Banner
देशभर फैलिँदै डेंगु संक्रमण, अबका चार महिना अति जोखिमपूर्ण
मनसुन भर्खरै सुरू भएसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पुसदेखि हालसम्म ७१ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् ।
हालसम्म १०८१ जना संक्रमित भएका छन्, जसमा सबैभन्दा बढी कोशीमा २३९, बागमतीमा २९७, गण्डकीमा १८२, लुम्बिनीमा १६३, सुदूरपश्चिममा १५६, कर्णालीमा ३० र मधेशमा १४ जना संक्रमित भएका छन् ।
इपिडिमियोलोजी महाशाखाका निर्देशक डा. चन्दभाल झाअनुसार अनुसार एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ ।
‘भर्खरै मनसुन सुरु भएको छ, अबका दिनमा डेंगुका बिरामी बढ्छन्,’ डा. झाले भने, ‘अबको चार महिनाको अवधिमा कुनै पनि ठाउँमा डेंगु फैलिन सक्छ ।’
उनका अनुसार अहिलेसम्मको तथ्यांकलाई हेर्दा अघिल्लो वर्षको तुलनामा कम फैलिएको छ । तर अबका चार महिना (असार, साउन, भदौं, असोज) डेंगु फैलिने अति जोखिम महिना हुन् ।
हिमालसम्म फैलियो डेंगु
एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २०००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।
त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए। २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।
२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो।
२०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । ईडीसीडीको तथ्यांक अनुसार संक्रमितमध्ये ३१ प्रतिशत सुनसरीका थिए । सन् २०२४ मा भने १३ जनाको मृत्यु हुँदा झण्डै ३५ हजारभन्दा बढी संक्रमित भएका थिए ।
तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा ढाल्दै गएको छ । अब डेंगु सदाबहार देखिने थालेको इडिसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।
‘पछिल्ला दिनमा चिसो मौसममा समेत डेंगुका बिरामी देखिएको छ । केही वर्ष अघिसम्म तराई तथा धेरै गर्मी हुने ठाउँमा मात्रै डेंगुको संक्रमण बढी देखिन्थ्यो,’ डा. दाहालले भने, ‘ पछिल्लो समय पहाड चढ्दै हिमालसम्मै पुगेको छ ।’

विज्ञहरूका अनुसार १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टे सहजै बाँच्न सक्छ । डेंगु फैलिनुको कारण बढ्दो शहरीकरण पनि हो । जनघनत्व बढी भएका शहरमा डेंगु सार्ने लामखुट्टेलाई हुर्कन सहज हुन्छ ।
‘हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टे हिमालसम्म पुगेका छन्,’ डा. झा भन्छन्, ‘जलवायु परिवर्तनको असर उच्च भू–भागमा डेंगु देखिएको छ ।’
डेंगु नियन्त्रणमा ८० करोड खर्च, तर रणनीति कमजोर
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी शहरी क्षेत्रमा डेंगु फैलिनुको प्रमुख कारण अव्यवस्थित फोहोर व्यवस्थापन रहेको बताउँछन् ।
उनका अनुसार पानी जम्मा गर्न राखिएका ड्रम र बाल्टीहरू, पुराना टायर र फोहोरमैला, कौसी खेतीका गमला, खुला खाल्डाखुल्डीमा जमेको पानी स्थानहरू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस प्रजातिका लामखुट्टेका लागि प्रजनन स्थल हुन् ।
जलवायु परिवर्तन र तीव्र शहरीकरणले नेपालमा डेंगु संक्रमणको जोखिम बढाएको उनी बताउँछन् । विगत एक दशकमा तराईदेखि पहाडी जिल्लासम्म फैलिएको यो रोग अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ ।
सरुवा रोग विशेषज्ञ पुन पनि बढ्दो शहरीकरणलाई पनि डेंगु फैलनुको कारण मान्छन् ।
गर्भावस्थामा डेंगुले सताए औषधि खान मिल्छ ?
‘शहरी क्षेत्रमा पानी संकलन गर्ने ड्रम, बाल्टी, ग्यारेजका टायर र कौसी बगैंचाका गमलामा जमेको पानीमा लामखुट्टेले सजिलै फुल पार्छन्,’ उनले भने ।
विज्ञका अनुसार डेंगु नियन्त्रणका लागि मनसुन सुरू हुनुभन्दा अगाडि नै लार्भा खोज तथा नष्ट अभियान’ तीव्र रुपमा सञ्चालन गर्नुपर्छ । तर, सरकारले डेंगु फैलिसकेपछि मात्रै ‘लार्भा खोज तथा नष्ट अभियान’ सुरू गर्ने गरेको छ ।
यसवर्षपनि सरकारले डेंगु नियन्त्रणका लागि स्थानीय तहमा ८० करोड विनियोजन गरेको छ ।
डेंगु नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको कमजोर नेतृत्व र लापरवाहीपूर्ण व्यवस्थापनका कारण संक्रमण तीव्र गतिमा फैलिने गरेको विज्ञ बताउँछन् ।
‘मनसुन सुरु हुनासाथै खोज तथा नष्ट अभियान व्यापक बनाउनुपर्छ । लार्भा अवस्थामै नियन्त्रण गरिएको भए भयावह अवस्था आउँदैन,’ डा. मरासिनी भन्छन्, ‘तर सरकार डेंगु फैलिसकेपछि मात्र झारा टार्ने काम गरिरहेको हुन्छ ।’
फरक सेरोटाइपको डेंगु संक्रमण घातक हुनसक्छ
डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छन । सबै सेरोटाइप नेपालमा देखिसकेका छन् । पहिलो पटकभन्दा फरक प्रकार (सेरोटाइप) को डेंगु संक्रमण भए स्वास्थ्यमा जटिलता निम्तने जोखिम बढी हुने उपचारमा चिकित्सक बताउँछन् ।
डेंगुको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।
कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।
एक्कासी उच्च ज्वरो आउनु डेंगु मुख्य लक्षण हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ र बिरामी व्यक्ति सिकिस्त हुने गर्छ ।
निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेत हो ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार फरक सेरोटाइपको संक्रमण भएमा जटिलता बढी हुन्छ ।
डेंगुको जोखिम उच्च, सुरक्षित रहन के गर्ने ?
चिकित्सकहरूका अनुसार सामान्य डेंगु ज्वरो, हेमोरेजिक र शक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र शक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगुसँग मिल्दोजुल्दो लक्षणहरू देखिए वा पुष्टि भएमा जथाभावी औषधि आफैंले किनेर खाने हुँदैन ।
‘डेंगुमा अत्यधिक दुखाइ हुँदा जथाभावी औषधि खाँदा नकारात्मक प्रभाव देखिन सक्छ,’ डा. पुन भन्छन्, ‘ब्रुफेन, फ्लेक्सन, एस्पिरिन जस्ता पेन किलर औषधिको अत्यधिक प्रयोगले रोगलाई जटिलतातिर लैजान सक्ने सम्भावना बढ्छ ।’
डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।
ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ। पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ ।
बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्याल, ढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई व्यवहारमा उतार्नुपर्छ ।
जनस्वास्थ्यविद् आगामी तीन महिनामा डेंगु संक्रमणको भयावह हुनेसक्ने आंकलनसँगै समुदायस्तरमा लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र पार्नुपर्ने बताउँछन् ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login