Banner
निजी क्षेत्रले प्रसारण लाइन प्रयोग गरेर बिजुली खरिद–बिक्री गर्न पाउने निर्देशिकाको मस्यौदा
सरकारले तीन दशकअघि नै विद्युत् उत्पादनसँगै प्रसारण र वितरणमा निजी क्षेत्रको सहभागिताबारे व्यवस्था गरे पनि बल्ल निर्देशिका बनाउन थालेको छ । विद्युत् ऐन, २०४९ मै विद्युत् उत्पादनसँगै प्रसारण र वितरणमा निजी क्षेत्रको सहभागिताबारे परिकल्पना गरिएको थियो ।
तर विद्युत् प्रणालीमा खुला पहुँचको व्यवस्था गर्न विद्युत् नियमन आयोगले बुधबार ‘खुला पहुँच निर्देशिका, २०२५’ को मस्यौदा तर्जुमा गरी रायसुझाव माग गरेको छ ।
विद्युत् ऐन, २०४९ को दफा ४ को उपदफा १ मा विद्युत्को सर्वेक्षण, उत्पादन, प्रसारण वा वितरण गर्न चाहने व्यक्ति वा संगठित संस्थाले सम्बन्धित विषयको आर्थिक, प्राविधिक र वातावरणीय अध्ययन प्रतिवेदन तथा तोकिएबमोजिमका विवरण खुलाई तोकिएका अधिकारीसमक्ष अनुमतिपत्रका लागि दरखास्त दिनुपर्ने उल्लेख छ ।
सोही दफाको उपदफा २ मा परेको दरखास्तमा तोकिएका अधिकारीले आवश्यक जाँचबुझ गरी गराई दरखास्त परेको मितिले विद्युत् उत्पादन, प्रसारण वा वितरण अनुमतिपत्रको हकमा १२० दिनभित्र तोकिएबमोजिमको ढाँचामा दरखास्तवालालाई अनुमतिपत्र दिनुपर्ने भनिएको छ । सोही ऐनको दफा ५ मा विद्युत् उत्पादन, प्रसारण वा वितरणका लागि दिइने अनुमतिपत्रको अवधि बढीमा ५० वर्षसम्मको हुने उल्लेख छ ।
सरकारले नै तीन दशकअघि बनाएको ऐनमा निजी क्षेत्रलाई विद्युत् उत्पादन, प्रसारण र वितरणका लागि बाटो खुला गरे पनि हालसम्म लागू भएको छैन । तीन दशकपछि २०८२ असार ४ मा बसेको नियमन आयोगको २७६ औं बैठकले विद्युत् प्रणालीमा ‘खुला पहुँच निर्देशिका, २०२५’ को मस्यौदा स्वीकृत गर्दै रायसझुाव मागेको हो । निर्देशिका स्वीकृत भए बिजुली खरिद–बिक्रीमा भएको प्राधिकरणको एकाधिकार तोडिने आयोगका अध्यक्ष रामप्रसाद धितालले बताए । ‘अहिले निजी क्षेत्रले जलविद्युत् आयोजना बनाउने र प्राधिकरणले मात्रै बिजुली किनबेच गरिरहेको छ, अब त्यो तोडिन्छ,’ उनले भने ।
बिजुली खरिद गर्न सक्नेछन् । तर विद्युत् प्रसारण वा वितरण लाइनमार्फत आपूर्ति गर्दा प्रसारण शुल्क, ह्विलिङ चार्ज, डेभिएसन शुल्कलगायत तिर्नुपर्ने निर्देशिकाको मस्यौदामा उल्लेख छ ।
आयोगका अनुसार अल्पकालीन दर खुला पहुँच प्रयोग गरेबापत प्राधिकरणलाई अल्पकालीन दरसंकेतात्मक प्रसारण शुल्क प्रतियुनिट ३९ पैसा तिर्नुपर्नेछ । दीर्घकालीन–मध्यकालीन दरमा मासिक प्रतिमेगावाट २ लाख ८३ हजार २७ तिर्नुपर्नेछ । मस्यौदामा संलग्न भए पनि प्रसारण तथा वितरण लाइनको शुल्कबारे आफू संलग्न नभएको निर्देशिकाको मस्यौदा निर्माणका सदस्य तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष आनन्द चौधरीले बताए ।
‘ऐन, कानुनमा पहिले व्यवस्था भए पनि बल्ल निर्देशिकाको मस्यौदा तयार भएको छ,’ उनले भने, ‘निर्देशिका स्वीकृत भएपछि अब प्राधिकरणले जस्तै हामीले पनि बिजुली खरिद–बिक्री गर्न सक्छौं ।’ आयोगले निर्देशिकाका मस्यौदामा निवेदन दिन योग्य हुने मापदण्डसमेत तोकेको छ । ३३ किलोभोल्ट (केभी) ग्रिड सबस्टेसन वा ६६ केभी वा त्यसभन्दा माथिका प्रसारण लाइनमा जोडिएका ५ मेगावाट वा बढी क्षमताका आयोजना, न्यूनतम १ मेगावाट क्षमता भएका क्याप्टिभ आयोजना निवेदन दिन योग्य हुनेछन् ।
वितरण अनुमतिपत्र, व्यापारिक अनुमतिपत्र (खुला पहुँच कारोबारका लागि न्यूनतम परिमाण १ मेगावाट) र कन्ट्र्याक्ट विद्युत् ५ मेगावाट वा त्यसभन्दा बढी भई ३३ केभी वा सोभन्दा माथिल्लो भोल्टेजस्तरमा जोडिएका औद्योगिक तथा व्यापारिक उपभोक्तालाई विद्युत्मा खुला पहुँचको सेवा दिन सक्ने व्यवस्था गरिएको छ ।
निर्देशिकाको मस्यौदाले अन्तरदेशीय व्यापारमा कुनै बाधा नपरे पनि आन्तरिक व्यापारमा भने केही व्यवधान नगर्ने इप्पानका उपाध्यक्ष चौधरीको भनाइ छ । ‘मुलुकमा धेरै उपभोक्ताले अझै पनि वितरण लाइनमार्फत बिजुली लिइरहेका छन्, प्रसारण लाइन र वितरण लाइनबाट बिजुली प्रयोग गर्ने कति उपभोक्ता छन् भन्ने पनि छैन,’ उनले भने, ‘आन्तरिक बिजुली खरिद–बिक्रीमा भने अप्ठ्यारो हुन सक्छ ।’
निर्देशिकाका मस्यौदामा ३३ केभी वा त्यसभन्दा बढी क्षमताका वितरण लाइन र ६६ केभी वा सोभन्दा बढीका प्रसारण लाइनमार्फत निजी क्षेत्रले बिजुली किनबेच गर्ने व्यवस्था गरिएकाले केही समस्या नहुने आयोगका अध्यक्ष धितालले जनाए । विद्युत् ऐन, २०४९ को दफा २२ को उपदफा १ मा अनुमति प्राप्त व्यक्तिले नेपालभित्र आयात गरी वितरण गर्न चाहे सरकारको स्वीकृति लिई विद्युत् आयात गर्न सक्ने उल्लेख छ ।
सो दफाको उपदफा २ मा अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले उत्पादन गरेको विद्युत् विदेशमा निर्यात गर्न चाहे त्यस सम्बन्धमा नेपाल सरकारसँग सम्झौता गरी निर्यात गर्न सक्ने र उपदफा ३ मा विद्युत् निर्यात गर्नेले नेपाल सरकारलाई तोकिएबमोजिम निर्यात कर तिर्नुपर्ने जनाएको छ । जलविद्युत् विकास नीति २०५८ को ६.११ मा विद्युत् निर्यातको व्यवस्था गरिएको छ । उक्त नीतिको ६.११.१ मा देशमा उत्पादित विद्युत् शक्ति विदेश निर्यात गर्नुपरे निर्यातकर्ता र सरकारबीच भएको सम्झौताबमोजिम हुने उल्लेख छ । विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा १३ को ‘ख’ मा विद्युत् खरिद–बिक्रीको थोक बजार स्थापना नभएसम्म वितरण अनुमतिपत्र प्राप्त व्यक्ति र उत्पादन अनुमतिपत्र प्राप्त व्यक्ति वा व्यापार अनुमतिपत्र प्राप्त व्यक्ति वा प्रचलित कानुनबमोजिम सरकारले स्थापना गरेको संगठित संस्थाबीच हुने विद्युत् खरिद दर र प्रक्रिया निर्धारण गर्ने उल्लेख छ ।
सोही दफाको ‘ग’ मा उत्पादित विद्युत् खरिद–बिक्री गर्न अनुमति प्राप्त व्यक्तिहरूबीच विद्युत् खरिद सम्झौता गर्न सहमति दिने र ‘ङ’ मा प्रसारण र वितरण दस्तुर (ह्विलिङ चार्ज) निर्धारण गर्न सकिने व्यवस्था गरिएको छ । ऐनको दफा १४ ‘ङ’ मा विद्युत्को थोक बजार स्थापना, सञ्चालन तथा खरिद–बिक्री प्रक्रिया निर्धारण गर्ने उल्लेख छ । विद्युत् ऐन, २०४९ ले प्राधिकरणलाई मात्र अनुमतिपत्र दिएको र आयोगकै ऐनको अधिकार प्रयोग गरी निर्देशिकाको मस्यौदा तयार गरिएको धितालले बताए ।
Facebook Comment
Banner
एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुनेछ ।
एनपीएलका अघिल्ला दुई संस्करणमा पोखराले सुदूरपश्चिमसँग दुवै खेल गुमाएको थियो । आजको खेलमा पोखरा इतिहास बदल्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम भने पोखरालाई हराएर आफ्नो यात्रा अघि बढाउने योजनामा छ ।
सुदूरपश्चिमको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । अन्य खेलाडीहरुमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दिपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल रहेका छन् ।
यस्तै विदेशी खेलाडीहरुमाशेरफन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेन छन् ।
यसैगरी, पोखरा एभेन्जर्सको नेतृत्व कुशल भुर्तेलले सम्काल्ने छन् । अन्य खेलाडीहरुमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल, विपिन आचार्य छन् ।
यस्तै, शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनन्जय लक्षण रहेका छन् ।
आठ टोली सहभागि प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login