Connect with us
Advertisement

नेपालको विश्वकप यात्राका रोचक प्रसङ्ग

Published

on

विश्वकप फुटबल प्रतियोगितामा सहभागिता सबै राष्ट्रको सपना हुने गर्छ तर यो ‘कठिन यात्रा’ थोरै राष्ट्रले मात्र पार गर्न सक्छन् । अवसर भने सबै फिफा सदस्य राष्ट्रले पाउँछन् नै । नेपालले पनि विश्वकप पुग्न ३६ वर्ष अगाडि देखि प्रयास गरिरहेकै छ । यसमा नेपाल दोस्रो चरणभन्दा अगाडि पुग्न सकेको छैन ।

साढे तीन दशकको यो यात्राका बीचमा दुई विश्वकप छनोटमा सहभागी नभएको नेपालले भाग लिएका खेलहरूमा भने अनेक इतिहास बनाउँदै आएको देखिन्छ ।

सन् १९८६ – आफ्नै घरबाट
लामो फुटबल इतिहास भए पनि नेपालले विश्वकप छनोट खेलको शुरुआत १९८६ को विश्वकप छनोटबाट मात्र ग¥यो, त्यो पनि आफ्नै घरेलु मैदान दशरथ रङ्गशालाबाट ।

वास्तवमै भन्ने हो भने १९८६ को विश्वकप यस्तो संस्करण हो, जहाँबाट नेपालीहरूलाई विश्वकप फुटबलको लत लाग्यो । यसै संस्करणका बेला नेपालमा टेलिभिजनको युग शुरु भएको थियो र नेपालीहरूले विश्वकप फुटबल हेरेर मज्जा लिएका थिए ।

म्याराडोनाको अर्जेन्टिनाले विश्वकप जितेको सो विश्वकप हेरेपछि नेपालमा आर्जेन्टिनाको प्रशंसकहरूको जरा गडेको थियो, जुन प्रभाव अहिलेसम्म पनि देख्न सकिन्छ ।

विश्वकप छनोटमा नेपालको समूहमा दक्षिण कोरिया र मलेसिया थिए । दक्षिण कोरियासँग ठूलो अन्तरले हार्ने अनुमान गरिएको थियो । खेल्नु अगाडि एक नेपाली पत्रिकामा नेपालका सबै खेलाडीहरू गोलपोष्टमा बल रोक्न थुप्रिएको कार्टुन नै छापिएको थियो ।

तर रुपकराज शर्माको ‘गोल्डेन जेनेरेशन’ टोली भनेर चिनिएको नेपाली टोलीले दक्षिण कोरियालाई २–० मै रोक्यो । त्यो पनि एक गोल पेनाल्टीमा र अर्को आत्मघाती गोल भएको थियो । अनि मलेसियालाई त नेपालले गोलरहित बराबरी मै रोकिदियो ।

जित्न नसके पनि त्यो एक अंक नेपालको लागि विश्वकपमा पाएको सुखद शुरुआती अंक थियो । स्ट्राइकर ज्ञानीराजा श्रेष्ठले गोलको एउटा राम्रो अवसर गुमाएका थिए ।

त्यसपछि प्रतिस्पर्धीको मैदानमा खेलिने ‘अवे’ खेलमा भने नेपाल दक्षिण कोरियासँग ४–० र मलेसियासँग ५–० ले हार्न पुग्यो । दक्षिण कोरिया उक्त समूहबाट पहिलो पटक विश्वकपमा छनोट भयो । र त्यसबेला देखि ऊ नियमित रुपमा विश्वकपमा छनोट हुँदै आएको छ ।

स्मरणीय कुरा के छ भने त्यही दक्षिण कोरियालाई च्याम्पियन आर्जेन्टिनाले विश्वकपमा मुस्किलले ३–२ ले पराजित गरेको थियो ।

सन् १९९० – गोलको वर्षा
सन् १९९० को इटली विश्वकप प्रतियोगिताका निम्ति भएका छनोट खेलहरूमा नेपाल गणेश थापाको नेतृत्वमा उत्रिएको थियो । प्रतिद्वन्द्वीहरू थिए उही दक्षिण कोरिया र मलेसिया । त्यसमा थपिएको थियो सिंगापुर ।

‘होम एण्ड अवे’ गरी खेलिएको ६ खेलमा नेपालले कुल २८ गोल खान पुग्यो, नेपालले विश्वकप छनोटमा अहिलेसम्म खाएको सर्वाधिक गोल थियो त्यो ।

विश्वकपको महाकुम्भमा अभ्यस्त हुन तम्तयार हुन थालेको नेपाली टोली दक्षिण कोरियासँग ९–० र ४–०, मलेसियासँग २–० र ३–० तथा सिंगापुरसँग ३–० र ७–० ले पराजित हुन पुगेको थियो ।

सन् १९९४ – राजनीतिक असर
सन् १९९४ को विश्वकप छनोटमा नेपालले भाग लिएन । कारण थियो नेपालमा भएको राजनीतिक परिवर्तन र त्यसको अखिल नेपाल फुटबल संघमा परेको असर ।

वि.सं. २०४६ सालमा प्रजातन्त्रको प्राप्ति भएपछि खेलकुद क्षेत्र अलमलको स्थितिमा थियो । लामो समय पञ्चायती शासनमा अभ्यस्त खेलकुद त्यसको केही समय त झन्डै निष्क्रिय जस्तै बन्न पुगेको थियो । त्यसबेला एन्फामा आदित्यध्वज जोशी अध्यक्ष थिए । बहुदल प्राप्तिको यही अलमलमा एन्फाले विश्वकप छनोटमा नाम लेखाउन चुक्यो ।

सन् १९९८– चर्चा खेलभन्दा खेलाडीको
जापान र ओमानमा खेलिएको उक्त विश्वकप छनोटमा नेपालको प्रदर्शनभन्दा पनि चार नेपाली खेलाडीहरू जापानमा पलायन भएको घटनाले चर्चित बन्यो ।

जापानमा खेलिएको दोस्रो चरणका खेलका बेला खेलाडीहरू नरेन्द्र श्रेष्ठ, बबिन विष्ट, शौगेश श्रेष्ठ र राजेश थापा त्यहीँ लुके । त्यो अन्तर्राष्ट्रिय समाचारको विषय बन्यो । एन्फाका तत्कालीन महासचिव लोकबहादुर शाहीले ती खेलाडीहरूलाई पातालबाट खोजेर ल्याउँछु भन्ने चर्चित अभिव्यक्ति दिए । खेलाडीहरू खोज्न टिम मेनेजर कृष्णभक्त मानन्धर एक महिना जापानमै बसे । तर खेलाडीहरू फेला परेनन् ।

नेपालको नतिजा भने सन्तोषजनक नै थियो । त्यही छनोटमा नेपालले पहिलो पटक गोलको खाता खोल्यो ।

ओमानमा खेलिएको खेलमा नेपालले मकाउसँग १–१ को बराबरी गर्दा स्ट्राइकर हरि खड्काले नेपालको लागि पहिलो गोल गरे ।

जापानमा खेलिएको दोस्रो लेगमा नेपाल–मकाउको खेल १–१ कै नतिजामा टुंगिएको थियो । त्यसमा नेपालबाट गोल गर्ने खेलाडी थिए दीपक अमात्य ।

उक्त विश्वकप छनोटको अर्को विशेषता के रह्यो भने नेपालकै समूहमा रहेको जापानले पहिलो पटक विश्वकपमा खेल्यो र जापानको त्यो क्रम अहिलेसम्म जारी नै छ ।

