बागमती प्रदेश
प्रदेश सरकारको आयोजनामा यसरी भयो काठमाडौंमा हेरिटेज साइकल र्याली
काठमाडौंः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार तथा प्रबद्र्धनका क्रममा उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ को आयोजनामा काठमाडौंमा हेरिटेज साइकल र्याली सम्पन्न भएको छ ।
पर्वतीय खेलकुद महासङ्घ नेपालको संयोजनमा हिजो शनिबार काठमाडौंमा अल्टिमेट हेरिटेज साइकल र्याली सम्पन्न भएको हो ।
र्यालीको शुभारम्भ उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपालले साइकलमा चढेर गरेका थिए । वसन्तपुर दरबार क्षेत्रबाट शुरु सो र्याली ठमेल, स्वयम्भु, पाटन दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र हँुदै नेपाल पर्यटन बोेर्ड परिसर भृकुटीमण्डपमा पुगी सम्पन्न भएको थियो ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिनाले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए । सो साइकल र्यालीमा प्रदेश सरकारका महत्वपूर्ण व्यक्तित्व, पर्यटन व्यवसायी, साहसिक खेल क्षेत्र र वातावरण क्षेत्रका व्यक्तिलगायत ५ सय जना सहभागी थिए ।

Facebook Comment
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
असोज १ देखि कृष्णभीरको नयाँ ट्र्याकमा यातायात सञ्चालन हुँदै
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो । परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको हो ।
नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार आज ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ ।
‘सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ, उनले भने । उनका अनुसार निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ उपकरण परिचालन गरिएको थियो । अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ । आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन् ।
हाल नयाँ ट्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ । सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उहाँको भनाइ छ । करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको उनको भनाइ छ ।
उनले भने, “यो खण्ड अलिकति जोखिम छ । थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ ।’ नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताए । उनले परीक्षणका लागि मात्र आइतबार केही सवारीसाधन पास गराइएको र अहिले नयाँ ट्याक पूर्णरूपमा बन्द रहेको जानकारी गराएका छन् ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login