Connect with us
Advertisement

पर्यटनको विकास गर्न वनमा साइक्लिङ सफारी, बाघझोडादेखि हसिनासम्म सम्भावना

Published

on

विराटचोकः सामुदायिक वन क्षेत्रमा पर्यापर्यटनको सम्भावना भए पनि यसको खोजी नगर्दा केही सामुदायिक वन पछाडि परेका छन् । मानव बस्तीसँगैै रहेका यी वनमा पर्यटनको विकास गर्न ‘साइक्लिङ’ एउटा महत्वपूर्ण सम्भावनाको क्षेत्र हो ।
शान्त, हराभरा, हरियाली जङ्गलमा साइकलका पाउदानी चलाउँदै दैनिक सयौँको संख्यामा पर्यटक घुम्ने केन्द्र बनाउन सके स्थानीयले लाभ लिने थिए ।

खासगरी मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रभित्र पर्ने सुकुना सामुदायिक वनदेखि नमुना सामुदायिक वन क्षेत्रभित्र रहेका बाघझोडादेखि हसिना सिमसारसम्म आन्तरिक पर्यटनलाई यसले बढावा दिनेछ । यसका लागि सामुदायिक वन तथा स्थानीय सरकार जागरुक हुनुपर्ने छ । योसँगै यस्तै प्रकृतिका क्लब वा समूहको तत्परताले अझ प्रभावकारी भूमिका खेल्ने छ ।

जोखिम मोलेर साइक्लिङ गर्दै युवा
अहिले सुन्दरहरैंचाका केही युवाहरुमा साइक्लिङको मोह बढेको छ । उनीहरु सुन्दरहरैंचा साइकल राइडर्स क्लब गठन गरेर प्रदेश १ का विभिन्न जिल्लाको अवलोकनसंगै साइक्लिङको क्रेज बढाइरहेका छन् । तर साइक्लिङको छुट्टै लेन नहँदा दुर्घटनाको जोखिम बढेको छ ।

साँघुरो सडकमा लामो यात्रा गर्दा मनमा त्रास उत्पन्न भइरहने राइडर्स क्लबका सदस्य खेमराज दाहाल बताउँछन् । ठूला सवारी साधनको पेलाइ र त्यसबाट निस्कने धुलोको कणले स्वास्थ्यमा नकारात्मक असर पर्ने देख्दादेख्दै विकल्प नभएर यात्रा तय गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । भित्री जङ्गलमा साइक्लिङ गर्दा पनि वन्यजन्तुको आक्रमणमा परिने हो कि भन्ने डर लाग्दालाग्दै यात्रा गर्नुपर्ने उनको भनाइ छ । यसको विकल्पमा सरकारले साइक्लिङ पर्यटन विकासमा जोड दिनुपर्ने दाहाल बताउँछन् ।

साइक्लिङ पर्यटन यसरी हुन्छ सम्भव
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन भू संरक्षण विभागले सामुदायिक वनमा पर्यापर्यटन प्रबद्र्धन कार्यविधि २०७५ जारी गरेर पर्यटनसँग जोडिएका सम्भावनालाई प्रबद्र्धन गरी अधिकतम आर्थिक लाभ लिने उल्लेख गरेको छ ।

वातावरण र जैविक विविधता संरक्षण गरी जलविहार, उद्यान÷पार्क, वन विहार अवलोकन, फोटो यात्रा, भिडियो छायाङ्कन जस्ता क्रियाकलाम सञ्चालन गर्ने नीति सरकारले लिएको छ । यसका लागि स्थानीय सरकारसँगको सहकार्यमा विकास गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका अन्तर्गत पर्ने पर्यटकीय क्षेत्र बाघझोडादेखि हसिना सिमसारसम्मको क्षेत्रलाई साइक्लिङमा पर्यटन विकास गर्न सकिन्छ । यस क्षेत्रभित्र रहेका पोखरी, ताल, खोला, खोल्सा, झाडी विभिन्न जातजातिका मठमन्दिर, गुम्बा, विश्वविद्यालय समेत अवलोकन गर्न सकिने छ । यसका लागि आकर्षक काठबाट निर्मित साँघुरा बाटा, खोल्सीमा बाँस वा काठबाट निर्मित आकर्षक फड्के, घुम्ती बाटाहरु, उकाली, ओराली, माटोका ढिस्का, निर्माण गर्नुपर्ने हुन्छ ।

अन्य क्षेत्रमा निर्माण भएका साइक्लिङ रुटका नमूना तस्बिरहरु ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक