Banner
तेक्वान्दोका अधिकांश प्रतिष्पर्धामा सुनसरीलाई स्वर्ण पदक
बिर्तामोडः असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्टिय खेलकुद प्रतियोगिताको लागि भएको तेक्वान्दोको छनोट खेलमा सुनसरीका खेलाडीले पदकमा वर्चस्व राखेका छन् ।
झापाको बिर्तामोडमा भएको प्रतियोगितामा पुरुष ग्रुप पुम्सेतर्फ सुनसरीका प्रदीप लिम्बू, सुदीप घिमिरे र निङमा तामाङले स्वर्ण पदक पाएका छन् । झापाका विवेक गिरी, मौसम आचार्य र भुवन सिंह आचार्यले रजत र इलामका रोजन मगर, नितेश भुजेल र गौरव सिवा तथा उदयपुरका सुजन राई, श्रवण माझी र उत्तम राईले रजत पदक जितेका छन् ।
महिला ग्रुप पुम्सेमा सुनसरीका सुशीला राई, मनिषा बिक, र शान्ति राईले स्वर्ण जितेका छन् । उदयपुरका सपना श्रेष्ठ, कंचन राई र कृष्तुला राईले रजत पदक र इलामका सृष्टि भुजेल, आषिका आपिङवे, र अन्जली भुजेल तथा ओखलढुङ्गाका डोमा शेर्पा, रमिला रुचल र पेम्बाछिरी शेर्पाले कास्य जितेका छन् ।
पुरुष एकल पुम्सेतर्फ सुनसरीका विवेक राईले स्वर्ण पदक जितेका छन् भने झापाका मौसम आचार्यले रजत र उदयुरका सुरज राई तथा खोटाङका विवेक राईले कास्य पदक जितेका छन् ।
महिलातर्फको एकल पुम्सेमा सुनसरीकी सुशीला राईले स्वर्ण, खोटाङकी रेजिना राईले रजत र ओखलढुङ्गाकी सोरुया राई तथा उदयपुरकी कृस्तुला राईले कास्य पदक जितेका छन् ।
पियर पुम्सेतर्फ सुनसरीका सुदेश राई र सुवेक्षा राईले स्वर्ण, खोटाङ्गका विवेक राई र रेजिना राईले रजत र उदयपुरका सुरज राई र कृस्तुला राई तथा झापाका विवेक गिरी र शिवमी बानियाले कास्य पदक जितेका छन् ।
फाइटतर्फ महिला ६२ केजी तलको फाइटमा सुनसरीकी प्रज्ञा परियारले स्वर्ण, मोरङकी सृजना धिमालले रजत र ताप्लेजुङंकी अन्जली लिम्बूले कास्य पदक पाएका छन् ।
महिला ६७ केजी तलको तौल समूहबाट उदयपुरकी बिनिता माझीले स्वर्ण पदक जितेकी छिन् भने इलामकी तनिषा सिठुङ्गे मगरले रजत र सुनसरीकी श्रद्धा शाक्यले कास्य पदक पाएकी छिन् ।
महिला ७३ केजी तल तौल समूहको प्रतिस्पर्धामा सुनसरीकी मगेरेस लिम्बूले स्वर्ण, मोरङकी बिन्दु राईले रजत र तेह्रथुमकी संगीता खत्रीले कास्य पदक जितेका छन् ।
महिला ७३ केजी माथि भएको प्रतिस्पर्धामा सुनसरीकी सिर्जना तामाङले स्वर्ण, मोरङकी रिजा श्रेष्ठले रजत र सोलुखुम्बुकी सम्झना राईले कास्य पदक पाएका छन् ।
महिला ४६ केजी तलको तौल समूहमा झापाकी अनुजा सापकोटाले स्वर्ण जितेकी छिन् । सुनसरीकी यमुना राईले रजत जित्दा धनकुटाकी प्रमिज्ञा समाल मगरले कास्य पदकमा चित्त बुझाएकी छिन् ।
महिला ४९ केजी तलको तौल समूहमा सुनसरीकी क्रिस्टिना राईले स्वर्ण, खोटाङकी समला राईले रजत र सोलुखुम्बुकी सञ्जु बिकले कास्य पदक जितेकी छिन् ।
महिला ५३ केजी तल तौल समूहमा उदयपुरकी रेनुका विकले स्वर्ण पदक पाएकी छिन् भने पाँचथरकी किनारी जगेवुले रजत र ताप्लेजुङकी भूमिका लिम्बुले कास्य जितेकी छिन् ।
महिला ५७ केजी तलको तौल समूहको खेलमा सुनसरीकी समीक्षा लिम्बूले स्वर्ण, पाँचथरकी इच्छा तुम्रोकले रजत र ताप्लेजुङकी अस्मिता सापदेनले कास्य जितेका छन् ।
पुरुष तेक्वान्दोतर्फ फाइटमा मोरङका नेत्रबहादुर कार्कीले स्वर्ण, उदयपुरका लवकुश मगरले रजत र सोलुखुम्बुका प्रिन्सहाङ राईले कास्य पदक जितेका छन् ।
पुरुषतर्फ ८० केजी भन्दा तलको तौल समूहको प्रतिस्पर्धामा इलामका सुलभ श्रेष्ठले स्वर्ण पदक पाएका छन् । सुनसरीका सुनिल थामीले रजत र मोरङका पुस्कर थापाले कास्य जितेका छन् ।
पुरुष ८७ केजी तलको फाइटमा झापाका श्याम धिमालले स्वर्ण जितेका छन् भने उदयपुरका राजकुमार माझिले रजत र संखुवासभाका सञ्जय पोर्तेलले कास्य पदक पाएका छन् ।
८७ केजी माथिको तौल समुहको फाइटमा सुनसरीका युकेश भट्टराईले स्वर्ण, मोरङका अंकित परियारले रजत र पाँचथरका यमकुमार श्रेष्ठले कास्य जितेका छन् ।
पुरुष ५४ केजी तलको तौल समूहमा सुनसरीका शिव खड्काले स्वर्ण, मोरङका कैलाश राईले रजत र उदयपुरका रोशन चौधरीले कास्य जितेका छन् ।
पुरुष ५८ केजी तलको खेलमा झापाका एलिस ठकुरीले स्वर्ण, पाँचथरका अनिश राईले रजत र खोटाङका बरुण राईले कास्य पदक पाएका छन् ।
पुरुष ६३ केजी तौल समूहको खेलमा खोटाङका मोहन राईले स्वर्ण, सुनसरीका सुगम राईले रजत र सोलुका आमबोहाङ तामाङले कास्य पदक पाएका छन् ।
पुरुष ६५ केजी तौल समूहमा झापका अरुण डाँगीले स्वर्ण, सुनसरीका रामकृष्ण राईले रजत र खोटाङका ज्ञानबहादुर श्रेष्ठले कास्य पदक जितेका छन् ।

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login