Connect with us
Advertisement

प्याब्सन सुन्दरहरैंचाको दोस्रो नगर अधिवेशन सम्पन्न

Published

on

विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको सुन्दरहरैंचा नगर कमिटी अधिवेशन आज सम्पन्न भएको छ ।

अधिवेशनमा नगर अध्यक्ष हरिश्चन्द्र ढकालले आफ्नो कार्यकालमा भएका विभिन्न १३ कामहरुको विवरण समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरपालिकालाई कोभिड व्यवस्थापनमा सहयोग गर्न ५ लाख २९ हजार रुपैयाँ सुन्दरहरैंचा प्याब्सनले प्रदान गरेको पनि उनले सो अवसरमा बताए ।

अधिवेशनको उद्घाटन सत्रलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाकी उपम्रमुख धनमाया तामाङले निजी विद्यालयको शैक्षिक गुणस्तर प्रशंसनीय भएको बताइन् । शैक्षिक गुणस्तर कायम राख्न कति समस्या हुन्छ र त्यसमा विद्यालय व्यवस्थापन समिति र शिक्षक कत्ति खट्नुपर्छ भन्ने बारेमा आफू जानकार भएको उनको भनाइ थियो ।

शुभकामना मन्तव्य दिँदै प्याब्सन जिल्ला अध्यक्ष अर्जुन बस्नेतले सरकारले संस्थागत विद्यालय लाई हेर्ने द्रृष्टिकोण फरक भएको पनि स्थानीय सरकार सुन्दरहरैंचा नगरपालिकाले भने निजी र सरकारी विद्यालयलाई भेदभाव नगरेको बताए । आगामी दिनमा पनि यसले निरन्तरता पाउनेछ भन्नेमा निजी विद्यालयका सञ्चालकहरु आशावादी रहेको उनको भनाइ थियो ।

प्याब्सनको प्रदेश नम्बर १ का वरिष्ठ उपाध्यक्ष टीकाराम ढकालले गुणात्मक शिक्षा अहिलेको आवश्यकता भएको र कोभिड महामारीको समयमा यो झन् अपरिहार्य भएको बताए । कोभिडका कारण शिक्षा क्षेत्र मारमा परे पनि कोभिडको समयमा गुणस्तरीय शिक्षा दिन सक्ने विद्यालयलाई अभिभावकले कहिल्यै नभुल्ने बताए । निजी विद्यालयले हरसम्भव प्रयास गरेर गुणस्तरीयता घट्न नदिएको उनको भनाइ थियो ।

प्याब्सन केन्द्रीय सदस्य हेमन्त कार्कीले निजी विद्यालयका सञ्चालकहरु प्रतिष्पर्धी नभएर सहयोगी भावनको भएको बताए । बेरोजगारी घटाउन निजी विद्यालयको उल्लेखनीय योगदान रहे पनि त्यसलाई राज्यले खासै चासो नदिएको उनले बताए ।

कार्यक्रममा सञ्चार क्षेत्रको माध्यमबाट नागरिकहरुलाई सुसूचित गर्न सफल भएको भन्दै सञ्चारकर्मी ज्ञाननाथ ढकाललाई सम्मान गरिएको थियो । त्यस्तै, सुन्दरहरैंचाको पुरानोमध्येको संस्थागत विद्यालय माउण्ट मकालु आवासीय माध्यमिक विद्यालयका सञ्चालक हेमन्त कार्की र २ दशकसम्म शिक्षकको रुपमा काम गरिरहेका जीतबहादुर राईलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिमध्ये राईले आफ्नो धारणा राख्दै विद्यालयले जनशक्तिलाई टिकाइराख्न गाह्रो भए पनि काम गर्ने सहज वातावरण भएमा सम्भव हुने बताए ।

अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने भएको छ ।

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक