Connect with us
Advertisement

पूर्वाेत्तर मोरङका ५ वटा शैक्षिक संस्थामा पत्रकारिता विषय पठनपाठन गर्न माग

Published

on

विराटचोकः नेपाल पत्रकार महासंघ मोरङ शाखाले पूर्वाेत्तर मोरङको पाँच वटा शैक्षिक संस्थाहरुमा आम सञ्चार र पत्रकारिता विषयमा पठनपाठन शुरु गर्न माग गरेका छन् ।

बिहीबार नेपाल पत्रकार महासंघ मोरङको टोलीले उर्लाबारी नगरपालिकाको उर्लाबारी बहुमुखी क्याम्पस, पथरीशनिश्चरे नगरपालिकाको पञ्चायत मावि, लेटाङ नगरपालिकाको शान्ति भगवती मावि, सुन्दरहरैचा नगरपालिकाको सुकुना मावि र बेलबारी नगरपालिकाको भगवती माविको ११ र १२ कक्षामा आम सञ्चार (पत्रकारिता) विषयमा पठनपाठन शुरु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउन नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, सहसचिव प्रशान्त निरौला, सदस्यहरु तेजन खड्का, सुरेश अधिकारी, नवराज भट्टराई, बबिता राई, दीपा धिमाल, प्रदेश पार्सद ज्योति चौहान, निवर्तमान जिल्ला सदस्य सुमन घिमिरे, अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराई, पत्रकार केशव निरौला, भूमिप्रसाद पाठक, अनु निरौला लगायतको टोली सम्बन्धित शैक्षिक संस्थामा पुगेको थियो ।

टोलीमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, राष्ट्रिय समाचारपत्र दैनिकका प्रकाशक\सम्पादक केदार चौहान लगायतका पत्रकार पनि सहभागी भएका थिए ।

विश्व जगतमा एकपछि अर्को गर्दै सूचना तथा आम सञ्चारको महत्व बढ्दै गएकोले यी शैक्षिक संस्थाहरुमा पठनपाठन शुरु गर्न सान्दर्भिक हुने महासंघले उल्लेख गरेको छ ।

पूर्वी मोरङका कुनै पनि शैक्षिक संस्थाहरुमा पत्रकारिता विषय पढाइ नभएको कारण जिल्लामा कार्यरत पत्रकारहरु अधिकांश तालिम र अभ्यासको भारमा पत्रकारिता गर्दै आएका छन् । तल्लो तहमा पत्रकारिता पढ्न नपाएका कारण अन्य विषयमा नै स्नातक, स्नातकोत्तर गरेर विभिन्न मिडियाहरुमा काम गर्दै आएका छन् ।

ज्ञापनपत्र बुझ्ने क्रममा उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख मेघनाथ भट्टराईले विषय थप गरेर पत्रकारिता राख्ने प्रयास गर्ने बताए ।

पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले पत्रकारिता विषय थप्न समस्या नहुने बताए । एउटा विषय मात्र थप्दा विद्यालयलाई ठूलो व्ययभार पनि नपर्ने भएकाले सल्लाह गरेर विषय थप्न सकिने बताए । ज्ञापन पत्र बुझाउने क्रममा सो माविको व्यवस्थापन समितिकी अध्यक्ष आइकुमारी तुम्बापोको पनि उपस्थिति रहेको थियो ।

शान्ति भगवती माविका प्रधानाध्यापक श्रीप्रसाद ढकालले विद्यालयमा विषयहरु थप्ने कुरा भइरहेकाले पत्रकारिता विषय थप्न सकिने बताए ।

सुकुना माविका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले नागरिकको चेतना वृद्धि र विकृति विसंगतिको नियन्त्रणको लागि पत्रकारिता विषय आवश्यक रहेको बताए । श्रेष्ठले पत्रकारिता विषय थप गर्ने विषयमा विद्यालयको ध्यान केन्द्रित भएको प्रतिक्रिया दिएका थिए ।

भगवती माविले पनि पत्रकारिता विषय थप्न सकिने जनाएको छ ।

अधिकांश शैक्षिक संस्थाका सञ्चालक तथा प्रधानाध्यापकहरुले पत्रकारिता विषय थप गर्ने विषयमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराईले बताए ।

संघीय गणतन्त्र स्थापनापछि गठन भएको स्थानीय तह (पालिका) सरकारलाई पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक प्रकाशनको साथै विषय थप्ने, घटाउने अधिकार भएकाले शैक्षिक संस्था र सम्बन्धित स्थानीय तहले चाहेमा पत्रकारिता विषय थप्न समस्या नहुने टोलीमा संलग्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राईले बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक