Banner
पञ्चायत माविका ५५ जना छात्रालाई आत्मरक्षा तालीम
विराटचोकः सुन्दरहरैंचा– ७ गोठगाउँमा रहेको पञ्चायत माध्यमिक विद्यालयले कक्षा ६ देखि ११ कक्षासम्म अध्ययनरत ५५ जना छात्रालाई आत्मरक्षासम्बन्धी ७ दिने तालीम दिएको छ ।
तालीम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाले यस्ता तालीमले महिलामा आफू सुरक्षित छु भनी आत्मविश्वास बढाउने हुनाले आगामी दिनमा वडा कार्यालयले यस्ता कार्यक्रमका लागि बजेट विनियोजन गर्ने बताए । यस्ता तालीम लिएमा अहिले भयावह अवस्थामा रहेको बलात्कारका घटनामा कमी आउन सक्ने उनले बताए ।

सुन्दरहरैंचामा भएका सबै विद्यालयमा यस्ता तालीम दिनु आवश्यक रहेको बताउँदै आगामी कार्यपालिका बैठकमा आफूले यो विषय उठाएर नगरका सबै विद्यालयमा यस्ता तालीमको आयोजना गर्ने वातावरण मिलाइने बताए । यहाँबाट तालीम लिएका विद्यार्थीलाई चाँडै नै प्रशिक्षकको रुपमा देख्न पाइयोस् भन्ने आफ्नो चाहना भएको उनको भनाइ थियो ।
कार्यक्रम गर्नुको कारणबारे जानकारी गराउँदै विद्यालयका प्रधानाध्यापक खगेन्द्रराज भण्डारीले आफूले युट्युबमा भिडियो हेर्दा आत्मरक्षसम्बन्धी तालीमबाट प्रभावित भएर तालीम आयोजना गरिएको बताए । भारतका कतिपय प्रान्तमा आत्मरक्षासम्बन्धी तालीम हरेक विद्यालयमा अनिवार्य दिइने गरेको आफूले जानकारी पाएको बताउँदै नेपालका विद्यालयमा पनि यस्तो तालीम अनिवार्य गराइनुपर्ने बताए ।
प्रशिक्षार्थी रस्मिता राईले तालीमले आफूहरुलाई आत्मविश्वास बढाएको बताउँदै यस्ता तालीमलाई निरन्तरता दिइनुपर्ने बताइन् ।

तालीमका प्रशिक्षार्थीले कार्यक्रममा तालीमका प्रशिक्षार्थीले आफूले सिकेको कौशल प्रस्तुत गरेका थिए । तालीममा अन्त्येश्वर साह र रोजन खड्काले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको शिक्षा शाखाकी अधिकृत लीलादेवी ओझा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु केशव बिष्ट र सावित्रा संग्रौला, शिक्षक अभिभावक संघका अध्यक्ष धनप्रसाद फुयल, नेकपा माओवादी केन्द्र सुन्दरहरैंचा– ७ का अध्यक्ष मिलन लुइँटेललगायत उपस्थित थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोमबहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login