Connect with us
Advertisement

पथरी उद्योग वाणिज्य संघमा धनकुमार तामाङ विजयी

Published

on

पथरीः मोरङको पथरीशनिश्चरेमा रहेको पथरी उद्योग वाणिज्य संघमा धनकुमार तामाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सोमबार भएको निर्वाचनमा जम्मा खसेको मत १ हजार ४ सय ५८ मध्ये तामाङले ७ सय ८ मत पाए । उनका प्रतिष्पर्धी दीपक बस्नेतले ६ सय ६८ मत पाए । तामाङ संयुक्त गठबन्धनका तर्फबाट साझा प्यानलका उम्मेद्वार थिए भने बस्नेत नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका थिए ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा यादव दुलालले ७ सय ६१ मत ल्याएर गठबन्धनतर्फका उम्मेद्वार ओमप्रसाद लिम्बूलाई पराजित गरे । लिम्बूले ५ सय ६४ मत पाए ।

उपाध्यक्षमा आशा राईले ७ सय ५५ मत ल्याउँदा प्रतिष्पर्धी रविन राईले ५ सय ९४ मत प्राप्त गरे । विजयी राईलाई एमालेको समर्थन रहेको थियो ।

महासचिवमा संयुक्त गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका राजेन्द्र बस्नेतले ७ सय ६० मत ल्याएर विजयी भए । प्रतिद्वन्द्वी अशोक साम्पाङले ५ सय ८७ मत ल्याए ।
वाणिज्य सचिवमा एमालेका तर्फबाट उम्मेद्वार बनेका ईश्वरी सापकोटा ५ सय ५७ मत ल्याएर विजयी भए । उनका प्रतिष्पर्धीहरु खेमनाथ ढुङ्गेलले ४ सय ५३ र टुङकुमार श्रेष्ठले २ सय ७१ मत ल्याए । श्रेष्ठ स्वतन्त्र उम्मेद्वार थिए भने ढुङ्गेल गठबन्धनबाट उम्मेद्वार बनेका थिए ।

उद्योग सचिव पदमा प्रेम प्रसाद सुवेदीले ६ सय ७० र मानबहादुर श्रेष्ठले ६ सय ४५ मत ल्याए । विजयी सुवेदी गठबन्धन प्यानलबाट उम्मेद्वार बनेका थिए ।

कोषाध्यक्ष पदमा विजयजंग बस्नेतले ७ सय ६२ र उद्दवराज बस्नेतले ५ सय ४० मत ल्याए । निर्वाचनमा सर्वाधिक २ सय २२ मतले पराजित गरेका बस्नेत गठबन्धन प्यानलबाट उम्मेद्वार रहेका थिए ।

४ जना विजयी हुने खुला सदस्यहरुमा गठबन्धन तर्फबाट उम्मेद्वार रहेका तुलसी लुनिया ६ सय ११ तथा इन्द्रबहादुर राई ६ सय ५६ मतका साथ विजयी भए । एमालेका तर्फबाट उम्मेद्वार बनेका नीलम बस्नेत ७ सय २१ मत र हरिराज प्याकुरेल ६ सय ३ मत ल्याए विजयी भए । लुनिया पथरी उद्योग वाणिज्य संघका सबैभन्दा कान्छा उम्मेद्वार हुन् ।

अन्य सदस्यहरु खेमराज निरौलाले ५ सय ६८, दुर्गाराज खत्रीले ४ सय ३१, पृथ्वी आलेमगरले ५ सय १२ र बलिदान चेम्जोङले ५ सय ७१ मत प्राप्त गरे । मगर र चेम्जोङ गठबन्धन समूहका उम्मेद्वार थिए भने निरौला र खत्री एमाले समर्थित उम्मेद्वार थिए ।

२ जना निर्वाचित हुने महिला सदस्यहरुमा एमाले पक्षबाट ८ सय ६१ मतसहित देवी राई र संयुक्त प्यानलबाट ६ सय ७७ मतसहित जुनी थपलिया विजयी भए । मीता राईले ५ सय २५ र साझा प्यानलबाट मुना पाण्डेले ४ सय १३ मत ल्याए ।

उता, लेखा संयोजकमा ७ सय २५ मत ल्याएर कृष्णप्रसाद भट्टराई निर्वाचित भए । उनका प्रतिष्पर्धी गठबन्धन प्यानलका चन्द्रप्रसाद सापकोटाले ५ सय ११ मत ल्याए । लेखा सदस्यहरुमा गठबन्धन प्यानलका प्रदीप पराजुलीले ६ सय ८७ र संस्थापन पक्षका एल्सन बास्तोलले ६ सय ४० मत ल्याएर विजयी भए । गठबन्धन प्यानलका सन्तवीर विश्वकर्मा र एमालेका कृष्णबहादुर श्रेष्ठले समान ५ सय ७१ मत ल्याए ।

अध्यक्ष, महासचिव, कोषाध्यक्ष, उद्योग सचिव जस्ता मुख्य पद सहित ८ पदमा गठबन्धन प्यानलबाट निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, वाणिज्य सचिव, लेखा संयोजक सहित ८ पदमा भने गठबन्धन प्यानलका उम्मेद्वार पराजित भएका छन् ।

Continue Reading

Facebook Comment

1 Comment

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक