Banner
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृहमन्त्रालय स्रोतले अर्याल पक्राउ परेको जनाएको हो ।
मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।
गृह मन्त्रालय पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृहमन्त्रालय स्रोतले अर्याल पक्राउ परेको जनाएको हो ।
मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।
गृह मन्त्रालय स्रोतले भन्यो, ‘एकनारायण अर्याल पक्राउ परेको सत्य हो । यसबारे थप विवरण पछि सार्वजनिक होला ।’
उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने खुलिसकेको छैन । भन्यो, ‘एकनारायण अर्याल पक्राउ परेको सत्य हो । यसबारे थप विवरण पछि सार्वजनिक होला ।’
उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने खुलिसकेको छैन ।
Facebook Comment
Banner
भारतसहित १४ देशमाथि नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, युरोपेली संघ (ईयू), जापान र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । विभिन्न देश तथा क्षेत्रका वस्तुमा २० देखि ४० प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क लगाउने उनको घोषणा छ । यद्यपि, विभिन्न देशसँग यसअघि भएका व्यापारिक सम्झौताका कारण वास्तविक शुल्कदर प्रस्तावित अधिकतम सीमाभन्दा कम हुन सक्नेछ ।
प्रस्तावअनुसार चीनबाट आयात हुने वस्तुमा २० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउन सकिनेछ । तर अमेरिका र चीनबीचको व्यापारिक अस्थायी सहमति जनवरी १०, २०२७ मा समाप्त भएमा यो दर ४० प्रतिशतसम्म पुग्न सक्नेछ ।
त्यस्तै, भियतनाममाथि ३५ प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ । अमेरिकासँग व्यापार सम्झौता भएमा भने यसको दर २० प्रतिशतमा सीमित हुन सक्नेछ । भारतका लागि २५ प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ । व्यापार सम्झौता भएमा भारतको हकमा १७ प्रतिशतको दर विचार गर्न सकिने अमेरिकी प्रस्तावमा उल्लेख छ ।
बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डका वस्तुमा १८ प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ । जापान, दक्षिण कोरिया, ताइवान, स्वीट्जरल्यान्ड र युरोपेली संघका लागि १५ प्रतिशतसम्मको दर प्रस्ताव गरिएको छ । सिंगापुरका लागि भने २० प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ । व्यापार सम्झौता तथा अन्य प्रतिबद्धताका आधारमा केही देशको दर समायोजन हुन सक्नेछ ।
नयाँ शुल्कको प्रस्तावबाट चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारत प्रभावित हुनेछन् ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले यी देशले दशकौँदेखि उत्पादन क्षेत्रलाई लक्षित गर्ने औद्योगिक रणनीति, न्यून ज्याला तथा श्रम लागत, सरकारी आर्थिक सहयोग र बजारलाई प्रभावित पार्ने अन्य अभ्यास अपनाउँदै आएको आरोप लगाएका छन् ।
उनका अनुसार यस्ता अभ्यासले सम्बन्धित देशलाई व्यापारिक लाभ पुर्याउनुका साथै अमेरिकी उत्पादन क्षेत्रलाई कमजोर बनाएको छ । नयाँ शुल्कले अमेरिकी कामदारलाई समान प्रतिस्पर्धाको अवसर उपलब्ध गराउने र विश्व अर्थतन्त्रलाई थप दिगो दिशातर्फ अघि बढाउने उनको दाबी छ ।
जनवरी २५ मा सार्वजनिक सुनुवाइ
नयाँ भन्सार शुल्क तत्काल लागू हुने छैन । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले प्रस्तावमाथि सार्वजनिक टिप्पणी तथा सुझाव संकलन गर्ने जनाएको छ । यसका लागि ५ जनवरी २०२७ सम्म लिखित सुझाव दिन सकिनेछ ।
प्रस्तावित शुल्कबारे जनवरी २५ मा सार्वजनिक सुनुवाइ हुनेछ । त्यसपछि मात्र कार्यान्वयनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ । त्यसैले नयाँ शुल्क जनवरीदेखि लागू हुने निश्चित भइसकेको छैन ।
मूल्यवृद्धिको जोखिम
भन्सार शुल्क भनेको विदेशबाट आयात गरिने वस्तुमा लगाइने कर हो । आयातकर्ता कम्पनीले यस्तो कर सरकारलाई बुझाउनुपर्छ । सामान्यतया वस्तुको मूल्यका आधारमा शुल्क गणना गरिन्छ ।
अर्थशास्त्रीहरूले भन्सार शुल्क बढ्दा आयात लागत वृद्धि हुने र व्यवसायीले त्यसको भार उपभोक्तामा सारेमा वस्तुको मूल्य बढ्न सक्ने चेतावनी दिँदै आएका छन् । यसले मुद्रास्फीति बढाउनुका साथै अन्तर्राष्ट्रिय व्यापारलाई समेत प्रभावित पार्न सक्छ ।
तर अमेरिकी प्रशासनले भने नयाँ शुल्कलाई आफ्नो उत्पादन क्षेत्रको संरक्षण, रोजगारी सिर्जना र व्यापार घाटा घटाउने रणनीतिको हिस्साका रूपमा अघि सारेको छ ।
अमेरिका–चीन व्यापार तनाव थपिन सक्ने
नयाँ प्रस्तावले विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको व्यापारिक तनाव थप बढाउन सक्ने देखिएको छ । यी दुई देशबीच व्यापारका साथै कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा समेत प्रतिस्पर्धा जारी छ ।
अमेरिका र चीनबीच एकअर्काका वस्तुमा भन्सार शुल्क बढाउने क्रम पछिल्लो समय अस्थायी रूपमा रोकिएको छ । हालै राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा पनि व्यापार युद्धसम्बन्धी अस्थायी सहमतिलाई निरन्तरता दिने विषयमा नयाँ घोषणा भएन ।
चीनले भने आफ्नो उत्पादन क्षमता र निर्यातसम्बन्धी अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ । चिनियाँ पक्षका अनुसार उसको निर्यात प्रतिस्पर्धात्मक क्षमताका कारण बढेको हो ।
युरोपेली संघको असहमति
अमेरिका र युरोपेली संघबीच यसअघि भएको व्यापारिक सहमतिअनुसार युरोपेली वस्तुमा लाग्ने भन्सार शुल्क १५ प्रतिशतमा सीमित राख्ने व्यवस्था छ । नयाँ प्रस्तावमा पनि ईयूका लागि यही सीमा उल्लेख गरिएको छ ।
यद्यपि, युरोपेली आयोगले अमेरिकी कदमप्रति असहमति जनाउँदै त्यसको आधार र औचित्यबारे अध्ययन गर्ने जनाएको छ । अमेरिकी प्रशासनले नयाँ प्रस्तावमार्फत आफ्ना व्यापारिक साझेदारमाथि दबाब बढाउँदै व्यापारिक सम्झौता र उत्पादनसम्बन्धी नीतिमा थप परिवर्तन गराउन खोजेको देखिन्छ ।
Banner
स्मार्टफोन भित्र्याउन २० अर्बभन्दा बढी विदेशियो
विद्युतीय सवारी र इन्डक्सन चुल्होको आयात बढे पनि कुल आयातको झन्डै २० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थकै, चाडपर्वको मौसममा स्मार्टफोन, ल्यापटप र सुनचाँदीमा पनि अर्बौं खर्च
विद्युतीय सवारीसाधन (ईभी) र विद्युतीय चुल्होको प्रयोग बढ्दै गएको चर्चा भइरहे पनि नेपालको वैदेशिक व्यापारमा परम्परागत इन्धनमाथिको निर्भरता अझै उच्च देखिएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म)मा नेपालले पेट्रोलियम पदार्थ तथा कोइलाजन्य इन्धन आयातमा मात्रै १ खर्ब ५७ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको प्रारम्भिक वैदेशिक व्यापार तथ्याङ्कअनुसार उक्त अवधिमा मुलुकमा कुल ८ खर्ब ३ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यसमध्ये खनिज इन्धन अर्थात् हाइड्रोकार्बनजन्य वस्तुको आयात हिस्सा मात्रै १९.६२ प्रतिशत रहेको छ। यसले नेपालको कुल आयातको झन्डै पाँच भागको एक भाग इन्धनमा खर्च भइरहेको देखाउँछ।
दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्व परेको अवधिमा स्मार्टफोन, ल्यापटप, सुनचाँदी तथा अन्य उपभोग्य वस्तुको आयातसमेत उल्लेख्य देखिएको छ। चार महिनामा स्मार्टफोन आयातका लागि मात्रै २० अर्ब ६८ करोड रुपैयाँभन्दा बढी विदेशिएको छ। ल्यापटपमा थप ४ अर्ब २९ करोड रुपैयाँ खर्च भएको छ।
यसले एकातिर ऊर्जा र प्रविधिमा आधुनिकताको विस्तार भइरहेको देखाए पनि अर्कोतिर उपभोग्य वस्तु र आयातित इन्धनमा नेपालको ठूलो रकम बाहिरिइरहेको तथ्य उजागर गरेको छ।
इन्धन आयातमा सबैभन्दा बढी खर्च डिजेलमा
चार महिनाको अवधिमा नेपालले सबैभन्दा बढी रकम डिजेल आयातमा खर्च गरेको छ। यस अवधिमा ६ लाख ४ हजार ५० किलोलिटर डिजेल आयात गर्दा ५९ अर्ब २८ करोड रुपैयाँ विदेशिएको छ। डिजेल आयातबाट सरकारले १७ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
त्यस्तै, ३ लाख ५४ हजार ७९१ किलोलिटर पेट्रोल आयातमा ३४ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ। पेट्रोलबाट ११ अर्ब ४९ करोड रुपैयाँ राजस्व उठेको छ।
खाना पकाउने एलपी ग्यास आयातमा पनि ठूलो रकम बाहिरिएको छ। चार महिनामा करिब २ लाख ६६ हजार ४०२ मेट्रिक टन ग्यास आयात गर्दा २९ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको छ। यसबाट सरकारले ५ अर्ब ५० करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ।
यसैगरी, हवाई इन्धन (एटीएफ) आयातमा १३ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ। औद्योगिक तथा अन्य प्रयोजनमा प्रयोग हुने विभिन्न प्रकारका कोइला आयात गर्दा १० अर्ब ४२ करोड रुपैयाँ विदेशिएको छ।
यी सबै वस्तुको आयातबाट सरकारले चार महिनामा करिब ३७ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो अवधिको कुल भन्सार राजस्व १ खर्ब ८८ अर्ब ८१ करोड रुपैयाँको करिब २० प्रतिशत हो।
ईभी र विद्युतीय चुल्होको आयात बढ्दै, तर इन्धनको निर्भरता कायमै
पेट्रोलियम पदार्थको उच्च आयातका बीच नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग र आयात भने विस्तार भइरहेको तथ्याङ्कले देखाएको छ।
साउनदेखि कात्तिकसम्ममा ९ हजार ४८ थान विद्युतीय कार, जिप तथा भ्यान आयात भएका छन्। यी सवारीसाधन आयातमा २० अर्ब ३१ करोड रुपैयाँ खर्च भएको छ।
त्यस्तै, १ हजार ३५४ थान विद्युतीय माइक्रो तथा भ्यान आयातमा ४ अर्ब ८९ करोड रुपैयाँ र २१ हजार ६४९ थान विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन आयातमा ३ अर्ब १२ करोड रुपैयाँ खर्च भएको छ। यस अवधिमा करिब ९ हजार ५३८ थान विद्युतीय तीनपाङ्ग्रे सवारीसाधनसमेत आयात भएका छन्।
घरायसी प्रयोजनमा ग्यासको विकल्पका रूपमा विद्युतीय चुल्होको प्रयोग पनि बढिरहेको देखिन्छ। चार महिनामा १ लाख ६२ हजार १५५ थान इन्डक्सन चुल्हो आयात भएका छन्। तिनको मूल्य ४० करोड ७९ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, १ लाख ९ हजार ९१३ थान इन्फ्रारेड चुल्हो आयातमा २५ करोड ९० लाख रुपैयाँ खर्च भएको छ। यसरी इन्डक्सन र इन्फ्रारेड गरी दुई प्रकारका विद्युतीय चुल्हो मात्रै २ लाख ७२ हजारभन्दा बढी आयात भएका छन्।
विद्युतीय सवारी र चुल्होको आयात बढ्नु ऊर्जा रूपान्तरणका दृष्टिले सकारात्मक सङ्केत भए पनि यसको प्रभाव समग्र इन्धन आयातमा तत्काल देखिन सकेको छैन। विशेषगरी ठूला मालवाहक सवारीसाधन, निर्माण क्षेत्र, उद्योग तथा अन्य व्यावसायिक गतिविधिमा डिजेल र कोइलाको विकल्प पर्याप्त रूपमा विकास हुन नसक्दा पेट्रोलियम पदार्थको आयात उच्च नै रहेको छ।
आठ लाख ७१ हजारभन्दा बढी स्मार्टफोन आयात, विदेशियो २० अर्ब ६८ करोड
चाडपर्वको मौसमसँगै मोबाइल फोन र अन्य डिजिटल उपकरणको आयात पनि उल्लेख्य देखिएको छ। सञ्चार, शिक्षा, अनलाइन कारोबार, मनोरञ्जन तथा दैनिक जीवनमा स्मार्टफोनको प्रयोग विस्तार हुँदै जाँदा यसको आयातमा ठूलो रकम खर्च भइरहेको छ।
भन्सार विभागको तथ्याङ्कअनुसार पहिलो चार महिनामा नेपालमा ८ लाख ७१ हजार १३३ थान स्मार्टफोन आयात भएका छन्। यी फोन आयात गर्दा २० अर्ब ६८ करोड ३४ लाख रुपैयाँ विदेशिएको छ। स्मार्टफोन आयातबाट सरकारले ३ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार मूल्यका आधारमा हिसाब गर्दा आयातित एउटा स्मार्टफोनको औसत मूल्य करिब २३ हजार ७४३ रुपैयाँ पर्न आउँछ। यो औसत भन्सार मूल्य हो। यसमा थपिने कर, ढुवानी खर्च, वितरक तथा खुद्रा विक्रेताको नाफालगायतका कारण उपभोक्ताले तिर्नुपर्ने वास्तविक मूल्य फरक हुन सक्छ।
स्मार्टफोनसँगै ल्यापटप तथा नोटबुक कम्प्युटरको आयात पनि ठूलो परिमाणमा भएको छ। चार महिनामा ४६ हजार ३७७ थान ल्यापटप तथा नोटबुक आयात भएका छन्। त्यसका लागि ४ अर्ब २९ करोड १६ लाख रुपैयाँ विदेशिएको छ। ल्यापटप आयातबाट सरकारले ६५ करोड ६२ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ।
यसरी स्मार्टफोन र ल्यापटप गरी दुई प्रकारका डिजिटल उपकरणको आयातमा मात्रै चार महिनामा करिब २४ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ। प्रविधिमा आधारित जीवनशैली, डिजिटल सेवा र अनलाइन कारोबार विस्तारसँगै यस्ता उपकरणको माग बढिरहेको देखिन्छ।
सुनभन्दा चाँदीको आयात मूल्य बढी
दशैं, तिहार, छठ तथा विवाहको मौसम समेटिएको चार महिनामा सुनचाँदी र बहुमूल्य धातुको आयात पनि उल्लेख्य देखिएको छ।
भन्सार विभागका अनुसार यस अवधिमा सुन, चाँदी, हीरा, अन्य बहुमूल्य रत्न तथा गरगहनासहितको समूहबाट ११ अर्ब २२ करोड ६८ लाख रुपैयाँ बराबरको आयात भएको छ। यसबाट सरकारले १ अर्ब २४ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यस अवधिको आयातमा मूल्यका आधारमा सुनभन्दा चाँदी अगाडि देखिएको छ।
चार महिनामा करिब ४१ हजार ९७० किलोग्राम अर्थात् झन्डै ४२ टन चाँदी आयात भएको छ। यसको मूल्य ५ अर्ब ४१ करोड ५३ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, काँचो तथा अर्धप्रशोधित स्वरूपमा ३१३.८९ किलोग्राम सुन आयात भएको छ। उक्त सुनको मूल्य ४ अर्ब ३८ करोड २४ लाख रुपैयाँ रहेको छ।
सुनचाँदीको आयातमा चाडपर्व, विवाह तथा अन्य सामाजिक र सांस्कृतिक गतिविधिको प्रभाव देखिन्छ। बाँकी रकम हीरा, अन्य बहुमूल्य रत्न तथा गरगहनाको आयातमा खर्च भएको छ।
आयातबाट राजस्वको ठूलो हिस्सा, इन्धन र सवारीसाधनमै निर्भरता
नेपालको वैदेशिक व्यापारको अर्को महत्त्वपूर्ण पक्ष सरकारी राजस्वको संरचना हो। आयातमा लाग्ने भन्सार महसुल तथा अन्य कर सरकारको राजस्वको प्रमुख स्रोतका रूपमा रहँदै आएको छ।
चार महिनामा सरकारले कुल १ खर्ब ८८ अर्ब ८१ करोड रुपैयाँ आयात राजस्व संकलन गरेको छ। यसमध्ये इन्धनबाट ३७ अर्ब ८० करोड रुपैयाँ र सवारीसाधनबाट ४७ अर्ब १६ करोड रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्कमा उल्लेख छ।
यी दुई क्षेत्रबाट मात्रै ८४ अर्ब ९६ करोड रुपैयाँ राजस्व उठेको छ। यो कुल आयात राजस्वको करिब ४५ प्रतिशत हो।
यसले नेपालको राजस्व प्रणाली आयातमा कति निर्भर छ भन्ने देखाउँछ। आयात बढ्दा सरकारको राजस्व पनि बढ्ने तर त्यससँगै विदेशी मुद्रा बाहिरिने अवस्था कायम छ।
अर्थात्, आयातबाट राजस्व प्राप्त हुने भए पनि स्वदेशी उत्पादन र निर्यात विस्तार हुन नसकेसम्म मुलुकको व्यापार सन्तुलनमा सुधार आउन कठिन हुन्छ।
व्यापार घाटा पौने सात खर्ब नजिक
पहिलो चार महिनामा नेपालको कुल आयात ८ खर्ब ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ भने निर्यात १ खर्ब ३४ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ।
आयात र निर्यातबीचको यही ठूलो अन्तरका कारण व्यापार घाटा ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।
यसले नेपालको अर्थतन्त्र अझै आयातमुखी रहेको र स्वदेशी उत्पादनले आन्तरिक माग धान्न पर्याप्त योगदान दिन नसकेको देखाउँछ। पेट्रोलियम पदार्थ, सवारीसाधन, मोबाइल फोन, ल्यापटप, सुनचाँदीलगायतका वस्तुको आयातमा ठूलो रकम बाहिरिँदा व्यापार घाटा उच्च रहन सहयोग पुगेको छ।
यद्यपि सबै आयातलाई अनुत्पादक मान्न मिल्दैन। उद्योग, पूर्वाधार, शिक्षा, सञ्चार तथा प्रविधिका लागि आवश्यक वस्तुको आयातले आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउँछ। तर उत्पादन क्षमता बढाउने र भविष्यमा आयात प्रतिस्थापन गर्न सक्ने वस्तुको तुलनामा उपभोगमुखी आयात तीव्र हुँदा त्यसले दीर्घकालीन रूपमा वैदेशिक व्यापारमा दबाब सिर्जना गर्न सक्छ।
ऊर्जा रूपान्तरण र स्वदेशी उत्पादन विस्तार मुख्य चुनौती
चार महिनाको वैदेशिक व्यापार तथ्याङ्कले नेपालको अर्थतन्त्रमा एकैपटक दुईवटा चुनौती रहेको देखाएको छ। पहिलो, पेट्रोलियम पदार्थमाथिको उच्च निर्भरता घटाउने र दोस्रो, आयातित उपभोग्य वस्तुको विकल्पका रूपमा स्वदेशी उत्पादन तथा निर्यात विस्तार गर्ने।
नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको अवस्थामा विद्युतीय सवारीसाधन र विद्युतीय चुल्होको प्रयोग बढाउनु सकारात्मक कदम हो। तर निजी सवारीसाधनमा मात्रै विद्युतीकरण सीमित नराखी सार्वजनिक यातायात, मालवाहक सवारी, उद्योग तथा निर्माण क्षेत्रमा समेत विद्युत्को प्रयोग विस्तार गर्न आवश्यक देखिन्छ।
त्यसैगरी, स्वदेशमै उत्पादन गर्न सकिने वस्तुको उत्पादन प्रवर्द्धन, उद्योगमैत्री वातावरण, प्रविधिमा लगानी र निर्यातयोग्य वस्तुको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ।
स्मार्टफोन तथा ल्यापटपजस्ता उपकरणको आयातलाई तत्काल रोक्नु व्यावहारिक हुँदैन। तर प्रविधिको प्रयोगबाट उत्पादकत्व बढाउने, डिजिटल सेवा निर्यात गर्ने र स्वदेशमै मूल्य अभिवृद्धि हुने गतिविधि विस्तार गर्न सके आयातमा खर्च भएको रकमको आर्थिक प्रतिफल पनि बढाउन सकिन्छ।
चार महिनामै इन्धनमा डेढ खर्बभन्दा बढी र स्मार्टफोन तथा ल्यापटपमा करिब २५ अर्ब रुपैयाँ विदेशिएको तथ्याङ्कले नेपालको आधुनिक जीवनशैली र आर्थिक संरचनाबीचको सम्बन्धलाई स्पष्ट पारेको छ। अब चुनौती केवल आयात घटाउने मात्र होइन, आयातमा खर्च हुने रकमले स्वदेशी उत्पादन, रोजगारी र निर्यात वृद्धि गर्ने वातावरण निर्माण गर्नु पनि हो।
Banner
सुनचाँदीको मूल्यमा भारि गिरावट
मंसिर ९ गते, बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यस दिन सुन प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार ४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार १४५ रुपैयाँमा कारोबार भएको थियो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ7 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login