Banner
दूधकोसी थुनियो,
सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ र ४ जोड्ने दूधकोसी नदीमा निर्माणाधीन पक्की पुल सिखु खोलाबाट आएको गेग्र्यानयुक्त बाढीले पुरिँदा नदी थुनिएको छ । यसले करिब एक किलोमिटर दुरी लामो ताल बनेको छ।
कोसी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सोलुखुम्बुबाट खोटाङ जोड्ने काङेल बात्तिम–वादे जुबु सडक खण्डमा निर्माण भइरहेको पुल सिखु खोलाको बाढीका कारण पुरिएको हो। पूर्व प्रदेशसभा सदस्य उत्तम बस्नेतका अनुसार सिखु खोलाको लेदो र ढुंगामाटोसहितको बाढीले पुलको एक स्पानको अधिकांश भाग पुरिएको छ, जसले गर्दा दूधकोसी नदीको बहाव अवरुद्ध भएको हो।
उनका अनुसार केही दिनअघि नै पुलको आधा भाग बाढीले पुरिसकेको थियो भने गएराति पुनः आएको बाढीले पुल थप क्षतिग्रस्त बनाएको छ।
पुलको पिलरहरू समेत प्रभावित भएका छन् । यता, प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बाढीका कारण दूधकोसी थुनिएको भए पनि स्थानीय तहको सहयोगमा पानीको बहाव खुलाइएको र अहिले अवस्था सामान्य रहेको बताएका छन्। उनले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको जानकारी दिए।
वडा नम्बर २ का वडाध्यक्ष युजन बस्नेतले दुधकोसी नदीमा एक किलोमिटरभन्दा लामो क्षेत्रमा पानी जमेको छ। सिखु खोलाबाट आएको बाढीले नदीको बहाव अवरुद्ध बनाउँदै दूधकोसी थुनिएको हो।
उनका अनुसार असार २६ गते परेको अविरल वर्षापछि सिखु खोलाबाट आएको गेग्रानसहितको बाढीले नदी किनारमा रहेको ठूल्ठूला ढुंगासहितको बालुवा थुपारेर नदीको बहाव अवरुद्ध बनाएको हो। सुरुमा २००–३०० मिटर क्षेत्रफलमा मात्रै पानी जमेको भए पनि पछिल्ला दिनमा पानीको सतह बढ्दै जाँदा अहिले एक किलोमिटर लामो क्षेत्रमा पानी जमेको अध्यक्ष बस्नेतले बताए।
‘बाढीले नदी किनारको खेतबारीमा भने केही क्षति पुर्याएको छ,’ उनले भने, `यद्यपि बस्ती नजिक नभएकोले तत्काल ठूलो मानवीय क्षतिको सम्भावना भने छैन।´
त्यही क्षेत्रमा अवस्थित ८६ मेगावाटको जलविद्युत् आयोजनाको पावर हाउस जोखिममा छ।
प्रमुख जिल्ला अधिकारी फिल्डमा नआएको तर प्रारम्भिक सूचनाका आधारमा फिल्डमा समस्या नरहेको बताएका छन्। यद्यपि स्थानीयले भने स्थिति स्थलगत अवलोकन गरी जोखिमको वास्तविक मूल्यांकन गर्न आग्रह गरेका छन्।
नदी ताल जस्तो अवस्थामा देखिएको र पुल पुरिएर नदी बाँधझैँ बनेको बताए। वडा नम्बर ४ तर्फ पहिरो खसेको क्षेत्रबाट दूधकोसी पूर्ण रूपमा थुनिन सक्ने खतरा अझै कायमै छ। घटनाबारे सम्बन्धित निकायहरूलाई जानकारी गराइसकेको पनि बस्नेतले बताए।
‘पुल पुरिएर पानीको सतहमाथि उठेको छ, पानी पुलमाथिबाटै बगिरहेको छ। रातिको समयमा त नदी पूर्ण रूपमा थुनिएको अवस्था थियो,’ उनले भने, ‘पुलको पिलरहरू बांगिएर अब पुनर्निर्माणसमेत चुनौतीपूर्ण देखिन्छ।’
दूधकोसी नदीको सतहमाथि उठेपछि ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको पावरहाउससमेत जोखिममा परेको जनाइएको छ।
प्रदेश सरकारको १५ करोड रुपैयाँभन्दा बढीको लागतमा २०७६ सालदेखि निर्माण सुरु भएको पुल बजेट अभावका कारण लामो समयदेखि अधुरै अवस्थामा थियो।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login