Banner
देशलाई प्लास्टिकमुक्त बनाउने यस्ता उपाय छन् डा. रवीन्द्र पाण्डेका
विराटचोकः वातावरण दिवसको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा स्टाटस लेख्दै डा. रवीन्द्र पाण्डेले देशलाई प्लास्टिकमुक्त बनाउने उपाय सुझाएका छन् । यस्ता छन् उनले सुझाएका उपायहरुः
.
सरकारले पोलिथिनजन्य तथा अन्य प्लास्टिकजन्य पदार्थ उत्पादन, बिक्री, खरिद तथा प्रयोगमा पूर्ण रुपमा निषेध गर्ने हो भने हाम्रो वातावरण त्यति धेरै बिग्रेको छैन । हामीले गुट्खा, सुर्ती, चाउचाउ, जंकफुड, बिस्कुटदेखि पसलमा किनेका सामान राख्ने प्लास्टिकलगायत सबैको प्रयोग बन्द गर्नु जरुरी छ । त्यस्तै कुहिने फोहोर र नकुहिने फोहोर अलगअलग संकलन गरेर एकदिन कुहिने फोहोर उठाउने र अर्को दिन नकुहिने फोहोर उठाउने व्यवस्था मिलाउनु पर्दछ । कुहिने पदार्थ मलको रुपमा प्रयोग हुन्छ भने नकुहिने पदार्थ रिसाइकल अर्थात् पुनरुत्पादन गरेर आर्थिक लाभ प्राप्त हुन्छ ।
.काठमाडौंलगायतका शहरमा फोहोर लामो समयसम्म रहने तथा डम्पिङ साइटमा फोहोर त्यहाँको माटोसँग एकाकार हुन रोक्ने नै प्लास्टिक तथा नकुहिने फोहोरको कारण हो । प्लास्टिकभित्र राखेको फोहोर तथा प्लास्टिकले छोपिएको फोहोर जैविक फोहोरसंग संसर्ग हुन नपाएर लामो समयसम्म त्यस्तै रहन्छ । जसका कारण धेरै फोहोर देखिन्छ । यदि हामीले कुहिने र नकुहिने फोहोर छुट्याउने र प्लास्टिकको प्रयोगलाई निषेध गर्यौं भने फोहोर व्यवस्थापन ठूलो विषय हुँदैन ।
प्लास्टिक उत्पादकको स्वार्थको कारण हामीले विभिन्न शारीरिक तथा मानसिक रोग बोक्नुपरेको तथ्य हामीले बिर्सिनुहुँदैन । प्लास्टिक माफियाको जालो तोड्न तिनै तहका सरकारको प्राथमिकतामा पर्नु पर्दछ ।.
पोलिथिनका ब्याग तथा जंक फुडका प्याकेट कागजको बनाउन सकिन्छ । हामीले सामान किन्दा जुट वा कपडाका ब्याग बोकेर जाने संस्कार स्थापित गर्नुपर्दछ । ससाना पसलमा कागजका ठुंगामा सामान किनबेच गर्न सकिन्छ । माटोका भाँडा प्रयोगलाई पनि बढावा दिन सकिन्छ । यसो गर्दा हजारौं व्यक्तिको रोजगारी पनि हुन्छ । स्थानीय उत्पादनले नागरिकलाई स्वावलम्बी बनाउन प्रेरणा दिन्छ ।
केही देशमा.डम्पिङ साइटलाई मानव बस्तीभन्दा धेरै टाढा, ठूलो पर्खालले घेरेर तथा फोहोर न्यूनीकरण गर्ने इन्सिनेटरलगायतका उपकरण प्रयोग गरेर व्यवस्थित बनाइएको हुन्छ । हामीले पनि त्यसो गर्न सक्छौं । डम्पिङ साइट बाहिर हरियाली तथा आकर्षक अग्लो पर्खाल बनाउँदा मनमा स्वच्छ भाइब उत्पन्न हुन्छ जसरी हाम्रो शरीरभित्र रहेको फोहोर शरीर तथा कपडाले चिटिक्क छोपिएको हुन्छ ।.
फोहोरमाथि राजनीति तथा बार्गेनिङ अर्को समस्या हो । हामी २१ औं शताब्दीका सभ्य मान्छे हौँ । तसर्थ फोहोर व्यवस्थापनमा हरेक निकायलाई हरेक निकायले सहयोग गर्नु आफ्नै लागि हो । गरिब र धनीले फेर्ने उही हावा हो । गरिबले चप्पलको माध्यमबाट फोहोरका किटाणु घरमा लिएर जान्छ भने धनीले गाडीका पाङ्ग्राको माध्यमबाट ।
.
आजको दिनबाट हामीले भान्साजन्य फोहोरलाई कौसी खेती, छत खेती तथा करेसा खेतीमा सदुपयोग गरौँ । नकुहिने फोहोरलाई छुट्टै सङ्कलन गरेर फोहोरको गाडीमा दिने गरौँ ! त्यस्तै पोलिथिन ÷ प्लास्टिकको प्रयोग पूर्ण रूपमा बन्द गरौँ ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login