Banner
नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री ओझालाई सुन्दरहरैंचा नगरपालिकाद्वारा स्वागत
विराटचोकः नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझालाई सुन्दरहरैंचा नगरपालिकाले स्वागत गरेको छ । नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत, विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधिलगायतले स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा आफ्ना धारणा राख्दै राज्यमन्त्री ओझाले वन क्षेत्रमा नदीजन्य पदार्थ ननिकाल्दा खोलाको सतह बढेर बस्तीमा बाढी पसेर हुने समस्या हल गर्न सो क्षेत्रको अनुगमन गरी आवश्यक पहल गरिने बताए । आफू सांसदमात्रै हुँदा आफ्नो निर्वाचन क्षेत्रमात्रै नभएर अन्य क्षेत्रका पूर्वाधार विकासका लागि पनि आफूले पहल गरेको उनले स्मरण गरे ।
वनको व्यवस्थापनमा आफूले सक्दो पहल गर्ने पनि उनले प्रतिबद्धता जनाए ।
नगरभित्रका पर्यटकीय क्षेत्रहरु नयाँ वृन्दावन गौशाला, हसिना सिमसार, बाघझोडा सिमसार तथा बेलबारी र सुन्दरहरैंचाको सिमानामा रहेको वासुकी पोखरी वाटर रिचार्जको स्तरोन्नतिमा आफू लाग्ने उनले बताए । बाघझोडादेखि हसिना हुँदै विराटनगरसम्म जाने बाटो बनाउन पनि पहल भइरहेको उनले जनाए । आगामी आर्थिक वर्षमा पर्यटकीय क्षेत्रको विकासमा यथेष्ट बजेट विनियोजन गर्ने उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले वन व्यवस्थापनको नाममा रुख काट्ने गरिए पनि नयाँ बिरुवा रोप्ने र रोपेका बिरुवाको संरक्षणमा त्यति चासो नदिइनु दुःखद भएको बताए । वन क्षेत्रमा खोलाजन्य पदार्थ उत्खनन गर्न नपाउँदा सुन्दरहरैंचामा वन क्षेत्रबाट गछिया खोलो बस्तीमा पस्ने जोखिम बढिरहेकोतर्फ ओझाको ध्यानाकर्षण गराए । स्थानीय तहले ऐनको कारणले गर्दा वन व्यवस्थापनको विषयमा केही गर्न नसक्ने भएकाले संघ र प्रदेश सरकारले नै त्यसको पहल गर्नुपर्ने बताए ।
नगरमा भएका पर्यटकीय क्षेत्रको विकासमा नगरले संरक्षण गरिरहे पनि त्यसको प्रबद्र्धनको लागि यथेष्ट बजेट हुन नसक्दा समस्या परेको हुनाले बजेट विनियोजन गर्न मन्त्रीसमक्ष माग गरे ।
एकीकृत माओवादीका जिल्ला सदस्य नवराज चापागाईंले कमसल मलेसियन सखुवा आयात भइरहँदा नेपालको सखुवाको काठ भने वनमै कुहिनु दुःखद भएको बताए । नगरका पर्यटकीय क्षेत्रको विकास गर्न सके व्यापार व्यवसाय फस्टाउने हुनाले निजी क्षेत्रले पर्यटकीय क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेस सुन्दरहरैंचका सह सभापति तथा वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाले चुनावको समयमा विभाजित भए पनि अन्य समयमा राजनीतिक दल एक भएमा नगरको विकास हुने बताए । हालसम्म सुन्दरहरैंचामा नगरको विकासमा सबै राजनीतिक दल एकै ठाउँमा रहने गरेकाले नगरको विकासमा अप्ठ्यारो परिस्थिति सिर्जना नभएको उनको भनाइ थियो ।
नेकपा एमालेका नगर अध्यक्ष मातृका ढकालले नगरको विकासमा प्रदेश सरकार र संघीय सरकारले बजेट विनियोजन गरिरहेको र अब थप बजेट विनियोजन हुने आशा पलाएको बताए । नगरभित्रका राजनीतिक दलको समन्वयका नगरको कारण विकास निर्माणका काम अनुकरणीय रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा नगरपालिकाकी उपमेयर धनमाया तामाङले स्वागत मन्तव्य राखेकी थिइन् ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login