सन् २००२– दुई जीत, एक ह्याट्रिक, १३ गोल
सन् २००२ को विश्वकप छनोट प्रतियोगिताका थुप्रै पटकथाहरू छन् । यो यस्तो छनोट प्रतिस्पर्धा थियो, जतिखेर संघ विभाजित थियो, खेलाडीहरू विभाजित थिए, सहभागितामा नै अन्योलमा थियो । तर जब नेपाल मैदानमा उत्रियो, खेलाडीहरूले ऐतिहासिक प्रदर्शन गरे । २ जीत, एक ह्याट्रिक सहित १३ गोल गरेर अहिलेसम्मकै उपलब्धिपूर्ण नतिजा लिएर टोली फर्कियो ।

त्यतिबेला गीता राणा र गणेश थापाको नाममा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई एन्फा अस्तित्वमा थिए । छनोट खेल्न दुई संघको फरक फरक टोली फरक स्थानमा प्रशिक्षण गरिरहेका थिए । तर सहभागिता भने अन्योलमै थियो ।

तत्कालीन राखेप सदस्य सचिव विनोद शंकर पलिखेले दुवै संघलाई सहमतिमा ल्याएर राखेपकै पहलमा एउटै टिम बनाएपछि नेपालको सहभागिता सम्भव भयो ।

इराकी मैदानमा इराकविरुद्ध गोल गरेर खेलको शुरुआत गरेको नेपालले मकाउविरुद्ध ४–१ को जीत निकाल्यो । यो विश्वकप छनोटमा नेपालको पहिलो जीत थियो ।

कजाकिस्तानमा खेलिएको अवे खेलमा मकाउलाई नेपालले ६–१ ले हरायो । निराजन रायमाझीले उक्त खेलमा ह्याट्रिक गरेर इतिहास रचे । खेलेको कुल ६ खेलमा रायमाझी एक्लैले ७ गोल गरे । उनी एशियाली छनोटमा सर्वाधिक गोल गर्ने खेलाडीमा सातौँ नम्बरमा परेका थिए ।

नेपालबाट रायमाझीको ७ गोलका अतिरिक्त हरि खड्का र वसन्त थापाले २–२ गोल तथा बालगोपाल महर्जन र दीपक लामाले १–१ गोल गरेका थिए ।

इराक विरुद्ध ४–२ को हारमा त नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । एक इराकी पत्रकारले ‘कजाकिस्तानलाई छनोट गराउन इराक विरुद्धमात्र राम्ररी खेलेको हो ?’ भनी प्रश्न समेत गरेका थिए ।

बिना प्रशिक्षणको यो उपलब्धि खेलाडीहरूको लागि पनि सपना सरह नै थियो । सन् २००२ को विश्वकपका निम्ति भएको छनोट खेलका बेला ४ नेपाली खेलाडी जापानमै भागेका थिए ।

सन् २००६ – डरले गुमेको अवसर
यो विश्वकप छनोटमा नेपालले भाग लिएन । दोस्रो पटक यस्तो भयो । यसको कारण पनि अनौठो थियो । नेपालको पहिलो प्ले अफ खेल गुआमसँग थियो । नेपालले सहभागिताको लागि टिम दर्ता पनि गरिसकेको थियो ।

तर विश्वकप छनोट खेल्न जानु ६ महिना अगाडि दक्षिण कोरियामा भएको एशियन कप छनोटमा एउटा घटना भयो । छनोट खेल्न गएका तीन खेलाडीहरू नारायण मानन्धर, शुक्र तामाङ र दीपक लामा कोरियामा नै लुके ।

खेलाडी पलायन र त्यसैको कारण दक्षिण कोरियासँग १६–० गोलको इतिहासकै ठूलो अन्तरको हार बेहोरेर नेपाली टोली फर्किएको थियो ।

यो घटनाको असर विश्वकप छनोटको सहभागितामा पर्न गयो । किनभने गुआम अमेरिकाको अधीनमा रहेको राष्ट्र थियो र त्यहाँ जान अमेरिकाको भिसा लगाउनुपथ्र्यो ।

कोरियामा जसरी अमेरिकाको भिसा लागेका खेलाडीहरू पनि पक्कै भाग्नेछन् भन्ने डर एन्फा पदाधिकारीहरूमा देखियो । अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा थिए ।

त्यसैले दर्ता गरिसकेको नेपालले प्रतियोगिताबाट नाम झिक्यो । बरु त्यसको लागि १० हजार डलर जरिवाना तिर्नुप¥यो । यसमा विशेष कुरा के रह्यो भने गुआमले पनि प्रतियोगिताबाट नाम झिक्यो । दुवै टिमले नाम फिर्ता लिएपछि पहिलो चरणमा पराजित भए पनि लाओसको दोस्रो चरणमा पुग्ने भाग्य जु¥यो ।

सन् २०१० – कालो झण्डा र म्याच मिलेमतोको आरोप
विश्वकप छनोटको प्रणाली फेरिएको थियो । समूह चरणमा पुग्नुअगावै प्ले अफ चरण पार गर्नुपर्ने प्रणाली थियो । प्ले अफ खेलमा नेपालको प्रतिद्वन्द्वी ओमान थियो । होम एन्ड अवे को प्ले अफमा जब नेपालले दशरथ रङ्गशालामा ओमानलाई निम्तो दियो नेपाली फुटबलको वातावरण बेग्लै थियो ।

एन्फा नेतृत्वविरुद्ध एक समूह सक्रिय भइरहेको थियो । खेलको बेलामा उनीहरूले रङ्गशालामा कालो झण्डा देखाए । खेलमा भने नेपालले राम्रो प्रदर्शन ग¥यो । बलियो मानिएको ओमानसँग २–० ले मात्र पराजित भयो । नेपाली प्रशिक्षक श्याम थापाको प्रशंसा भयो । खेलपछिको पत्रकार सम्मेलनमा एक जनाले ‘के यो म्याच फिक्स थियो ?’ भनी प्रश्न गरे । जवाफमा भद्र छवि भएका प्रशिक्षक थापा निकै बेर रिसाएका थिए ।

सन् २०१४ – ह्याट्रिक अनि वर्षा
नेपालले घरेलु भूमिमा विश्वकप छनोटको पूर्ण मज्जा लिएको थियो २०१४ को विश्वकप छनोटमा । प्ले अफको शुरुआतमा नेपालको प्रतिद्वन्द्वी टिमोर लिस्टे थियो । दशरथ रङ्गशालामा भएको सो खेलमा भरत खवासको शानदार ह्याट्रिकमा नेपालले ५–१ ले खेल जित्यो । त्यसपछि दोस्रो राउण्डमा नेपालको भेट जोर्डनसँग भयो ।

जोर्डनसँग नेपाल ९–० ले हार्दै फराकिलो स्कोर लिएर फर्केको थियो । तर नेपालमा निम्तो दिँदा भने स्थिति गजबको बन्यो । भरिभराउ दर्शक अनि भारी वर्षाको बीच रङ्गशालामा नेपालले जोर्डनलाई १ –१ को बराबरीमा रोक्यो ।

भरत खवासले नेपालको लागि गोल गरे । सन्तोष शाहुखलले डि बक्स भित्रको एउटा उत्कृष्ट अवसर गुमाउँदा नेपालको जीतको मौका गुमेको थियो । कतिपयले अहिले पनि नेपालले पानी परेको बेला राम्रो खेल्छ भनेर यो खेललाई सम्झिने गर्छन् ।

सन् २०१८– एक्रिडिसन कार्ड हराउँदा
खेलको हिसाबले सन् २०१८ को छनोट प्रभावी भएन । प्ले अफमा नेपालको प्रतिद्वन्द्वी भारत थियो । गुवाहटीमा भएको खेलमा नेपाल भारतसँग २–० ले पराजित भयो भने नेपालमा भएको खेल गोल रहित बराबरीमा टुंगिएपछि नेपालको यात्रा समाप्त भयो । तर एउटा घटना भने रोचक बन्न पुग्यो ।

गुवाहटीमा खेलेर कोलकता हुँदै नेपाल फर्किने बेलामा एयरपोर्ट पुगेपछि थाहा भयो सबै खेलाडीहरूको एक्रिडिसन कार्ड ट्याक्सीमा छुटेछ । त्यसको तीन दिनपछि नेपालमा भारतसँग होम म्याच थियो र त्यसको लागि कार्ड अनिवार्य हुन्थ्यो । कार्ड खोज्न मेनेजर रमेश रायमाझी र अफिसियल सुदर्शन देवकोटा कोलकातामै बसे । उनीहरूले ट्याक्सीको नम्बर पत्ता लगाएर दुई दिन दुई रात खोजेर कोलकतामा कार्ड खोजेरै ल्याउन सफल भए ।

कार्ड हराउनु समस्या थिएन – एएफसीले अर्को बनाइदिन्थ्यो । तर त्यसको लागि प्रत्येक कार्डको १२ सय डलर तिर्नुपथ्र्याे । जुन ३० जना खेलाडी र अफिसियलको गरी ३६ हजार डलर हुन्थ्यो । अर्थात् त्यतिबेलाको ३५ लाख रुपैयाँ भन्दा बढी ।

सन् २०२२ कतार विश्वकप

सन् २०२२ को विश्वकप छनोटका पनि थुप्रै कथाहरू छन् । तर विशेषतः दुई कारणले यसलाई स्मरण गरिन्छ । एउटा कोभिडको असर र अर्को रङ्गशाला पुनर्निर्माणको काम पूरा नभएको हुँदा नेपालमा खेल आयोजना नहुनु ।

एशियाली वरियतामा उत्कृष्ट ३४ भित्र परेकोले प्ले अफ नखेली नेपाल सिधै विश्वकप छनोट २०२२ को दोस्रो चरणमा पुगेको थियो । नेपालको समूहमा अस्ट्रेलिया, कुवेत र चाइनिज ताइपेई थिए ।

तालिका अनुसार नेपालले पहिले ‘होम म्याच’को आयोजना गर्नु थियो र अस्ट्रेलियालाई पहिलो पटक रङ्गशालामा निम्त्याउने अवसर थियो । तर १३ औँ दक्षिण एशियाली खेलकुदको लागि रङ्गशाला मर्मत भइरहेकोले नेपालले पहिले अवे म्याच खेल्न एएफसीलाई अनुरोध ग¥यो ।

अस्ट्रेलिया, कुवेत अनि चाइनिज ताइपेईमा अवे म्याच खेलेर फर्केपछि अब पालो नेपालको थियो । तर मर्मतकै क्रममा रहेको रङ्गशाला विश्वकप छनोटको लागि योग्य नभएको एएफसीले बताएपछि नेपालले कुवेत विरुद्धको खेल भुटानलाई तटस्थ भूमि मानेर खेल्नुप¥यो । बाँकी दुई खेलको लागि रङ्गशाला तयार हुँदै थियो ।

तर विश्वव्यापी रूपमा कोभिड–१९ भाइरस संक्रमण फैलिएको कारण एएफसीले बाँकी खेल कुवेतमा लगेर आयोजना गरिदियो । लामो समय लगाएर तयार भएको दशरथ रङ्गशालाको हरियो घाँसमा आखिरमा विश्वकप छनोटको कुनै खेल भएन ।

चाइनिज ताइपेईलाई उसकै गृहमैदानमा गएर २–० ले पराजित गर्नु उक्त छनोटको मुख्य विशेषता रह्यो । दुवै गोल अञ्जन विष्टले गरेका थिए ।

अब सन् २०२६
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने २०२६ विश्वकपको लागि सन् २०२३ देखि छनोट प्रतियोगिता शुरु हुनेछ ।

नेपालले २०२३ को सेप्टेम्बरमा खेल्ने पक्का भइसकेको छ । कुन कुन प्रतिद्वन्द्वीसँग खेल्ने हो भन्ने चाहिँ थाहा भइसकेको छैन ।– बीबीसीबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक