा बताउन सक्दैनन्। नेपाली पनि राम्ररी बोल्दैनन्। वास्तविकता पत्ता लगाउन इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ। यद्यपि, कसले, कहाँबाट, कसरी वन क्षेत्रको बीच भागमा ल्याएर वृद्धलाई छाडेको हो भन्ने खुल्न बाँकी छ।
‘जंगलको बीचमा वृद्ध एक्लै फेला परेको भनेर वनका पदाधिकारीले प्रहरीलाई खबर गरेका थिए। वृद्ध आफ्नो नामसमेत भन्न सक्ने अवस्थामा थिएनन्,’ एसपी कार्की भन्छन्, ‘सबै पक्षसँग समन्वय गरेर जंगलबाट उद्धार गरी उपचारका लागि लगियो। स्वास्थ्य अवस्था ठीक भएर राम्ररी बोल्नसक्ने भएपछि धेरै कुरा खुल्छ भन्ने अपेक्षा छ।’
उनका अनुसार वृद्धले भनेको आफ्नो वतनका वडाध्यक्ष र गाउँटोलमा प्रहरी गएर फोटो देखाउँदै सोधीखोजी गरे पनि कसैले चिनेनन्। जनप्रतिनिधिलगायतसँग समन्वय गरेर थप खोजी गर्ने क्रममा सुन्दरहरैँचा–१ डाँगी टोलमा घर रहेको प्रहरीले पत्ता लगायो।
एसपी कार्की सुरुमा वास्तविक वतन र परिवारको अवस्था पत्ता लगाउनै समस्या भएको बताउँछन्। उनका अनुसार घटनाको प्रकृति हेर्दा कोही न कोहीले जंगलमा लगेर छाडिएको आशंका छ। वृद्धलाई छोरा–बुहारीले मोटरसाइकलमा ल्याएर ४ दिनअघि जंगलमा छाडिदिएको हल्लासमेत चल्यो। तर, यथार्थमा त्यस्तो नपाइएको प्रहरीले जनाएको छ।
‘कसैले जंगलमा छाडिएको हुनसक्ने अनुमान छ। तर, छोरा–बुहारीले चैं हैन,’ प्रहरी स्रोतले भन्यो, ‘वृद्ध केही समयदेखि घर छाडेर हिँडेका रहेछन्। बाहिरै बस्ने र उतै खाने गरेको खुल्यो।’ प्रहरीका अनुसार वृद्ध जामुनलालकी पत्नीको यसअघि नै मृत्यु भइसकेको छ। उनका दुई छोरा छन्।
जेठा छोरा जल्वा ऋषिदेव परिवारसहित घरमै र कान्छो छोरा दिनेश ऋषिदेव परिवारसहित भारतको हरियाणास्थित कुखुरा फार्ममा काम गरेर बस्ने गरेको प्रहरीले पत्ता लगाएको छ। सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर अकली चौधरीका अनुसार जेठा छोरा जल्वासमेत शारीरिक रूपमा अशक्त छन्। ‘राम्ररी हिँड्डुल गर्न नसक्ने उहाँले मोटरसाइकल चलाउन सक्ने कुरै भएन। लामो समयदेखि हाइड्रोसिलको बिरामी हुनुहुँदो रहेछ,’ चौधरी भन्छिन्, ‘तर, वृद्धलाई छोरा–बुहारीले जंगलमा छाडिदिए भनेर हल्ला चलाइयो। त्यो गलत रहेछ।’
उनका अनुसार वृद्ध जामुनलालका जेठा छोरा जल्वाको नै उपचार गराउनुपर्ने अवस्था छ। ऋषिदेव परिवार आर्थिक रूपमा अति विपन्न रहेकाले उपचारमा नगरपालिकाले सहयोग गर्ने उपमेयर चौधरीले बताइन्। उपचारका लागि प्रदेश र संघीय सरकारसँग पनि समन्वय गरिने उनको भनाइ छ। ‘वृद्ध कसरी त्यहाँ पुग्नुभयो भन्ने थाहा भएन। घरमा लामो समयदेखि नबस्ने गरेको पाइयो,’ उनले भनिन्, ‘घर छाडेको धेरै भएको रहेछ। छोराले पनि हामीसँग १/१ वर्षमा मात्रै बुवाको भेट हुन्थ्यो भनेर भन्नु भएको छ।’
उनका अनुसार वृद्धले शुद्ध नेपाली बोल्न जान्दैनन्। ‘तंग्रिएर राम्ररी होसमा आइसकेपछि सबै कुरा खुल्छ होला। प्रहरीले अनुसन्धान गरिरहेको छ,’ चौधरी भन्छिन्। घर छाडेर बाहिर बस्न थालेको १५ वर्षभन्दा धेरै भयो भनेर परिवारका सदस्यले भनेका छन्। बाहुनी, होक्लाबारीलगायतका ठाउँमा विभिन्न व्यक्तिका घरमा काममा सहयोग गर्ने र त्यहीँ खानेबस्ने गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार छोराले सोधीखोजी गर्दा बाटो भुलेर म त्यहाँ पुगेँ भनेर वृद्धले भनेका छन्।
साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार वन क्षेत्रको निगरानी र गस्तीका लागि गएकाहरूले वृद्धलाई फेला पारेका हुन्। ‘जोकोही मानिस पुग्नै नसक्ने ठाउँमा जंगलको बीचमा लगेर छाडिएको रहेछ,’ उनले भने, ‘वनको गस्ती टोलीले फेला पारेको हो।’ वृद्ध फेला परेका वन क्षेत्रमा जंगली हात्तीको ‘मुभमेन्ट’ धेरै हुने गिरीले बताए।
‘जंगलमै लगेर छाडिएको चैं पक्का हो। बुढ्यौली अवस्थामा एक्लै हिँडेर जोकोही त्यहाँ पुग्न सक्दैनन्,’ उनले भने, ‘सुरुमा त छोरा–बुहारीले छाडिदिएको भनेजस्तो लागेको थियो। तर, वास्तविक कुरा हामीलाई थाहा भएन।’
बोरामा दुईतिर घोचा हालेर बनाइएको अस्थायी स्ट्रेचरमा बोकेर वृद्धलाई गाडी चल्ने ठाउँसम्म लगिएको र त्यहाँबाट अस्पताल पुर्याइएको जानकारी उनले दिए।
वृद्ध फेला परेको वन अनकन्टार र डरमर्दो रहेको गिरी बताउँछन्। ‘एकान्त जंगलमा जोकोही एक्लै पुग्नसक्ने अवस्था छैन। एकदमै डरमर्दो ठाउँ छ। त्यसमाथि हात्तीको चहलपहल धेरै हुन्छ। वृद्ध फेला परेको स्थान सवारीसाधन कुद्ने सडकबाट करिब डेढ किलोमिटरभित्र पर्छ,’ उनले भने।
(sabhar: annapurna post)
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login