Connect with us
Advertisement

फिफा विश्वकप २०२६ : कुन टोली कुन समूहमा ?

Published

on

२३औँ संस्करणको फिफा पुरुष विश्वकप आउँदो जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुँदैछ।

तीन राष्ट्रले आयोजना गर्न लागेको उक्त विश्वकपमा अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा विश्वकप हुनेछ। क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा खेलहरू हुन्छ। ३९ दिने प्रतियोगितामा ४८ राष्ट्रहरूले सहभागिता जनाउँदै छन्।

३२ वर्षपछि उत्तर अमेरिकाले विश्वकप आयोजना गर्न लागेको हो। तीन देशको १६ रगंशालमा १०४ खेलहरू आयोजना हुने छन्।

फिफा विश्वकपको उद्घाटन खेल मेक्सिककाे सिटीमा रहेको एस्टाडियो एज्टेका रगंशालमा हुनेछ भने विश्वकपको फाइनल खेल अमेरिकाको न्यूयोर्कमा रहेको मेटलाइफ स्टेडियममा हुनेछ।

यस्तो छ समूह

यस पटक कुल ४८ राष्ट्रले विश्वकपमा सहभागिता जनाइरहँदा टोलीहरूलाई १२ समूहमा विभाजन गरिएको छ, जहाँ हरेक समूहमा कुल ४ टोली रहेका छन्। समूह ‘ए’मा आयोजक मेक्सिकोसहित दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिका रहेका छन्।

त्यस्तै, समूह ‘बी’मा आयोजक क्यानडा, बोस्निया हर्जगोभिना, कतार र स्विट्जरल्याण्ड रहेका छन्। समूह ‘सी’मा ब्राजिल, मोरक्को, हैटी र स्कटल्याण्ड रहँदा समूह ‘डी’मा आयोजक अमेरिका, पाराग्वे, अष्ट्रेलिया र टर्की रहेका छन्।

त्यस्तै, विश्वकप खेल्ने समूह ‘इ’मा जर्मनी, कुराकाओ, आइभरी कोस्ट र इक्वेडर रहेका छन्। समूह ‘एफ’मा नेदरल्याण्ड्स, जापान, स्वीडेन, र ट्युनिसिया रहेका छन् भने समूह ‘जी’मा बेल्जियम, इजिप्ट, इरान, र न्यूजील्याण्ड छन्।

त्यस्तै, समूह ‘आइ’मा साविक उपविजेता फ्रान्स, सेनेगल, इराक र नर्वे छन्। समूह ‘जे’मा साविक विजेता अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन छन्। समूह ‘के’मा पोर्चुगल, कंगो, उज्वेकिस्तान र कोलम्बिया रहेका छन् भने समूह ‘एल’मा इङ्गल्याण्ड, क्रोएसिया, घाना र पानामा रहेका छन्।

फिफा विश्वकप २०२६ को फर्म्याट कस्तो छ?

फिफा विश्वकपमा एक समूह चरण र फाइनल अघि चार नकआउट राउन्डहरू हुने छन्। अघिल्ला संस्करणहरू भन्दा फरक नकआउटहरू राउन्ड अफ ३२ बाट सुरु हुने छ, त्यसपछि राउन्ड अफ १६, चार क्वार्टरफाइनल र दुई सेमिफाइनलहरू हुने छन्। जहाँ समूह चरणका खेलहरू जुन ११ जुन २७ सम्म हुनेछ। राउन्ड अफ ३२ का खेल जुन २८ देखि जुलाई ३ सम्म खेलिनेछ।

त्यस्तै, राउन्ड अफ १६ का खेलहरू जुलाई ४-७ जुलाईसम्म हुनेछ भने क्वार्टरफाइनलका खेलहरू जुलाई ९-११ जुलाईसम्म हुनेछ। त्यस्तै, फिफा विश्वकपको सेमिफाइनल जुलाई १४-१५ मा हुन्छ। त्यस्तै, तेस्रो टोलीका लागि खेल  जुलाई १८ मा हुनेछ भने यस वर्षको फिफा विश्वकपको फाइनल जुलाई १९ मा हुनेछ।

फिफा विश्वकपको साविक विजेता अर्जेन्टिना हाे।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक